Nepalism.com

Jul 2, 2021

अमेरिकाबाट रूपाको विभेदको विरोध

Exclusive: संचारकर्मी एवं कलाकार रूपा सुनारमाथि काठमाण्डौंमा कोठा भाडाको नाममा भएको जातीय विभेदको घटनाको अमेरिकास्थित नासो कम्यूनिटीलगाायत विभिन्न ५ नेपाली-अमेरिकन सामाजिक संघसंस्थाहरू र ५ मानव अधिकारकर्मी, संञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरुले कडा शब्दमा विरोध जनाएकाछन्। नासो कम्यूनिटीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा ‘सो कार्यले नेपालको वर्तमान संविधान २०७२, मुलकी ऐन, जातिय विभेद तथा छुवाछूत अपराध तथा सजाय ऐन २०६८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपाल पक्ष रहेका मानवअधिकारका अन्तराष्ट्रिय सन्धि, महासन्धिहरु तथा मानव अधिकारका मूल्य र मान्यता विरुद्धको अपराधिक कार्य रहेको’ ठहर गर्दै उक्त घटनामा जातीय विभेद गर्ने घरबेटीको पक्षपोषण गरेको भन्दै नेपाल सरकारका वहालवाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई तत्काल कार्यवाही र पदमुक्त गर्नका लागि माग गरिएकोछ भने उनलाई ‘जातीय विभेद अपराध पक्षपोषकको रुपमा कालो सूचिमा सचिकृत गर्ने’ विश्वव्यापी अभियानको आह्वानसमेत गरिएकोछ।

कम्यूनिटीद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति

मितिः जुन २६, २०२१

श्री रुपा सुनार माथि घटित जातीय विभेद अपराध प्रति गम्भिर विरोध तथा ध्यानाकर्षण सहितको संयुक्त प्रेस-विज्ञप्ति ।

पेशागत रुपमा राज्यको चौथो अंङ्गमा कार्यरत श्री रुपा सुनारले देशको राजधानी काठमाडौंको ववरमहलस्थित कोठा भाडामा लिनेदिने सहमति भए पछि थर सोध्दा 'रुपा सुनार' भन्ने जानकारी पाएपछि घरभेटी सरस्वती प्रधानले घरमा जेष्ठ नागरिक भएकाले "सुनार" जातको भएको भन्ने आधारमा कोठा भाडामा लगाउन अस्विकार गरिएको कार्य नेपाल कानून वमोजिम आपराधिक कार्य हो भन्ने स्पष्ट छ ।

उक्त आपराधिक कार्यका विरुद्ध न्यायिक उपचारका लागि पिडित पक्ष रुपा सुनारले सरकारवादी मुद्धाका रुपमा नेपाल प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गरेको र उक्त घटनामा आरोपीलाई पक्राउ गरि थुनामा राखी कार्यवाही अगाडि वढि रहेको अवस्थामा नेपाल सरकारका वहालवाला माननीय मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री कृष्ण गोपाल श्रेष्ठले आफनो पदिय अख्तियारीको दुरुपयोग गरि प्रहरी परिसरमा उपस्थित भई नारावाजी गर्दै, सरकारी वकिलको काम-कार्यवाहीमा वाधा अडचन उत्पन्न गरि कानूनी प्रक्रिया नै पुरा नगरी पुर्पक्षका लागि थुनामा रहेकी आरोपी सरस्वती प्रधानलाई सरकारी गाढीमा राखी लगेको कार्य घोर निन्दनीय छ साथै नेपाल सरकारका वहालवाला माननीय मन्त्री श्रेष्ठद्वारा आफनो पदिय अख्तियार दुरुपयोग भएको ठहर भएको छ ।

