top of page

न्यू योर्कमा स्व. कृष्ण लामिछानेको १३ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाहरू सम्पन्न


Tribute: अमेरिकी नेपाली समाजका सुपरिचित अभियन्ता स्व. कृष्ण लामिछाने, ५४, को निधनको १३ औं पूण्यतिथिको अवसरमा न्यू योर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका र गोर्खा समाज अमेरिकाले छुट्टाछुट्टै श्रद्धाञ्जली सभाहरू आयोजना गरी स्व. लामिछानेको भावपूर्ण विदाई गरेकाछन्। ति दुई सभामा आयोजक र अतिथि वक्ताहरूले स्व. लामिछानेले नेपाली अमेरिकी समाजमा पुर्याएको महत्वपूर्ण योगदानहरूको स्मरण गर्दै उनको आत्महत्यापछि सार्वजनिक भएका विभत्स फोटो र अडियो-भिडियोहरूबाट उनी चरम घरेलु हिंसामा परेको प्रमाणहरूको आधारमा निष्पक्ष छानबिन गरी स्वर्गीय लामिछानेलाई न्याय दिलाउन नेपाली समाज एक जुट हुनु पर्ने कुरामा जोड दिएकाछन्। स्व. लामिछानेले मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेका थिए भने आफ्नो बुबाको छोरोको अन्तिम अनुहार हेर्ने ईच्छा बिपरित हतारहतार मार्च २४ तारिख दाहसंस्कार गरिएको थियो। स्मरण रहोस्, उनको आत्महत्याको खवर बाहिरिए लगत्तै स्व. लामिछानेको शरीर भरी बिभत्स चोटपटक लागेको फोटोहरू सार्वजनिक भएको थियो। ति फोटोहरू देख्ने जो कोहीले स्वर्गीय लामिछाने लामो समयदेखि घरेलु हिंसाबाट पिडित रहेको अनुमान सजिलै लगाउन सक्छ।


स्व. कृष्ण लामिछाने नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिव, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, टेक्सास नेपाली समाजका पूर्व अध्यक्ष र एनआरएन अभियन्ता थिए।


न्यू योर्क सहरमा अप्रिल २ तारिख आईतवार नेपाली जनसम्पर्क समिति अमेरिकाले स्व. कृष्ण लामिछानेको १३ औं पुण्यतिथिको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा अतिथि वक्ताहरू नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व परराष्ट्र मन्त्री एवं पूर्व राजदूत अर्जन जंगबहादुर सिंह, न्यू जर्सी राज्यका गभर्नरका एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर (एएपिआई) कमिस्नर एवं सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अमिर जोशी, प्रवासी एकता समाजका अन्तराष्ट्रिय बिभाग सचिव सिता खरेल, एनआरएनए आईसिसी सदस्य दुर्गेश जंग कार्की, शेर्पा समाज अमेरिका अध्यक्ष एपी शेर्पा, फिप्ना महासंघ कोषाध्यक्ष एवम तामाङ सोसाईटी अमेरिका उपाध्यक्ष तुलबहादुर तामाङ, नेपाली जनसम्पर्क समिति न्यू योर्क च्याप्टर महासचिव महेश मल्ल, एनआरएन न्यू योर्क च्याप्टर सचिव बासु लामिछाने, गोर्खा समाज अमेरिका संस्थापक अध्यक्ष अन्जन श्रेष्ठ, स्याङजा समाज अमेरिका वरिष्ठ उपाध्यक्ष दिनदयाल भण्डारी, नेका सुनसरी जिल्ला पूर्व महाधिवेशन प्रतिनिधि शिव पागो, संचारकर्मी प्रदिप परियार थापा, काँग्रेस नेतृ एवं साहित्यकार शारदा क्षेत्री लगायतले सम्वोधन गर्दै स्व. लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जल