Nepalism.com

May 3, 2021

भेटिईन् सकुशल न्यू योर्कमा हराएकी नेपाली आमा लक्ष्मी केसी, बरालिंदै अस्पतालमा

Update: Exclusive: अमेरिकाको न्यू योर्क सहरको रिजवुडस्थित छोरी-ज्वाई पुष्पा केसी राणा र पवन राणाको घरबाट नजिकै बाहिर हिड्न निस्किदा बरालिएर हराएकी नेपाली आमा ६२ वर्षीय लक्ष्मी केसी न्यू योर्कको ब्रुकलिन सहरस्थित ब्रुकलिन ब्रुकडेल अस्पतालमा सकुशल भेटिएकिछिन्। मे १ तारिख अपरान्ह १२ बजेदेखि हराईरहेकी आमा केसी सो अस्पतालमा रहेको कुरा आज मे ३ तारिख बिहान प्रहरीले आमा केसीको परिवारलाई खबर गरेको कुरा आमा केसीकी नातिनि प्रियंका राणाले नेपालिजमलाई जानकारी गराएकिछिन्। उनी कसरी बरालिईन् र कसरी अस्पतालसम्म पुगिन्? उनी को हुन्? सविस्तार तलको समाचारमा पढ्नुहोस्:

कसरी आमा लक्ष्मी केसी हराईन्?

न्यू योर्कको रिजवुडमा सदा झैं छोरी-ज्वाई पुष्पा केसी राणा र पवन राणाको घर बाहिरको रिजवुडको साईप्रस स्ट्रिटमा स्वास्थलाभको निम्ति छोंटो वाक (हिडाई) मा निस्किएकी आमा केसी दुई घण्टासम्म पनि घर नफर्किएपछि उनको खोजी शुरू गरिएको थियो। नातिनी प्रियंका राणाकाअनुसार हजुरआमाले बाटो बरालिंदै गर्दा आपत्कालिक एम्बुलेन्स देखिन् र आफूले बाटो बिराएको थाहा पाएपछि घर फर्किन सहयोग मागेकि थिईन्। तर अंग्रेजी बोल्न नसकेको कारण उनलाई उक्त एम्बुलेन्सले ब्रुकलिन ब्रुकडेल अस्पतालमा पुर्याईदिएको थियो। हजुर आमाले यो पटक फोन लिएर नगएको र अंग्रेज़ी भाषा बोल्न नजान्ने भएको कारण बाटामा बरालिन पुगेको जानकारी गराउँदै नातिनी प्रियंकाले भनिन्- ‘हजुरआमा सकुशल हुनु भएको खबर प्राप्त भएको छ। हजुरआमा संधै घर फर्किनु हुन्थ्यो। यसपाली कसरी यस्तो भयो भन्ने कुरा उहाँसंग भेटेर कुरा गरेपछि भन्न सकिन्छ।’
 

कोरोना महामारीको कारण पारिवारिक सदस्यहरूले आमालाई अझै भेटि नसकेको र भेट्नको लागि प्रकियामा रहेको जानकारी पनि नातिनी प्रियंका राणाले दिईन्।

को हुन् आमा लक्षमी केसी ?

नेपाल घर दांग भएकी आमा लक्ष्मी केसी श्रीमानसंग नेपाल र अमेरिका आउजाउ गरिरहन्छिन्। केसी दम्पति उनीहरूका छोरासंग भर्जिनियामा वसोवास गर्दै आएकाछन्। आमा केसी गत फेब्रुवरीमा स्वास्थ्य चेकअप गराउन र छोरी-ज्वाईको परिवारसंग भेटघाट गर्न भर्जिनियाबाट न्यू योर्क आएकीथिईन्।

आमा लक्ष्मी केसीको परिवारले आमालाई खोज्न सहयोग गर्ने नेपाली र अमेरिकी समुदायका सम्पूर्ण शुभचिंतकहरूलाई हार्दिक आभार व्यक्त गरेको छ।

    0