Nepalism.com

Sep 17, 2020

यो जोडीलाई संगै फेरी भेट्दा...२० वर्ष पछि!

-Pradeep Pariyar Thapa

मेरा सहकर्मी संचारकर्मी, अधिकारकर्मी, कलाकार एवं प्रिय मित्र शैलेश श्रेष्ठ (Shailesh Shrestha) जीको सिंगो परिवार- वहाँकी जीवनसाथी एवं बलिदान चलचित्रकि चर्चित नायिका अन्जना सुब्बा र छोरी सुयशालाई संगसंगै उनीहरूको न्यू जर्सी राज्यको लिनहर्स घरमा भेट्न २० वर्ष लाग्यो। यो अन्तरालबिच शैलेशजीसंग न्यू योर्क शहरका नेपाली समारोहहरूमा सयौं पटक भेटे पनि आज सपरिवार एक साथ भेट्ने मौका बल्ल जुर्यो। सन् २००० मा अमेरिकाको पहिलो नेपाली अमेरिकन म्यागाजिन पत्रिका ‘अमेरिका दर्पण’ को कार्यकारी सम्पादकको नाताले मैले यो कलाकार दम्पतीलाई उनीहरूको न्यू योर्कको अस्टोरियास्थित डेरा अपार्टमेण्टमा अन्तर्वार्ताको शिलशिलामा भेटेको थिएँ। त्यतिखेर छोरी सुयशा ४ वर्षकि थिईन्, उनी अहिले एनवाईयू विश्वविद्यालयबाट कम्प्यूटर साईन्समा ब्याचलर्स गरी आफ्नो करियर अघि बढाईरहेकीछिन्। त्यस यता, यो परिवारको जीवनमा निक्कै उतारचढाब आयो। यो कालखण्डमा हड्सन रिभरमा धेरै पानी मात्र बगेन यो जोडीले न्यू योर्कको भाडाको घरबाट न्यू जर्सीमा आफ्नो घरको सुन्दर संसार बसाउन हड्सन वारी सर्यो।

सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्क शहरमा रहेको विश्वको सबैभन्दा अग्लो भवन ‘वर्ल्ड ट्रेडसेन्टर’ लगायतमा आतंककारी हमाला भयो। शैलेशले तेतिखेर उक्त सेन्टरको १०६ र १०७ तल्लामा रहेको ‘Window’s on the World’ रेष्टुरेण्टमा काम गर्ने गर्थे। भाग्यवश, त्यो दु:खद मंगलवारको दिन उनको छुट्टीको दिन थियो। उक्त 9/11 घटनामा सो रेष्टुरेण्टमा काम गर्ने शैलेशका ५०० सहकर्मीहरू मध्ये ७३ जनाको मृत्यू हुन पुग्यो। त्यो रेष्टुरेण्ट रहेको बिल्डिंग र संगैको अर्को बिल्डिंग ढल्दा २,७५३ जनाको निधन हुन गयो। शैलेश भाग्यले बाँचे। शैलेशले भने-‘मेरो संधै नाईट सिफ्टकाम हुन्थ्यो। त्यो दिन छुट्टी थियो र म सपरिवार घरमै थिएँ। तर मेरा सहकर्मीहरू ७३ जनाको मृत्यू भयो। यो घटनापछि म २/३ महिना बिछिप्त जस्तै भएँ, मैले आफूलाई पुरै आईसोलेसनमा राखें।’...

थप अपडेट...नेपालिजम डट कममा क्रमश:

    0