top of page

मिस नेपाल अमेरिका २०२१ (Miss Nepal US) विजेता बनिन्- प्रतिक्षा शुक्ला


Updated: Exclusive: मिस नेपाल अमेरिका (Miss Nepal US) को १० औं वार्षिकोत्सवको अवसरमा आयोजित मिस नेपाल अमेरिका २०२१ प्रतियोगितामा क्लोराडो राज्यकि प्रतिक्षा शुक्ला विजयी भएकिछिन् । प्रतियोगिता यहीं सेप्टेम्बर २३ देखि २५ सम्म न्यू योर्क सहरमा सम्पन्न भएको थियो।चर्चित नेपाली अमेरिकन सामाजिक व्यावसायी अमित शाहद्वारा स्थापित Miss Nepal US ले १० वर्षको माईलस्टोन पुरा गरेको हो। सन् २०११ मा शुरू गरिएको मिस नेपाल अमेरिका प्रतियोगिताका यस अघि विजयीहरूमा सुजिता बस्नेत (२०११), आस्था श्रेष्ठ (२०१२), बर्तिका राई (२०१३), डा. खुश्वु मिश्र (२०१४), प्रियंका थपलिया (२०१५), दिलाशा न्यौपाने (२०१८) र सुरभी खनाल (२०१९) छन्।

उक्त प्रतियोगितामा प्रथम उप बिजेता टेक्सास राज्यकि कला न्यौपाने र द्वितीय उप बिजेता न्यू योर्क राज्यकि अलिशा लिम्बु भएका छन् ।


यस पटकको ५ सदस्सीय निर्णायक मण्डलमा सम्पूर्ण महिला जजेजहरू राखेर ऐतिहासिक कदम चालिएको थियो। प्रमुख निर्णायक पूर्व सिएनएनएन संचारकर्मी किरण क्षेत्री, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, व्यावसायी सूर्य श्रेष्ठ महर्जन, माग्डालेना कुलिज र पूर्व मिस नेपाल अमेरिका २०१३ विजेता वर्तिका राई रहेका थिए।


मिस नेपाल अमेरिका प्रतियोगिता २०२१ का राष्ट्रिय टप टेन प्रतियोगीहरुमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा र अलिशा लिम्बु रहेका थिए ।