Nepalism.com

Apr 21, 2021

अमेरिकाको जर्सी सिटी सहरमा ५ जना ईण्डियन अमेरिकीलाई सांघातिक आक्रमण। एशियाली विरूद्ध हिँशा बढ्दो

-Pradeep Pariyar Thapa

Exclusive: न्यू जर्सी- एशियाली मुलका अमेरिकी नागरिकहरूमाथि घृणाको हिंशा बढ्दो छ। आज अप्रिल २१ तारिख राती २ बजे जर्सी सिटीको लिटल ईण्डियाको नामले चिनिने नेवार्क एभेन्यूस्थित भारतीय बिर्यानी पट रेष्टुरेण्ट अघिल्तिर ५ जना भारतीय मूलकालाई काला रंगका पाँचै जना हमलाधारीले बन्दुक देखाई आक्रमण भएको छ।आक्रमणकारीहरूले भारतीयहरूलाई कुटपिट गर्नुकासाथै पैसा र मोवाईल खोसेर लगेको स्थानीय भारतीय व्यवसायी राजु पटेलले JC AAPI Coalition लाई जानकारी गराएकाछन्। क्यालिफोर्निया राज्य विश्वविद्यालयको रिपोर्ट अनुसार कोरोना महामारीको शुरूवातीपछि सन् २०२० मा एशियाली मुलका अमेरिकी विरुद्ध हिंशाको घटना १४९ प्रतिसतले बढेको छ भने Stop AAIP Hate 2020-2021 रिपोर्ट अनुसार ३,७९५ हिंशाका घटनाहरू घटेकोछ। सबै होशियार रहनुहोला।

व्यावसायी राजु पटेलको ईमेल पढ्नुहोला:

“Today around 2.00 AM in the morning 5 people were robbed by African American in front of Biryani Pot on India Square (Newark Avenue) by showing gun.

The robbers were 5 in number too. They did some physical beating and robbed the victims (All of Indian origin) and took money phone etc.

Raju Patel”

कोरोनाभाईरसलाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अतिवादी समर्थक रिपब्लिकनहरूले ‘चाईना भाईरस’ को रूपमा चित्रित गरेपछि गैरएशियन अमेरिकीमा एशियाली मुलका अमेरिकीविरुद्ध बैरभाव फैलिएको कुरालाई कसैले नकार्न सक्दैन। विश्व स्वास्थ्य संगठन (WHO) ले चीनको वुहान सहरबाट फैलिएको मानिएको नयाँ भाईरसको नामाकरण COVID-19 यानेकी कोरोनाभाईरसको रूपमा प्रयोगमा ल्याए पनि जातीय विभाजन र बिखण्डनलाई प्रस्रय दिई श्वेत जातीय सर्वोच्चतावादलाई बढावा दिन किंचित नहिच्किचाउने राष्ट्रपति ट्रम्पको भनाईहरूको कारण अमेरिकी जनताहरू बिचमै यस्तो बिभाजन आएको हो।

अमेरिकी जनताबिच बिभाजन ल्याउने कुनै पनि प्रकारको हिंशाको समानताको पक्षधरहरूले कडाविरोध गर्नु जरूरी छ। अझ नेपाली मुलका अमेरिकीहरूले आफू एशियन भएको कारण एशियालीमुलका अमेरिकी विरुद्ध हुने कुनै पनि हिंशा र भेदभावको डटेर विरोधमा उत्रिनु पर्दछ।

सन् २०१९ को जनगणना अनुमानअनुसार एशियाली अमेरिकन जनसंख्या १८.९ मिलियन (१ करोड ८९ लाख) रहेकोछ जुन अमेरिकाको कुल जनसंख्याको ५.७ प्रतिशत हो। सबैभन्दा बढी एशियाली जनसंख्या भएका राज्यहरूमा क्यालिफोर्निया, न्यू योर्क, टेक्सास, न्यू जर्सी, ईलिनोई, वासिंगटन, फ्लोरिडा, भर्जिनिया, हवाई र मासाचुसेट्स राज्य हुन्।

    0