Nepalism.com

Mar 12, 2022

मनोरम डोल्पामा बनेको पहिलो चलचित्र “नमस्ते डोल्पा” हेर्ने हैन? नायिका न्यू योर्कमा के गर्दैछिन्?

Updated: Mar 13, 2022

Special: नेपालको सुदुरपश्चिम डोल्पामा मोटर बाटो पुगेसंगै नेपालको साँग्रिला मानिने डोल्पो पर्यटकीय क्षेत्र अब जो कोही पुगेर रमाउन सक्छ तर त्यहाँको प्राकृतिक सुन्दरता, परम्परागत संस्कृति, जनजीवनप्रतिको कौतुहलतालाई मोटर बाटो नपुग्दै विश्वसामू पुर्याउन डोल्पामा सम्पूर्णरूपमा सुटिंग निर्माण गरिएको पहिलो चलचित्र “नमस्ते डोल्पा” १२ वर्ष अघि बिसं. २०६६ सालमा नेपालका उबेलाका जल्दोबल्दो चर्चित डोल्पाली लोकगायक बिमल डाँगीले निर्माण गरेका हुन्। गायक डाँगी अहिले अमेरिकाको न्यू योर्क सहरमा बसोवास गर्दछन् र उक्त चलचित्रकी नायिका एवं गायक डाँगीकी जीवनसंगिनी सरिता डाँगी पनि न्यू योर्कमै सपरिवार वसोवास गर्दछिन्। “नमस्ते डोल्पा” हेर्ने हैन?

Watch Namaste Dolpa: https://youtu.be/DUGbha9Yy9s


 
चलचित्र “नमस्ते डोल्पा” ले डोल्पाको सुन्दरतालाई उजागर गरेकोछ। चलचित्रमा सेफोक्सुन्डो तालको चित्रण गरिएकोछ जो नेपालकै सबैभन्दा गहिरो र सुन्दर तालहरूमा पर्दछ। त्यसैगरी, डोल्पोको अन्य धार्मिक साँस्कृतिक स्थलहरू र जनजीवनको रहनसहनलाई जीवन्तरूपमा प्रस्तुत गरिएकोछ।चलचित्रमा नायिका सरिता डाँगीका साथै बिमल डाँगी, वाल कलाकार एवं सरिता र बिमलकी छोरी प्रान्जली, देव नेपाल, शिवम पोख्रेल र दीप सागरको सशक्त अभिनय रहेकोछ। निर्देशन देव नेपालको रहेकोछ भने गीत र संगित बिमल डाँगीको रहेकोछ।

डोल्पामा बनेको पहिलो चलचित्र: “नमस्ते डोल्पा”

नेपाली अमेरिकन कलाकार संघको उपाध्यक्ष रहेका गायक तथा उक्त चलचित्रका निर्माता बिमल डाँगीले नेपालिजमसंग कुराकानी गर्दै नेपालमा केही मिडियाले अहिले बनेको एक चलचित्र डोल्पामा पहिलो पटक सुटिंग गरिएको भनेर गलत प्रचार गरिएको प्रति गुनासो गर्दै भने- “हामीले १२ वर्ष अघि डोल्पालाई विश्वसामू चिनाउन “नमस्ते डोल्पा” निर्माण गरेर नेपालको राजधानी काठमाण्डू लगायत देशैभर प्रदर्शन गरेका थियौं र उतिवेला विविध संचारमाध्यमहरूले त्यो तथ्य उल्लेख गरेर समाचार पनि प्रकाशित गरेका थिए तर अहिले ईतिहास मेट्ने गल्ति भएकोछ। डोल्पा क्षेत्र पर्यटन र चलचित्रको क्रिडास्थल बनोस् तर गलत प्रचारप्रसार गर्ने कार्य नहोस्।”

को हुन् नायिका सरिता डाँगी?

उसो त, नमस्ते डोल्पाकी नायिका सरिता डाँगीले यो चलचित्र बाहेक अर्को एक चलचित्र “चेतनाको दीयो” मा पनि अभिनय गरेकीछिन्। उनी नायिकाको अलावा लोकदोहोरी गायिका र मोडेल हुन्।उनले ५० भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेकीछिन् भने एक दर्जन गीतमा स्वर भरेकीछिन्।नायिका सरिता डाँगी दोलखाकि हुन् भने उनले डोल्पाका गायक बिमल डाँगीसंग उक्त चलचित्रको निर्माण अघिनै बिहे गरेकी थिईन्।

उनी सन् २०१५ मा श्रीमान गायक बिमल डाँगीसंग साथ रहन अमेरिका आएकी हुन्। न्यू योर्कमा आएपछि उनले चौतारी रेष्टुरेण्टमा गायिकाकोरूपमा काम गरिन् भने यस बिच दुई सन्तानको जन्म दिईन्- छोरा प्रनिस, ६, र छोरी प्रविशा, २ लाई। गायक डाँगी र नायिका डाँगीको नेपालमै जन्मेकी छोरी प्रान्जली, १७, पनि उनीहरूको साथै छन्। चलचित्र निर्माण ताका सन् २०१० को मासुम सरिता र अहिले सन् २०२२ की परिपक्क सरितालाई चिन्न मुस्किल छ तर उनी भन्छिन्- “म उहीं सरिता हूँ- नेपाली मन र नेपालीपन मुटु र संस्कारमा लिएर जिई रहेको नेपाली।”

नायिका एवं गायिका सरिता डाँगीले अमेरिका आएपछि उनका श्रीमान, गायक एवं संगीतकार बिमल डाँगीको रचना र संगित रहेको दुईवटा तीज गीतहरू, मेरो डोल्पा गीत र भैयो प्रदेशी लोकदोहोरीमा आफ्नो स्वर दिएकीछिन्।

को हुन् गायक बिमल डाँगी?

“नमस्ते डोल्पा” चलचित्रको निर्माण पछि गायक बिमल डाँगी सन् २०१२ मा अमेरिका आएका हुन्।उनी अमेरिकामै वसोवास थालेका नेपालका एक होनहार गायक, गीतकार र संगितकार हुन्। जोफल डोल्पाका गायक डाँगीले हालसम्म ३५० गीतहरू गाएकाछन् भने उनको आफ्नै स्वर, गीत रचना र संगित रहेको ३० वटा लोक दोहोरी, लोकपप र आधुनिक गीतहरूको एल्बम निकाली सकेकाछन्। उनको चर्चित गीतहरूमा पानसमा बत्ति बालेको, तिमी गयौ अर्कैको डोलीमा, छम्म छम्म, हाम्रो माया चर्किएको लगायत छन्।

यो सुखी डाँगी परिवार सन् २०२१ देखि न्यू योर्कको लंगआईल्याण्डस्थित आफ्नै नयाँ घरमा वसोवास गर्दछन्।

    0