Nepalism.com

Feb 23, 2020

केकको कुरा (It’s just a cake !)

Updated: Feb 24, 2020


 
-Pradeep Pariyar Thapa

विश्वभर केक बिभिन्न अवसरमा काटेर मनाईन्छ। शुभ कार्य या शुभ दिनमा केक काट्ने चलन पश्चिमा मुलुकहरूबाट विश्वभर फैलिएको हो। केक काटेर वर्थ डे र सुअवसरहरू मनाउँदा कस्तो भाव (Theme) डिजाईन राखेर मनाउने व्यक्ति या आयोजकको सोचाई र केक बनाउने व्यक्तिको रचनात्मक सृजनामा भर पर्ने कुरा हो। विश्वभरनै सुभअवसर मनाउने केकमा आ-आफ्नो देशको नक्सा, झण्डा, भगवान (जिसस क्राईष्ट, गणेश आदि) को प्रतिरूप या सम्बन्धित व्यक्तिको अनुहार तस्विर टपिंग डिजाईन गरेर, प्रिन्ट छापेर केक काटेर हर्सोल्लास मनाउँने प्रचलन छ। हेर्नुहोस् फोटोमा नेपाल, भारत र अमेरिका देशको नक्शा, गणेश भगवान र जिसस क्राईस्टको प्रतिरूप कुँदिएको केक। यि र यस्ता अन्य केक बनाएर, सुअवसरहरूमा यि केक काटेर हर्षबढाईं गर्नु यि देश र भगवानहरूको हेय या अपमान गरेको नठर्ने कुरा विश्वभर यस्ता केकहरूको डिजाईन उत्पादन गर्ने ठूल्ठुला केक कम्पनीहरूको डिजाईन मेनु हेरे पत्ता लाग्दछ।

अहिले नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालको नक्शाको केक काटेर आफ्नो जन्मोत्सव मनाउनुलाई यसै परिप्रेक्ष्यमा लिएर हेर्ने हो भने ‘राष्ट्रघाटी’, ‘देशै टुक्रेयाएर खान लाएको’ भन्ने जस्ता बहुलठ्ठी र अतिरंजित कुरा गर्न कम हुनेछ।

मैले अलि अस्ति मात्र गाउँ गएर कोदोको रोटीको केक बनाएर ५० औं जन्मदिवस मनाएको थिएँ।काठमाण्डूमा छोरीहरूले मेरो र बुडीजीको म्वाँई खाएको फोटो प्रिन्ट गरेर केक बनाएर काट्न लगाए, खुब रमाईलो भो। छोरीजीले मेरो टाउको, निधार, गाला र कुम मात्र हैन घाँटी पनि काटेर सबैलाई बाँडिन् (केकमा है😻)। केक काट्दा देश टुक्रिने या देशै टुक्रेयाउने नियत देख्नु चैं अलि बढी नै भो कि गाँठे। कफीमा आफ्नो अनुहारको फोटो या फूलको फोटो छापेर सुरूप्प पार्ने चलन त जानकारीनै होला। आगे यहाँहरूको मर्जी।

    0