Nepalism.com

Feb 7, 2020

सय पर्यटकीय गन्तव्य (नेपाल) यात्रा-१: सत्यवती धार्मिक-साँस्कृतिक क्षेत्र (गुल्मी) भ्रमण गर्ने हैन?


 
-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू मध्येको गुल्मी जिल्लाको सत्यवती गाउँपालिका अन्तरगतको सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रको भ्रमण एक अविस्मरणीय यात्रा रह्यो। गुल्मी जिल्लाको तेश्रो अग्लो पहाड २,५४० मिटर उचाईको सत्यवतीमा बुढी सत्यवतीको ऐतिहासिक धार्मिक मन्दिर रहेको छ। उक्त स्थान बिकट भएकोले बिसं. १९९० मा २,००० मिटर उचाईमा सत्यवती बजै मन्दिरको प्रतिस्थापना गरिएको छ। सत्यवतीबाट बुढी सत्यवती जान पैदल २ घण्टा (४ किमी दुरी) लाग्दछ। बुटवलबाट ९६ किलोमिटर दुरीमा रहेको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्रमा दशौं हजारको जात्रा लाग्ने गर्दछ भने गुल्मी, पर्वत, स्यांग्जा, पाल्पा, बाग्लुंग, रूपन्देही, मनांग, मुस्तांग र अर्घाखाँची जिल्लाहरूबाट जात्रा भर्नेहरू भेला हुने गर्दछन्।

Adventure: *****

Cultural: *****

Religious: *****

Historical: *****

Natural Heritage: *****

Preservation/condition: ***

Accomodation/amenities: **

Number of Day trip: 3 days, 2 nights

Camping area:*****

Scenic:*****

Camping available: up to 100+ trekkers

Home Stay: None (Being considered)

Herbal Garden: Being created

सत्यवती मन्दिर परिसरमा कार्तिक महिनामा पर्ने बैकुण्ठ चतुर्दशीको बेलुकी जाग्राम बस्ने र भोलीपल्ट भेकुम पूर्णिमा बिहान पूजा र बर माग्ने प्रचलन छ। तर बर माग्दा सत्यवती बजै कान नसुन्ने बहिरी भएकोले चिच्च्याएर माग्ने चल्न छ। भक्तालुहरूले सत्यवतीलाई परेवा उडाउने र टेवा भाग दिनेगरी माई, थानी, झाँक्री देवहरूलाई कुखुरा, बाख्रा र भेंडाको पाठा वली चढाउने र सिद्धबाबालाई दुधधार दिने चलन छ।

सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रको वरीपरी ऐतिहासिक महत्वको थानी बाजेबजे (देउराली), सिद्धबाबा (हिले), हचिंकोट दरवार, बुद्ध मन्दिर (थुम्का), हुक्रायो सेती नाघ (थुम्का), मगर संग्रहालय (भन्ज्यांग देउराली) र मसिनाको बराही ताल (पात नझर्ने) अवलोकन गर्न सकिन्छ। यि सबै महत्वका स्थलहरू अवलोकन गर्न कम्तिमा ३ दिन लाग्दछ।

सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रबाट धवलागिरी हिमश्रृंखला, माछापुछ्रे, अन्नपूर्ण, मानापाथी हिमालको मनोरम दृश्य देख्न सकिन्छ भने उक्त क्षेत्रमा क्याम्पिंग गरी सूर्योदय र सूर्यस्तकोअनुपम स्वर्गिक अनुभव लिन सकिन्छ।

सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रमा हर्बल गार्डेन बन्दैछ। उक्त क्षेत्रको बनजंगलमा प्रचुरमात्रामा सतुवा, बिखमा, चौत्रा, काली काफल, पखनबेट, वाली गुराँस, सिन्कौली, कुरिलो, टिमुर, सिस्नु, बाँको जस्ता मेडिसनल महत्वका जडीबुडीहरू पाईन्छ।
 

ठूलो लुम्पेक पर्यटन समितिक अध्यक्ष जितु तरामुले सत्यवती धार्मिक एवं साँस्कृतिक क्षेत्रको सर्वांगीण बिकासको लागि होस्टेमाहैसे गर्न सबै गाउँवासी र सुभचिन्तकहरूमा अपील गरेकाछन्।

नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरू; घुम्न जाने हैन ?

-प्रदीप परियार थापा

Exclusive: नेपाल सरकारले नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरी बाह्य र आन्तरिक पर्यटनलाई बढावा दिन विभिन्न कार्यक्रमहरू सन्चालन गरेकोछ। घुम्न जाने हैन ? मचैं निस्किएँ है। नयाँ पर्यटकीय १०० गन्तव्यहरूको लागि ५० करोड बजेट छुट्याई सकेकोछ। प्रत्येक पर्यटकीय गन्तव्यमा कम्तिमा ४० लाख खर्च गरी गन्तव्य स्थलको संरक्षण, प्रवर्धन र प्रचार गरिनेछ।यो पंक्तिकारको गाउँ गुल्मि जिल्लाको सत्यवती गाउँपालिकाको सत्यवती धार्मिक साँस्कृतिक क्षेत्र पनि सरकारले घोषणा गरेको नेपालका नयाँ १०० पर्यटकीय गन्तव्य स्थलहरू मध्ये परेकोछ। त्यसो तगुल्मि जिल्लाको रूरू क्षेत्र पनि उक्त लिष्टमा परेकोछ। तपाईको जिल्ला या गाउँ पनि परेकोछ कि ?

नेपालका नयाँ १०० पर्यटकीय गन्तव्यहरूको सूची तलको समाचार लिंकमा गएर पढ्नुहोस्:

https://www.nepalism.com/post/nepal-top-100-tourist-destinations-when-you-are-planning-visting

    0