Nepalism.com

Mar 31, 2020

Days to go: 1: U.S. Census 2020: अमेरिकी जनगणना २०२० मा नेपाली किन छुट्नु हुँदैन?


 
Exclusive: नेपालिजम डट कमले बिगत चौध दिनदेखि हरेक दिन प्रकाशन गर्दै आएको जनगणना काउन्टडाउन U.S. Census 2020 Countdown जनगणना दिवस (अप्रिल १ तारिखसम्म) प्रकाशित गर्नेछ। अमेरिकी सरकारले हरेक दश वर्षमा लिने जनगणना यो वर्ष पनि अप्रिल १ तारिख Census Day (जनगणना दिवस) कै रूपमा सम्पन्न हुँदैछ। नेपाली अमेरिकी समुदायले जनगणनामा सकृयतापूर्वक भाग लिन थालेको सन् २०१० को जनगणनादेखि हो तर विगतमा जेजति भए पनि यो वर्ष सन् २०२० को जनगणनामा नेपाली समुदायको पुराकापुरा जनगणना हुनु समुदायको चौतर्फी हकअधिकारको निम्ति अपरिहार्य कडी हो। समुदायलाई लक्षित गरी प्रदान गरिने शिक्षा, स्वास्थ्य, रोजगारी, तालिम, बाटोघाटो र अनेक सरसुविधा जनसंख्याको तथ्यांकको भरमा दिईन्छ। त्यसैले, नेपाली समुदायले जनगणनामा आफ्नो, आफ्नो परिवार, आफन्त र साथीभाईहरूको नाम दर्ज गराउन कुनै कसुर बाँकी राख्नु हुँदैन। Make sure you are and your loved ones‘ counted. “Shape your future.

START HERE.”

RESPOND NOW

Or, login to: https://2020census.gov

Read details news at: https://www.nepalism.com/post/why-uscensus2020-important-for-nepali-community

अमेरिकाले सन् १७९० देखि आफ्नो जनताको जनगणनाको तथ्यांक लिन थालेको हो। त्यो वर्ष ३९ लाख २९ हजार २१४ अमेरिकीहरूको गणना भएको थियो। सन् २०२० सम्म आईपुग्दा यो सालको अनुमानित अमेरिकी जनसंख्या ३२९ मिलियन (३२.९ करोड) नाघि सकेको छ।

अमेरिकी सरकारको कम्यूनिटी सर्भे (२०१७) अनुसार अमेरिकामा रहेका विदेशमा (नेपालमा?) जन्मिएका नेपालीहरूको जनसंख्या सन् २०१७ मा १ लाख १९ हज़ार ६५० देखाईएको छ भने सन् २०१० मा नेपाली जनसंख्या ४७ हजार १७७ जना देखाईएकोछ। नेपालीहरूको सतप्रतिसतभन्दा बढीबढोत्तरी जनगणनामा प्रतिबिम्बित हुनुले केही फाईदा त भएको छ नै तर यसपाली नेपाली समुदायले सबै नछुटाई जनगणनामा भाग लिन सकिएन भने समुदायले माथि उल्लेखित बिविध सरकारी सरसुविधाहरूबाट बन्चित हुन पर्नेछ। त्यसैले अमेरिकी जनगणनामा नेपाली समुदाय तदारूकताकासाथ लाग्नु पर्नेछ।

यो वर्षदेखि जनगणना अनलाईनबाट गर्न सकिने व्यवस्था गरिएकोछ। कम्यूनिटी सर्भे भर्न यो लिंकमा जानुहोस्:

https://www.2020census.gov

    0