Nepalism.com

Apr 3, 2023

न्यू योर्कमा स्व. कृष्ण लामिछानेको १३ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाहरू सम्पन्न

Tribute: अमेरिकी नेपाली समाजका सुपरिचित अभियन्ता स्व. कृष्ण लामिछाने, ५४, को निधनको १३ औं पूण्यतिथिको अवसरमा न्यू योर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका र गोर्खा समाज अमेरिकाले छुट्टाछुट्टै श्रद्धाञ्जली सभाहरू आयोजना गरी स्व. लामिछानेको भावपूर्ण विदाई गरेकाछन्। ति दुई सभामा आयोजक र अतिथि वक्ताहरूले स्व. लामिछानेले नेपाली अमेरिकी समाजमा पुर्याएको महत्वपूर्ण योगदानहरूको स्मरण गर्दै उनको आत्महत्यापछि सार्वजनिक भएका विभत्स फोटो र अडियो-भिडियोहरूबाट उनी चरम घरेलु हिंसामा परेको प्रमाणहरूको आधारमा निष्पक्ष छानबिन गरी स्वर्गीय लामिछानेलाई न्याय दिलाउन नेपाली समाज एक जुट हुनु पर्ने कुरामा जोड दिएकाछन्। स्व. लामिछानेले मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेका थिए भने आफ्नो बुबाको छोरोको अन्तिम अनुहार हेर्ने ईच्छा बिपरित हतारहतार मार्च २४ तारिख दाहसंस्कार गरिएको थियो। स्मरण रहोस्, उनको आत्महत्याको खवर बाहिरिए लगत्तै स्व. लामिछानेको शरीर भरी बिभत्स चोटपटक लागेको फोटोहरू सार्वजनिक भएको थियो। ति फोटोहरू देख्ने जो कोहीले स्वर्गीय लामिछाने लामो समयदेखि घरेलु हिंसाबाट पिडित रहेको अनुमान सजिलै लगाउन सक्छ।

स्व. कृष्ण लामिछाने नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, टेक्सास नेपाली समाजका पूर्व अध्यक्ष र एनआरएन अभियन्ता थिए।

न्यू योर्क सहरमा अप्रिल २ तारिख आईतवार नेपाली जनसम्पर्क समिति अमेरिकाले स्व. कृष्ण लामिछानेको १३ औं पुण्यतिथिको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा अतिथि वक्ताहरू नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व परराष्ट्र मन्त्री एवं पूर्व राजदूत अर्जन जंगबहादुर सिंह, न्यू जर्सी राज्यका गभर्नरका एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर (एएपिआई) कमिस्नर एवं सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अमिर जोशी, प्रवासी एकता समाजका अन्तराष्ट्रिय बिभाग सचिव सिता खरेल, एनआरएनए आईसिसी सदस्य दुर्गेश जंग कार्की, शेर्पा समाज अमेरिका अध्यक्ष एपी शेर्पा, फिप्ना महासंघ कोषाध्यक्ष एवम तामाङ सोसाईटी अमेरिका उपाध्यक्ष तुलबहादुर तामाङ, नेपाली जनसम्पर्क समिति न्यू योर्क च्याप्टर महासचिव महेश मल्ल, एनआरएन न्यू योर्क च्याप्टर सचिव बासु लामिछाने, गोर्खा समाज अमेरिका संस्थापक अध्यक्ष अन्जन श्रेष्ठ, स्याङजा समाज अमेरिका वरिष्ठ उपाध्यक्ष दिनदयाल भण्डारी, नेका सुनसरी जिल्ला पूर्व महाधिवेशन प्रतिनिधि शिव पागो, संचारकर्मी प्रदिप परियार थापा, काँग्रेस नेतृ एवं साहित्यकार शारदा क्षेत्री लगायतले सम्वोधन गर्दै स्व. लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा आयोजित उक्त श्रद्धाञ्जली सभाको संचालन महासचिव मुनिन्द्र नेम्बाङले गरेका थिए ।

