top of page

निभ्यो एक उज्यालो दीयोः अमेरिकामा अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको आत्महत्याबाट अवसान

Updated: Mar 26

Updated: Tribute: अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको मंगलवार मार्च २१ तारिख अन्दाजी बेलुकी ५ बजेतिर आफ्नै घरको माथिल्लो तलामा जाने भर्यांगमा झुण्डिएर मरेको अवस्थामा आत्महत्याबाट असामयिक निधन भएकोछ। डालसका नेपाली अगुवाहरूका अनुसार उनी आफ्नो ग्रोसरी स्टोरबाट दिउँसो तीन बजेतिर आफ्नो घरेलु कुकुरसंगै निवास फर्केका थिए। उनकी श्रीमति माला महत आफ्नो व्युटी पार्लरबाट बेलुकी छ बजेतिर घर फर्किंदा उनले आफ्नो श्रीमानलाई झुण्डिएको मृत अवस्थामा फेला पारेकि थिईन्। उनको निधन हुँदा दुई छोरीहरू अध्ययनको शिलशिलामा न्यू योर्कमा थिए। माला महतले तत्काल पुलिसलाई खबर गरेकि थिईन् र प्रहरीले अनुसन्धान थालेको थियो भने बुधवार प्रहरीले स्व. लामिछानेको शव परिवारलाई दाहसंस्कारको निम्ति हस्तान्तरण गरिसकेको बताईएकोछ। स्व. लामिछाने जीवन विज्ञान भन्ने आध्यात्मिक साधनामा लागेका शान्त र शालिन व्यक्तित्व भएका मानिस थिए। उनले झुण्डिएर आत्महत्या किन गरे? उनी आफू भित्रभित्रै पीडामा जलेर, एक्लिएर कसरी र कुन विषम परिस्थितिमा आफ्नो देहलीला समाप्त गर्ने कठोर निर्णयमा पुगे? प्रहरीको अनुसन्धान जारी भएको एक नेपाली अगुवाले नेपालिजमलाई जानकारी गराए।


Breaking: अपडेट


आत्महत्या गरिएका भनिएका कृष्ण लामिछानेको आँखा, ओंठ र घाँटीनिर चोट, निल डाम् भएको दर्दनाक फोटो नेपालिजमलाई प्राप्त भएकोछ।


नेपालिजमले प्राप्त गरेको फोटो घटनास्थलको नभएर केही समय पहिले उनी माथि घटेको हिंशाको हो। उनको निल डाम् चोटपटक लागेको निरिह र कारूणिक अवस्थाको छ।