Nepalism.com

Mar 22, 2023

निभ्यो एक उज्यालो दीयोः अमेरिकामा अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको आत्महत्याबाट अवसान

Updated: Mar 26, 2023

Updated: Tribute: अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको मंगलवार मार्च २१ तारिख अन्दाजी बेलुकी ५ बजेतिर आफ्नै घरको माथिल्लो तलामा जाने भर्यांगमा झुण्डिएर मरेको अवस्थामा आत्महत्याबाट असामयिक निधन भएकोछ। डालसका नेपाली अगुवाहरूका अनुसार उनी आफ्नो ग्रोसरी स्टोरबाट दिउँसो तीन बजेतिर आफ्नो घरेलु कुकुरसंगै निवास फर्केका थिए। उनकी श्रीमति माला महत आफ्नो व्युटी पार्लरबाट बेलुकी छ बजेतिर घर फर्किंदा उनले आफ्नो श्रीमानलाई झुण्डिएको मृत अवस्थामा फेला पारेकि थिईन्। उनको निधन हुँदा दुई छोरीहरू अध्ययनको शिलशिलामा न्यू योर्कमा थिए। माला महतले तत्काल पुलिसलाई खबर गरेकि थिईन् र प्रहरीले अनुसन्धान थालेको थियो भने बुधवार प्रहरीले स्व. लामिछानेको शव परिवारलाई दाहसंस्कारको निम्ति हस्तान्तरण गरिसकेको बताईएकोछ। स्व. लामिछाने जीवन विज्ञान भन्ने आध्यात्मिक साधनामा लागेका शान्त र शालिन व्यक्तित्व भएका मानिस थिए। उनले झुण्डिएर आत्महत्या किन गरे? उनी आफू भित्रभित्रै पीडामा जलेर, एक्लिएर कसरी र कुन विषम परिस्थितिमा आफ्नो देहलीला समाप्त गर्ने कठोर निर्णयमा पुगे? प्रहरीको अनुसन्धान जारी भएको एक नेपाली अगुवाले नेपालिजमलाई जानकारी गराए।

Breaking: अपडेट

आत्महत्या गरिएका भनिएका कृष्ण लामिछानेको आँखा, ओंठ र घाँटीनिर चोट, निल डाम् भएको दर्दनाक फोटो नेपालिजमलाई प्राप्त भएकोछ।

नेपालिजमले प्राप्त गरेको फोटो घटनास्थलको नभएर केही समय पहिले उनी माथि घटेको हिंशाको हो। उनको निल डाम् चोटपटक लागेको निरिह र कारूणिक अवस्थाको छ।

टेक्सासका नेपालीहरू मध्ये लामिछानेका नजिकका साथीभाईहरूसंग उनी माथि घरेलु हिंशा भएकोकुरा र प्रमाणहरू रहेको जानकारी नेपालिजमलाई प्राप्त भएकोछ।

स्व. कृष्ण लामिछाने लामो समयदेखि घरेलु हिंशाबाट पीडित रहेको जानकारी नेपालिजमलाई प्राप्त भएकोछ।उनले आत्महत्या गर्नुको पछाडि उनी माथि भैरहेको चरम् घरेलु हिंशाको के कस्तो असर छ? अनुसन्धान हुनु जरूरी छ।

स्वर्गीय दाजु-भाई: Krishna Lamichhane (right) and Dr. Kiran Lamichhane (left)

यसैबिच, सामाजिक सन्जालहरूमा उनले आत्महत्या गरेको भन्दै उनका शुभचिन्तक र साथीभाईहरूले श्रद्धांजलि अर्पण गरेकाछन् तर लामिछाने परिवारको तर्फबाट भने आधिकारिक भनाई बाहिर आएकोछैन। उनकी श्रीमति माला महतको फेसबुक एकाउण्ट डिएक्टिब गरिएको छ भने स्वर्गीय लामिछानेको फेसबुक एकाउण्टलाई memorialize गरी legacy page बनाउन सकिने फेसबुकको व्यवस्थाको प्रयोग गर्दै परिवारको कुनै सदस्यले स्मृति पेज (tribute page) को रूपमा बदली सकिएकोछ तर सो पेजमा पनि उनको निधनको कारणबारे यो समाचार तयार पार्दा (मार्च २२ तारिख १०ः५८ EST सम्म) कहीं कतै उल्लेख गरिएकोछैन।

को हुन् उनी?

नेपालको गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ९ का पूर्व अध्यक्ष ६९ वर्षीय रामप्रसाद लामिछानेको जेठा छोरा कृष्ण लामिछाने अमेरिकाको डालस सहरमा श्रीमति र दुई छोरीहरूकासाथ बसोबास गर्दै आएका थिए। लामिछाने परिवारका तीन भाई मध्ये उनका कान्छो भाई डा. किरण लामिछानेको सन् २०१६ जुलाईमा टेक्सासमै सडक दुर्घटनामा निधन भएको थियो। माईलो भाई कपिल लामिछाने गोर्खामा छन्।

स्व. कृष्ण लामिछाने एक आध्यात्मिक साधक मात्र हैनन्। उनी टेक्सास नेपाली समाजका पूर्व अध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव, एनआरएन अमेरिकाका २०२१-२०२३ को लागि अध्यक्ष पदका उम्मेदवार, एनआरएनए आईसिसीको नैतीक शिक्षा (Moral Education) कृतिका संयोजक पनि रहेर कार्य गरेका सुपरिचित सामाजिक अभियन्ता थिए। नेपाली अमेरिकी समाजलाई उनको निधनले एक अपुरणीय क्षति भएकोछ साथै अब उनको निधनको कारणहरूको खोजी गरी भविष्यमा आत्महत्या जस्तो रोकथाम गर्न सकिने मनोरोगको निदानको बाटोहरू पहिल्याउनु र समाजमा जनचेतना फैलाउनु जरूरी छ।

अमेरिका जस्तो वैभवशाली देश होस् या नेपाल जस्तो संस्कारयुक्त मुलुक, जहाँ रहे पनि जोसुकै व्यक्ति एक्लिन हुँदैन, एक्लाईनु हुँदैन। एकआपसमा सहअस्तित्व, आत्मसम्मान र सद्भाव कायम हुनु पर्छ। ओंठे सम्मान, निसार भक्तिभाव र सामाजिक संजालमा देखाईने खोक्रो पिरिमले जीवन सार्थक हुँदैन। मन जलेर दीलमा शान्ति कहिल्यै छाउँदैन।

सामाजिक अभियन्ता स्व. कृष्ण लामिछानेप्रति हार्दिक श्रद्धांजली!

    2