top of page

एनआरएन अमेरिकाको निर्वाचन तालिका घोषणा: मे २९-३० मा अनलाईन मतदान। २०,१६३ प्रमाणित सदस्य संख्या


-Pradeep Pariyar Thapa

Exclusive: गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) राष्ट्रिय समन्वय परिषद र च्याप्टर समितिहरुको निर्वाचन आगामी मे को २९-३० तारिख हुने भएकोछ। प्रमुख निर्वाचन आयुक्त विश्व बरालले अनलाईन मतदानको लागि निर्वाचन तालिका घोषणा गरेका हुन्। त्यसैगरी, मतदानमा भाग लिन प्रमाणित सदस्य संख्या २० हजार १६३ रहेको सूचना सार्वजनिक गरिएकोछ। एनआरएन अमेरिकाको र विश्वकै एनआरएन ईतिहासमा यो नै सबैभन्दा धेरै साधारण सदस्यता बनेको निर्वाचन अवधि हो। हालसम्म ४ अध्यक्षसहित सय जनाभन्दा बढी उमेदवारी घोषणा गरिएको छ । ...अपडेट जारी छ । सन् २०१० देखि बैधानिक रुपमा 'एनआरएन अमेरिका' को नामबाट संगठनात्मक गतिबिधी थालेको एनआरएन अमेरिकाको सन् २०१३ को मेमा सम्पन्न दोश्रो अधिबेशनमा जम्मा २८८ जना साधारण सदस्य बनेका थिए ।

एनआरएन अमेरिका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले जारी गरेको निर्वाचन तालिका निम्नानुसार रहेकोछ:


१.अप्रिल १०: मतदाताहरूको नामावली प्रकाशन

२.अप्रिल १३ सम्म: मतदाता नामावलीमा दावीविरोध

३.अप्रिल १८: मतदाताहरूको अन्तिम नामावली प्रकाशन

४.अप्रिल १९-२०: उमेदवारी दर्ता

५.अप्रिल २५: उमेदवारहरूको सूची प्रकाशन

६.अप्रिल २६: उमेदवारी विरूद्ध दावीविरोध