Nepalism.com

Jan 27, 2020

एनआरएन अमेरिकाका प्रवक्ता भट्टराई र सल्लाहकार मल्ललाई “४५ दिन बाहिर रहने” निर्णय, निलम्बन होईन?


 
Exclusive: न्यू जर्सी- एनआरएन अमेरिकाको आईतवार राति ३ बजेसम्म बसेको बैठकले सीधा कुरा नामक छद्मभेषी फेसबुक प्रोफाईल पेज बनाएर आफ्ना मन नपरेका र बिरोधीहरूको खोईरो खन्ने, बदनाम गर्ने र चरित्र हत्यासम्म गर्ने हर्कत गर्दै आएको गिरोहको अगुवाई गरेको आरोप लागेका एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराई र सल्लाहकार शिव मल्ललाई छानबिन “कमिटीको रिपोर्ट नआएसम्मको लागि पदीय जिम्मेवारीबाट बाहिर रहने गरी बढीमा ४५ दिनभित्र कार्य सम्पन्न गर्ने गरी” भन्दै “सो निवेदन उपर छानबिन गर्न तपसिल बमोजिमको जाँचबुझ कमिटी गठन गरियो” भनिएकोछ। छानबिन कमिटीमा वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे संयोजक तोकिएकोछ भने सदस्यहरूमा क़ानूनी सल्लाहकार धन बस्नेत, सल्लाहकार संजय थापा, आरसीको सिफारिसमा १ सदस्य र महिला संयोजकको सिफारिसमा १ सदस्य रहने निर्णय गरिएकोछ।

आईटीविज्ञ एवं एनआरएन अमेरिकाका सन् २०१५ र २०१९ का कोषाध्यक्षका उम्मेद्वार प्रसन्न संग्रौलाले गत बुधवार जनवरी २२ तारिख बेलुकी फेसबुक लाईभ आएर आफूले सीधा कुरा फेसबुक प्रोफाईल पेज ह्याक गरेको र उक्त गिरोहको डिजिटल फुटप्रिण्ट पत्ता लगाउन र उक्त पेजको मेसेजमा यि दुई महानुभाव लगायतको मिलोमतोमा उक्त पेजमा प्रकाशन गर्ने विषयबस्तु र लेखाईबारे दोहोरो सम्बाद भएको स्क्रिनसट प्रमाणकारूपमा प्रस्तुत गरेका थिए। यसैबिच, आरोपित मध्ये एक, एनआरएन अमेरिकाका प्रवक्ता ओमकुमार भट्टराईले संग्रौलाको दाबीको खण्डन गर्दै आफ्नो फ़ेसबुक आईडी कसैले ह्याक गरी आफ्नो नामबाट अनेक लेखी बदनाम गराउन खोजेको जिकिर गर्दै यसको कानूनी उपचार खोज्ने बताएकाछन्। त्यसैगरी, एनआरएन अमेरिका सल्लाहकार शिव मल्लले पनि आफूले कुनै नक्कली फेसबुक आईडी नबनाएको दाबी गर्दै आफूसंग संग्रैलाले दाबी गरेको जस्तो कुनै पनि डिभाईस (फ़ोन) नभएको भन्दै कानूनी उपचार खोज्ने प्रेस बिज्ञप्तीमार्फत जानकारी गराएकाछन्। (तल संग्रौलाको फेसबुक लाईभ भिडियो हेर्नुहोस् साथै भट्टराई र मल्लद्वारा जारी खण्डन प्रेस बिज्ञप्ती पढ्नुहोस्: https://www.nepalism.com/post/nrn-usa-in-existential-crisis

प्रवक्ता भट्टराई र सल्लाहकार मल्लले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग अमेरिकी नेपाली समुदायमा बढ्दो छ।अध्यक्ष सुनिल शाहसंगको सहकार्य र कृपाबाट प्रवक्ता र सल्लाहकार बनेका भट्टराई र मल्लको कारण शाह नेतृत्वले जनमानसबाट बँचेखुचेको विश्वास पनि गुमाएकोछ।बिगतका चुनावी धाँधली, अनियमितता, दण्डहीनता, टिके प्रथा, अपारदर्शी कामकार्यवाही र चरम राजनैतिक चलखेलको कारण जानिफकारहरू यतिखेर एनआरएन अमेरिकाकै औचित्य र अष्तित्वमाथि नै प्रश्न चिन्ह आएको बताउँछन्।

    0