त्यसैगरी, गोर्खा समाज अमेरिकाले न्यू योर्क सहरमा एक छुट्टै श्रद्धाञ्जली सभाको आयोजना गरी आफ्नो जिल्लावासी सामाजिक अभियन्ता स्व. कृष्ण लामिछानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकोछ। आफ्नो जिल्लावासी स्व. लामिछानेको निधनपछि उनको आत्महत्याले जन्माएको अनेकौं प्रश्नहरूको सत्यतथ्य बाहिर ल्याउने र स्व. लामिछानेको न्यायको निम्ति समाजले पहलकदमी गर्ने बताएकोछ।

बुबाले देख्न नपाएको छोरोको त्यो अन्तिम मुहारः स्व. कृष्ण लामिछानेको दाहसंस्कार किन हतारमा? बाउलाई पर्खिनु पर्दैन?

अमेरिकामै सात वर्ष अघि कान्छो छोरो डा. किरणलाई गुमाएका तिनै बुबाले फेरी अमेरिकामै जेठो छोरो कृष्ण लामिछानेको पार्थिव शरीरलाई मार्च २४ का दिन आफूले अन्तिम पटक देख्नै नपाई अलबिदा भन्न विवश भए। किनकि नेपालमा रहेका बुबा रामप्रशादले आफ्नो छोरोको अन्तिम संस्कारमा सहभागी हुन पाउँ, दाहसंस्कारलाई केही दिन सारीदेउ भनेर अमेरिकी समाजलाई अनुनयविनय गरेर चिठी लेखे पनि मृत्युको चौंथो दिनमै निर्दयी समाजले हतारहतार दाहसंस्कार गर्ने मिलिभगतमा सामेल भैदिएपछि बुबाले आफ्नो पासपोर्ट नविकरण गर्न र आफ्नो छोराको अकल्पनीय निधनले थला परी तंग्रिनै नपाई छोरोको अन्तिम मुहार हेर्न नपाउने अभागी बाउ बन्न पुगे। आफ्नो सन्तानको अन्तिम अनुहार हेर्न ईच्छा गर्ने जन्मदिने माता-पितालाई सो अवसरबाट बन्चित बनाउनु भनेको हाम्रो समाजको सामाजिक अपराध र मानवीयताको स्खलन हो।

Read details news at: Read details news at: https://www.nepalism.com/post/krishna-lamichhane-last-rites-in-hurry-2023

कस्ले गर्यो हिंसा?

स्व. लामिछाने सम्भवतः आफ्नै श्रीमति माला महतबाट घरेलु हिंसामा परेको कुरा समाचारहरू र सामाजिक संजालमा छलाछुल्ल भएकोछ भने स्व. लामिछानेलाई नजिकबाट चिन्ने उनका मित्रहरूले लामो समयदेखि स्व. लामिछाने आफ्नी श्रीमतिको घरेलु हिंसाबाट पिडित रहेको नेपालिजमलाई बताएकाछन्। सोही घरेलु हिंसाको प्रताडनाको कारण स्व. लामिछाने शारीरिक र मानसिकरूपमा पिडित, बिछिप्त र डिप्रेसनमा गएको हुन सक्ने र अन्ततः आत्महत्या गर्न बाध्य भएको अनुमान लगाउन सकिन्छ।

घरेलु हिंसा किन हुन्छ?

घरेलु हिंसा महिला र पुरूष दुबैमाथि घट्न सक्छ। अमेरिकामा हरेक २० मिनेटमा घरेलु हिंसा घट्नुकासाथै वार्षिक एक करोड महिला र पुरूष घरेलु हिंसाबाट पिडित हुने जनाईएकोछ। हरेक ३ जनामा १ महिला र हरेक ९ जनामा १ जना पुरूष घरेलु हिंसाबाट पिडित हुने कुरा अमेरिकाको घरेलु हिंसासम्बन्धी राष्ट्रिय गठबन्धन (NCADV) को तथ्यांकले देखाउँछ। घरेलु हिंसा भनेको के हो? यो कस्तो किसिमको अपराध हो? घरेलु हिंसाको लक्षणहरू के के हुन्? घरेलु हिंसाको रोकथाम कसरी गर्न सकिन्छ? पढ्नुहोस् नेपालिजमको यो विशेष रिपोर्टः #JusticeforKrishnaLamichhane, #EndDomesticViolence

घरेलु हिंसा भनेको के हो?

