अमेरिकाबाट रूपाको विभेदको विरोध

Exclusive: संचारकर्मी एवं कलाकार रूपा सुनारमाथि काठमाण्डौंमा कोठा भाडाको नाममा भएको जातीय विभेदको घटनाको अमेरिकास्थित नासो कम्यूनिटीलगाायत विभिन्न ५ नेपाली-अमेरिकन सामाजिक संघसंस्थाहरू र ५ मानव अधिकारकर्मी, संञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरुले कडा शब्दमा विरोध जनाएकाछन्। नासो कम्यूनिटीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा ‘सो कार्यले नेपालको वर्तमान संविधान २०७२, मुलकी ऐन, जातिय विभेद तथा छुवाछूत अपराध तथा सजाय ऐन २०६८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपाल पक्ष रहेका मानवअधिकारका अन्तराष्ट्रिय सन्धि, महासन्धिहरु तथा मानव अधिकारका मूल्य र मान्यता विरुद्धको अपराधिक कार्य रहेको’ ठहर गर्दै उक्त घटनामा जातीय विभेद गर्ने घरबेटीको पक्षपोषण गरेको भन्दै नेपाल सरकारका वहालवाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई तत्काल कार्यवाही र पदमुक्त गर्नका लागि माग गरिएकोछ भने उनलाई ‘जातीय विभेद अपराध पक्षपोषकको रुपमा कालो सूचिमा सचिकृत गर्ने’ विश्वव्यापी अभियानको आह्वानसमेत गरिएकोछ।
कम्यूनिटीद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति
मितिः जुन २६, २०२१
श्री रुपा सुनार माथि घटित जातीय विभेद अपराध प्रति गम्भिर विरोध तथा ध्यानाकर्षण सहितको संयुक्त प्रेस-विज्ञप्ति ।
पेशागत रुपमा राज्यको चौथो अंङ्गमा कार्यरत श्री रुपा सुनारले देशको राजधानी काठमाडौंको ववरमहलस्थित कोठा भाडामा लिनेदिने सहमति भए पछि थर सोध्दा 'रुपा सुनार' भन्ने जानकारी पाएपछि घरभेटी सरस्वती प्रधानले घरमा जेष्ठ नागरिक भएकाले "सुनार" जातको भएको भन्ने आधारमा कोठा भाडामा लगाउन अस्विकार गरिएको कार्य नेपाल कानून वमोजिम आपराधिक कार्य हो भन्ने स्पष्ट छ ।
उक्त आपराधिक कार्यका विरुद्ध न्यायिक उपचारका लागि पिडित पक्ष रुपा सुनारले सरकारवादी मुद्धाका रुपमा नेपाल प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गरेको र उक्त घटनामा आरोपीलाई पक्राउ गरि थुनामा राखी कार्यवाही अगाडि वढि रहेको अवस्थामा नेपाल सरकारका वहालवाला माननीय मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री कृष्ण गोपाल श्रेष्ठले आफनो पदिय अख्तियारीको दुरुपयोग गरि प्रहरी परिसरमा उपस्थित भई नारावाजी गर्दै, सरकारी वकिलको काम-कार्यवाहीमा वाधा अडचन उत्पन्न गरि कानूनी प्रक्रिया नै पुरा नगरी पुर्पक्षका ला