वहालवाला मन्त्रीको यस गैर्ह-कानूनी कार्यले पीडक सरस्वती प्रधान तथा उनका पक्षका भनिएका छुवाछूत अपराधलाई समर्थन गर्ने मानिसहरुको हुलले रुपा सुनार माथि सामाजिक सञ्जाल मार्फत तथानाम गालि गलौज गर्ने, ज्यान मार्ने धम्की दिनुका साथै मानसिक रुपमा प्रताडित समेत गर्ने कार्यहाल निरन्तर भैरहेको छ । यस कार्यमा सरकारी पक्ष मुकदर्शक वनेको छ भने देशमा रहेका केहि राजनैतिक दल वाहेक सवै जसो सत्तारुढ दलमा संलग्न तथा अन्य राजनैतिक दलहरु, मानवअधिकारका संयन्त्रहरु, मानव अधिकारका संघ तथा संस्थाहरु र नागरिक समाजको मौनताले समेत पीडकहरुमा हिंसालाई वढावा दिन र छुवाछतलाई संस्थागत रुपमा प्रश्रय गर्न सहास थपेको छ ।

सो कार्यले नेपालको वर्तमान संविधान २०७२, मुलकी ऐन, जातिय विभेद तथा छुवाछूत अपराध तथा सजाय ऐन २०६८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपाल पक्ष रहेका मानव अधिकारका अन्तराष्ट्रिय सन्धि, महासन्धिहरु तथा मानव अधिकारका मूल्य र मान्यता विरुद्धको अपराधिक कार्य रहेको नासो कम्युनीटि अमेरिका लगाएत यसमा उल्लेखित संघ तथा संस्था तथानागरिक अगुवाहरुको ठहर छ । साथै उक्त जातिय विभेद तथा छुवाछूतको घोर भत्र्सना गर्दै उक्त कार्य गर्ने आरोपी तथा मतियारका रुपमा संलग्न वहालवाला मन्त्रीलाई हदैसम्मको कार्यवाही गर्न तल उल्लेखित वुदाँहरु वमोजिम जोरदारका साथ माग गर्दछौं ।

-संञ्चारकर्मी श्री रुपा सुनारमाथि डेरा प्रकरणमा घटित जातीय विभेद अपराधलाई प्रचलित नेपाल कानून वमोजिम सरकारी वकिल मार्फत तत्काल कार्यवाही वढाई आरोपितलाई कानूनी प्रक्रियामा तत्काल अगाडि वढाउन जोढदार माग गर्दछौं साथै पीडितको भौतिक सुरक्षाको समेत माग गर्दछौं ।

-नेपाल सरकारका वहालवाला माननीय मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री कृष्ण गोपाल श्रेष्ठलाई तत्काल पद मुक्त गर्नका लागि जोरदार माग गर्दछौं साथै जातीय विभेद अपराध पक्षपोषकको रुपमा कालो सूचिमा सचिकृत गर्ने अभियान अमेरिका, यूरोप तथा अन्य राष्ट्रहरुमा संचालन गर्न आह्वान समेत गरिन्छ ।

-यस जातीय विभेद अपराध कार्य विरुद्ध नेपालमा रहेका राजनैतिक दलहरु, मानव अधिकारका संयन्त्रहरु, मानव अधिकार संघ तथा संस्थाहरु र नागरिक समाज तथा प्रवासका डायसपोरामा रहेका विभिन्न समुदायहरुको एकतावद्धता तथा दवावपूर्ण आन्दोलनका लागि आवहन समेत गर्दछौं ।

ऐक्यवद्ध संघ तथा संस्थाहरु

१. नासो कम्युनीटि अमेरिका

२. आसिडिआर ईन्टरनेशनल

३. एडवन नेपाल

४. ईन्टरनेशनल एलाईन्स

५. पीडिआरसी, ईन्टरनेशनल

ऐक्यवद्ध मानव अधिकारकर्मी, संञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरु

१. डा. होम राज आचार्य, अभियन्ता, सामाजिक न्याय, डिसी

२. डा. देश राज संयोक, अभियन्ता, सामाजिक न्याय, डिसी

३. श्री प्रदिप परियार थापा, प्रधान सम्पादक, नेपलिज्म डटकम,न्य योर्क

४. श्री सतीश चापागाई, प्रधान सम्पादक, नेपलिज डायस्पोरा डटकम

५. अधिवक्ता श्री निरन्जन अधिकारी, आयुक्त, डिसी एसिएन तथा प्रशान्तद्धिप मामिला आयोग

    2