संयुक्त राष्ट्र संघ (United Nations) को अनुसार घरेलु हिंसा भनेकोः

घरेलु दुर्व्यवहार, जसलाई "घरेलु हिंसा" वा "अन्तरंग पार्टनर हिंसा" पनि भनिन्छ, जसमा कुनै पनि आपसी सम्बन्धमा यस्तो व्यवहारको ढाँचाको रूपमा परिभाषित गर्न सकिन्छ जुन शक्ति प्राप्त गर्न वा कायम राख्न प्रयोग गरिन्छ र नजिकको पार्टनरमाथि नियन्त्रण गरिन्छ। यो दुर्व्यवहार भनेको शारीरिक, यौनजन्य, भावनात्मक, आर्थिक वा मनोवैज्ञानिकरूपमा वा अर्को व्यक्तिलाई धम्क्याउने कार्यहरू हो। यसमा कसैलाई डराउने, तर्साउने, आतंकित गर्ने, आफ्नो स्वार्थअनुरूप प्रयोग गर्ने, आघात पुर्याउने, अपमान गर्ने, दोष लगाउने, चोट पुर्याउने वा घाउ गर्ने कुनै पनि व्यवहारहरू मानिन्छ।” (Domestic abuse, also called "domestic violence" or "intimate partner violence", can be defined as a pattern of behavior in any relationship that is used to gain or maintain power and control over an intimate partner. Abuse is physical, sexual, emotional, economic or psychological actions or threats of actions that influence another person. This includes any behaviors that frighten, intimidate, terrorize, manipulate, hurt, humiliate, blame, injure, or wound someone.) https://www.un.org/en/coronavirus/what-is-domestic-abuse

यो कस्तो किसिमको अपराध हो?

घरेलु हिंसा सामान्य दुर्व्यवहार (misdemeanor) र अपराध (felony) दुबै प्रकारका हुन्छन्। घरेलु हिंसा गर्ने व्यक्ति यो अपराधको गाम्भिर्यता हेरी अपराधको लागि जेल समेत जान सक्दछ। यसबारे सविस्तार जानकारी यो लिंकमा पढ्नुहोस्ः https://www.shouselaw.com/ca/blog/is-domestic-violence-a-felony/

थप उदाहरणको लागि न्यू जर्सी राज्यको घरेलु हिंसा सम्बन्धी व्यवस्था यस्तो छः https://nj.gov/njsp/division/operations/domestic-violence-info.shtml

घरेलु हिंसाको लक्षणहरू के के हुन्?

अमेरिकाको घरेलु हिंसासम्बन्धी राष्ट्रिय गठबन्धन (The National Coalition Against Domestic Violence) संस्थाका अनुसार घरेलु हिंसाको लक्षणहरू निम्नानुसार हुन्छन्ः

What Are the "Warning Signs" of an Abuser?

Red flags and warning signs of an abuser include but are not limited to:

Extreme jealousy

Possessiveness

Unpredictability

A bad temper

Cruelty to animals

Verbal abuse

Extremely controlling behavior

Antiquated beliefs about roles of women and men in relationships

Forced sex or disregard of their partner's unwillingness to have sex

Sabotage of birth control methods or refusal to honor agreed upon methods

Blaming the victim for anything bad that happens

Sabotage or obstruction of the victim's ability to work or attend school

Controls all the finances

Abuse of other family members, children or pets

Accusations of the victim flirting with others or having an affair

Control of what the victim wears and how they act

Demeaning the victim either privately or publicly

Embarrassment or humiliation of the victim in front of others

Harassment of the victim at work

For anonymous, confidential help available 24/7, call the National Domestic Violence Hotline at 1-800-799-7233 (SAFE) or 1-800-787-3224 (TTY) now. https://ncadv.org/signs-of-abuse

घरेलु हिंसाको रोकथाम कसरी गर्न सकिन्छ?

