Nepalism.com

Sep 26, 2021

मिस नेपाल अमेरिका २०२१ (Miss Nepal US) विजेता बनिन्- प्रतिक्षा शुक्ला

Updated: Exclusive: मिस नेपाल अमेरिका (Miss Nepal US) को १० औं वार्षिकोत्सवको अवसरमा आयोजित मिस नेपाल अमेरिका २०२१ प्रतियोगितामा क्लोराडो राज्यकि प्रतिक्षा शुक्ला विजयी भएकिछिन् । प्रतियोगिता यहीं सेप्टेम्बर २३ देखि २५ सम्म न्यू योर्क सहरमा सम्पन्न भएको थियो।चर्चित नेपाली अमेरिकन सामाजिक व्यावसायी अमित शाहद्वारा स्थापित Miss Nepal US ले १० वर्षको माईलस्टोन पुरा गरेको हो। सन् २०११ मा शुरू गरिएको मिस नेपाल अमेरिका प्रतियोगिताका यस अघि विजयीहरूमा सुजिता बस्नेत (२०११), आस्था श्रेष्ठ (२०१२), बर्तिका राई (२०१३), डा. खुश्वु मिश्र (२०१४), प्रियंका थपलिया (२०१५), दिलाशा न्यौपाने (२०१८) र सुरभी खनाल (२०१९) छन्।

उक्त प्रतियोगितामा प्रथम उप बिजेता टेक्सास राज्यकि कला न्यौपाने र द्वितीय उप बिजेता न्यू योर्क राज्यकि अलिशा लिम्बु भएका छन् ।

यस पटकको ५ सदस्सीय निर्णायक मण्डलमा सम्पूर्ण महिला जजेजहरू राखेर ऐतिहासिक कदम चालिएको थियो। प्रमुख निर्णायक पूर्व सिएनएनएन संचारकर्मी किरण क्षेत्री, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, व्यावसायी सूर्य श्रेष्ठ महर्जन, माग्डालेना कुलिज र पूर्व मिस नेपाल अमेरिका २०१३ विजेता वर्तिका राई रहेका थिए।

मिस नेपाल अमेरिका प्रतियोगिता २०२१ का राष्ट्रिय टप टेन प्रतियोगीहरुमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा र अलिशा लिम्बु रहेका थिए ।

मिस नेपाल अमेरिका प्रतियोगिता अमेरिकामा बसोबास गर्दै आएका नेपाली अमेरिकन युवतीहरुकालागि नेटवर्किङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि गर्विलो मञ्च बनेको छ । यस प्रतियोगिताले नेपाल र अमेरिकाको साँस्कृतिक विविधतालाई जोड्ने र पहिचानलाई उजागर गर्नेछ ।

मिस नेपाल अमेरिका प्रतियोगिताले हालसम्म नेपाली अमेरिकी युवा महिलाहरुलाई उच्च शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर बराबरको सहयोग प्रदान गरिसकेकोछ । यस प्रतियोगिताले दर्जनौं युवा नेपाली अमेरिकन महिलाहरुलाई आफ्नो क्षमता प्रस्फुटन र प्रदर्शन गर्न, छात्रवृत्ति प्राप्ति, नेटवर्किंग, जीवनोपयोगी कला अभिवृद्धि गर्न र नेपाली र अमेरिकी समुदायमा योगदान पुर्याउने अवसर जुटाइ दिएको छ ।

यो वर्षको प्रतियोगिताको प्रोग्राम डाइरेक्टर मिस नेपाल युएस (२०११) सुजिता बस्नेत रहेकि थिईन् भने प्याजेन्ट कोअर्डिनेटर स्मृति गिरी, परामर्श किरण क्षेत्री, मोटिभेसन डा. विष्णुमाया परियार, कोरियोग्राफ़ी पूर्व मिस नेपाल युनिभर्स (२०१७) नग्मा श्रेष्ठ, ग्रुमिंग प्रशिक्षक मिस युनिभर्स नेपाल (२०२०) आशिका शर्मा, ग्रुमिंग प्रशिक्षक एवं फेसन डिजाईनर विश्व गौतम, लाईफ प्रशिक्षक सुशिल चौधरी, फेसन डिजाईनर लजिमा सुब्बा, फेसन स्टाईलिष्ट निलिमा मादेन लिम्बू र मेकअप प्रशिक्षक डेचेन सुमो रहेका थिए ।

त्यसैगरी, नेपालबाट झिकाईएका चर्चित संचारकर्मी संजय सिलवाल गुप्ताले प्रतियोगिताको सुन्दर संचालन गरेका थिए। उद्घाटन समारोहमा नेपाल अमेरिका कलाकार संघका कलाकारहरूले नेपाल र अमेरिकाको राष्ट्रगान प्रस्तुत गरेका थिए।

प्रतियोगिताको कम्यूनिटी कोओर्डिनेटर राजकुमार विष्ट, टिम कोओर्डिनेटर प्रेम गुरूंग, आर्टिस्ट कोओर्डिनेटर सुरेश वाग्ले, मार्केटिक कोओर्डिनेटर ओम गुरूंग, मार्केटिक कोओर्डिनेटर अन्जुत गुरूंग, पिआर कोओर्डिनेटर डा. शंकर बिसुंके र पार्टिसिपेन्ट कोओर्डिनेटर मेघा रौनियार रहेका थिए।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट www.missusnepal.com मार्फत अर्क वर्षको अनलाईन आवेदन गर्न सक्नेछन्।

नेपालिजम डट कमले यो प्रतियोगितालाई ईन्डोर्स गरेको थियो।

    0