top of page

हजारौं अनाथकी आमाबाट अब नेताहरूकी नेतृ उपसभामुख विजयी नेपालकि सुपरिचित समाजसेवी ईन्दिरा रानामगर

Exclusive: नेपालकि सुपरिचित सामाजिक अभियन्ता ईन्दिरा रानामगर नेपालको संसद प्रतिनिधिसभाको उपसभामुख पदमा विजयी भएकीछिन्। उनी अब नेपालको जेल बन्दी गृहका हजारौं अनाथ बालबालिकाहरूकी आमा र तिनका बन्दी जीवन बिताईरहेका हजारौं आमाहरूको प्रिय दिदीबाट देशभरबाट चुनिएर साँसद बनेका नेताहरूका नेतृ बन्न पुगेकीछिन्।


रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकि समानुपातिक साँसद रहेकी रानामगरलाई सत्ता गठबंधन दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले प्रतिनिधिसभाको उपसभामुखमा साझा उम्मेदवार बनाउने निर्णय अनुसार उनले उम्मेदवारी दिएकी थिईन् भने प्रतिनिधिसभाका २७५ सांसदमध्ये २६४ जना सहभागी भएका मध्ये उनको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो। यस अघि सत्ता गठबंधनबाटै सभामुखमा नेकपा एमालेका साँसद देवराज घिमिरे विजयी बनिसकेकाछन्।


विश्व चर्चित सामाजिक अभियन्ता रानामगरले विगत ३२ वर्षदेखि नेपालका विभिन्न ७० भन्दा बढी जेलहरूमा बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था बन्दी सहायता नेपाल मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकीछिन् ।


बुवा प्रतापसिंह रानामगर र आमा मनमाया मगरकी कान्छी छोरीका रुपमा झापा अर्जुनधारा नगरपालिका- ११ देउनियाँबस्ती सालबारीमा बिसं. २०२७ असार १८ मा जन्मिएकी सामाजिक अभियन्ता ईन्दिरा रानामगरले सन् २००० मा बन्दी सहायता नेपाल (प्रिजनर्स एसिस्टेन्स नेपाल) को स्थापना गरेकी थिईन्। यस अघि उनी सुपरिचित साहित्यकार पारिजातको अभिभावकत्वमा विशेष गरी राजनीतिक बन्दी जीवनमा परेका महिलाहरू र उनीहरूको बालबच्चाहरूको हेरचाहमा खटिएकी थिईन्। आफैले संस्था स्थापना गरेदेखिचैं उनले काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र सबै प्रकारको कसुरमा परी बन्दी बनेका महिलाहरू र उनीहरूका बालबच्चाहरूका लागि प्राथमिक विद्यालय र जेलकै बाहिर तिमहिलाहरूको सन्तानहरूको निम्ति डेकेयर सेन्टर सन्चालन गर्दै आएकीछिन् । उनको संस्थाले हाल नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्ष