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल (CDC) का अनुसार घरेलु हिंसा रोक्क सकिन्छः “सबै प्रकारका नजिकको पार्टनर हिंसा रोक्न सकिन्छ। स्वस्थ, सम्मानजनक र अहिंसात्मक सम्बन्धहरू प्रवर्द्धन गर्ने रणनीतिहरू रोकथामको महत्त्वपूर्ण कुरा हुन्।” (All forms of intimate partner violence are preventable. Strategies to promote healthy, respectful, and nonviolent relationships are an important part of prevention.) https://www.cdc.gov/injury/features/intimate-partner-violence/index.html

“म बाबुको नाताले अन्तिम पार्थिव शरीर हेर्न चाहन्छु…” अमेरिकामा आत्महत्याबाट निधन भएका नेपाली अभियन्ता स्व. कृष्ण लामिछानेको बुवाको अनुरोध!

अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेले गत मंगलवार मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेपछिको पछिल्लो घटनाक्रम अनुसार स्व. लामिछानेका ६९ वर्षीय बुद्ध बुवा रामप्रशाद लामिछानेको आफ्नो स्वर्गवासी छोरोको पार्थिव शरीर अन्तिम पटक हेर्ने ईच्छा जाहेर गरिएको पत्र सार्वजनिक भएपछि नेपाली अमेरिकी समाज मर्मान्त भएकोछ। स्व. लामिछानेकि श्रीमति माला महत र टेक्सासका नेपाली समाजका अगुवाहरूको मिलिभगतमा स्व. लामिछानेको शवको दाहसंस्कार नेपालमा रहेका बाबाआमा र भाईलाई बिना सम्पर्कै र सहमतिनै नलिई हतारहतार शुक्रवारका दिन गर्न थालिएपछि आफूले जन्मदिएको छोरोको मृत शरीर अन्तिम पटक हेर्न पाउँ भन्दै बाउले अनुनयविमय गर्नु पर्ने कारूणिक परिस्थिति सृजना भएकोछ। स्व. लामिछानेका बाबाको दाहसंस्कार केही समयको लागि रोक्न माग गरिएको पत्र सार्वजनिक भएपछि दाहसंस्कार शनिवारको लागि सारिएकोछ भने अमेरिका आउने तरखरमा रहेका बाबाको पासपोर्ट नविकरण गर्नु पर्ने भएकोले सोमवारसम्म समय लाग्ने भएकोले शनिवारको लागि सारिएको दाहसंस्कार नेपाली समाजको दवावमा बाबा आउन्जेलसम्मलाई सारिन्छ कि सारिन्न भन्ने अन्योलता छाएकोछ। उता स्व. लामिछाने विगत लामो समयदेखि श्रीमति माला महतबाट चरम् घरेलु हिंसा, शारीरिक यातना र मानसिक प्रताडना खेप्नु परेको र सोही कारण उनी डिप्रेसनमा गएको र त्यसकै प्रतिफलस्वरूप आत्महत्या गर्ने विषम स्थितिमा पुगेको हुन सक्ने विश्लेषणले नेपाली समाज स्तब्ध भएकोछ। हेर्नुहोस् नेपालिजमको यो समाचारको फिचर कभर फोटो कोलाज जसमा स्व. लामिछानेको आँखा, कान, घाँटी र पाखुरामा भएको नील डाम्, घाउ र चोटपटक।

यसैबिच, स्व. लामिछानेकि श्रीमति माला महतले घरेलु हिंसाको क्रममानै यदि उनका श्रीमान स्व. कृष्ण लामिछानेको शरीरका माथि उल्लेखित अंगहरूमा चरम् शारीरिक यातना र चोटपटक हुने गरी सांघातिक आक्रमण गरेकी हुन् भने उनी कानूनी सजायको भागिदार हुनु पर्ने कुराको नेपाली अमेरिकी समाजमा जोडदार माग उठेकोछ।

Read details news at: https://www.nepalism.com/post/late-krishna-lamichhane-victim-of-domestic-violence

पढ्नुहोस् स्व. कृष्ण लामिछानेका बाबा रामप्रशाद लामिछानेले लेखेको उक्त पत्रको पूर्ण पाठः

गोरखा समाज अमेरिका

नेपाली कम्यूनिटी अमेरिका

NRN च्याप्टर टेक्सास्

नेपाली समाज टेक्सास

मिति: २०७९|१२|०९

23 March 2023

सम्बन्धित बिशय सन्दर्भमा मेरो छोरा स्व. कृष्ण प्रशाद लामिछानेको मिति 21 March 2023 का दिन असामयिक रुपमा असहज परिस्थितिमा मृत्यू हुन गएको जानकारीमा आएको हुँदा उक्त मृतक पाथिक शरीरलाई म बाबुको नाताले अन्तिम पार्थीक शरीर हेर्ने चाहना तथा मेरा नातिनीहरुको टेक्सास आउने आग्रह अनुसार शुक्रवारको दिन हुन लागिरहेको अन्तिम दाहसंस्कार केही समयको लागी सारी पाउँ भन्दै यो निबेदन गर्दछु ।

बुवा: राम प्रशाद लामिछाने

फोन: ९८६०४८६१६१

९८६०४८६१६१

स्व. लामिछानेको निधन कसरी भयो?

मार्च २१ तारिख मंहलवार अन्दाजी बेलुकी ५ बजेतिर आफ्नै घरको माथिल्लो तलामा जाने भर्यांगमा झुण्डिएर मरेको अवस्थामा आत्महत्याबाट असामयिक निधन भएको बताईएकोछ। डालसका नेपाली अगुवाहरूका अनुसार उनी आफ्नो ग्रोसरी स्टोरबाट दिउँसो तीन बजेतिर आफ्नो घरेलु कुकुरसंगै निवास फर्केका थिए। उनकी श्रीमति माला महत आफ्नो व्युटी पार्लरबाट बेलुकी छ बजेतिर घर फर्किंदा उनले आफ्नो श्रीमानलाई झुण्डिएको मृत अवस्थामा फेला पारेकि थिईन्। उनको निधन हुँदा दुई छोरीहरू अध्ययनको शिलशिलामा न्यू योर्कमा थिए। माला महतले तत्काल पुलिसलाई खबर गरेकि थिईन् र प्रहरीले अनुसन्धान थालेको थियो भने बुधवार प्रहरीले स्व. लामिछानेको शव परिवारलाई दाहसंस्कारको निम्ति हस्तान्तरण गरिसकेको बताईएकोछ। स्व. लामिछाने जीवन विज्ञान भन्ने आध्यात्मिक साधनामा लागेका शान्त र शालिन व्यक्तित्व भएका मानिस थिए। उनले झुण्डिएर आत्महत्या किन गरे? उनी आफू भित्रभित्रै पीडामा जलेर, एक्लिएर कसरी र कुन विषम परिस्थितिमा आफ्नो देहलीला समाप्त गर्ने कठोर निर्णयमा पुगे? प्रहरीको अनुसन्धान जारी भएको एक नेपाली अगुवाले नेपालिजमलाई जानकारी गराए।

निभ्यो एक उज्यालो दीयोः अमेरिकामा अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेको आत्महत्याबाट अवसान

Read details news at: https://www.nepalism.com/post/nepali-american-leader-krishna-lamichhane-demise

Breaking: अपडेटः आत्महत्या गरिएका भनिएका कृष्ण लामिछानेको आँखा, ओंठ र घाँटीनिर चोट निल डाम् भएको दर्दनाक फोटो नेपालिजमलाई प्राप्त भएकोछ।

नेपालिजमले प्राप्त गरेको फोटो घटनास्थलको नभएर केही समय पहिले उनी माथि घटेको हिंशाको हो। उनको निल डाम् चोटपटक लागेको निरिह र कारूणिक अवस्थाको छ।

टेक्सासका नेपालीहरू मध्ये लामिछानेका नजिकका साथीभाईहरूसंग उनी माथि घरेलु हिंशा भएको कुरा र प्रमाणहरू रहेको जानकारी नेपालिजमलाई प्राप्त भएकोछ।

स्व. कृष्ण लामिछाने लामो समयदेखि घरेलु हिंशाबाट पीडित रहेको जानकारी नेपालिजमलाई प्राप्त भएकोछ।उनले आत्महत्या गर्नुको पछाडि उनी माथि भैरहेको चरम् घरेलु हिंशाको के कस्तो असर छ? अनुसन्धान हुनु जरूरी छ।

यसैबिच, सामाजिक सन्जालहरूमा उनले आत्महत्या गरेको भन्दै उनका शुभचिन्तक र साथीभाईहरूले श्रद्धांजलि अर्पण गरेकाछन् तर लामिछाने परिवारको तर्फबाट भने आधिकारिक भनाई बाहिर आएकोछैन। उनकी श्रीमति माला महतको फेसबुक एकाउण्ट डिएक्टिब गरिएको छ भने स्वर्गीय लामिछानेको फेसबुक एकाउण्टलाई memorialize गरी legacy page बनाउन सकिने फेसबुकको व्यवस्थाको प्रयोग गर्दै परिवारको कुनै सदस्यले स्मृति पेज (tribute page) को रूपमा बदली सकिएकोछ तर सो पेजमा पनि उनको निधनको कारणबारे यो समाचार तयार पार्दा (मार्च २२ तारिख १०ः५८ EST सम्म) कहीं कतै उल्लेख गरिएकोछैन।

को हुन् उनी?

नेपालको गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ९ का पूर्व अध्यक्ष ६९ वर्षीय रामप्रसाद लामिछानेको जेठा छोरा कृष्ण लामिछाने अमेरिकाको डालस सहरमा श्रीमति र दुई छोरीहरूकासाथ बसोबास गर्दै आएका थिए। लामिछाने परिवारका तीन भाई मध्ये उनका कान्छो भाई डा. किरण लामिछानेको सन् २०१६ जुलाईमा टेक्सासमै सडक दुर्घटनामा निधन भएको थियो। माईलो भाई कपिल लामिछाने गोर्खामा छन्।

स्व. कृष्ण लामिछाने एक आध्यात्मिक साधक मात्र हैनन्। उनी टेक्सास नेपाली समाजका पूर्व अध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव, एनआरएन अमेरिकाका २०२१-२०२३ को लागि अध्यक्ष पदका उम्मेदवार, एनआरएनए आईसिसीको नैतीक शिक्षा (Moral Education) कृतिका संयोजक पनि रहेर कार्य गरेका सुपरिचित सामाजिक अभियन्ता थिए। नेपाली अमेरिकी समाजलाई उनको निधनले एक अपुरणीय क्षति भएकोछ साथै अब उनको निधनको कारणहरूको खोजी गरी भविष्यमा आत्महत्या जस्तो रोकथाम गर्न सकिने मनोरोगको निदानको बाटोहरू पहिल्याउनु र समाजमा जनचेतना फैलाउनु जरूरी छ।

अमेरिका जस्तो वैभवशाली देश होस् या नेपाल जस्तो संस्कारयुक्त मुलुक, जहाँ रहे पनि जोसुकै व्यक्ति एक्लिन हुँदैन, एक्लाईनु हुँदैन। एकआपसमा सहअस्तित्व, आत्मसम्मान र सद्भाव कायम हुनु पर्छ। ओंठे सम्मान, निसार भक्तिभाव र सामाजिक संजालमा देखाईने खोक्रो पिरिमले जीवन सार्थक हुँदैन। मन जलेर दीलमा शान्ति कहिल्यै छाउँदैन।

सामाजिक अभियन्ता स्व. कृष्ण लामिछानेप्रति हार्दिक श्रद्धांजली!

#JusticeforKrishnaLamichhane, #EndDomesticViolence

    0