top of page

बुबाले देख्न नपाएको छोरोको त्यो अन्तिम मुहारः स्व. कृष्ण लामिछानेको दाहसंस्कार किन गरियो हतारमा?

Updated: Mar 26


Exclusive: दैबको नियति यति कठोर हुन्छ भन्ने शायद उनन्सत्तरी वर्षीय बुबा रामप्रशाद लामिछानेले कहिल्यै सोचेका थिएनन्। अमेरिकामै सात वर्ष अघि कान्छो छोरो डा. किरणलाई गुमाएका तिनै बुबाले फेरी अमेरिकामै जेठो छोरो कृष्ण लामिछानेको पार्थिव शरीरलाई आज शनिवार मार्च २४ का दिन आफूले अन्तिम पटक देख्नै नपाई अलबिदा भन्न विवश भए। किनकि नेपालमा रहेका बुबा रामप्रशादले आफ्नो छोरोको अन्तिम संस्कारमा सहभागी हुन पाउँ, दाहसंस्कारलाई केही दिन सारीदेउ भनेर अमेरिकी समाजलाई अनुनयविनय गरेर चिठी लेखे पनि मृत्युको चौंथो दिनमै निर्दयी समाजले हतारहतार दाहसंस्कार गर्ने मिलिभगतमा सामेल भैगिएपछि बुबाले आफ्नो पासपोर्ट नविकरण गर्न र आफ्नो छोराको अकल्पनीय निधनले थला परी तंग्रिनै नपाई छोरोको अन्तिम मुहार हेर्न नपाउने अभागी बाउ बन्न पुगे। आफ्नो सन्तानको अन्तिम अनुहार हेर्न ईच्छा गर्ने जन्मदिने माता-पितालाई सो अवसरबाट बन्चित बनाउनु भनेको हाम्रो समाजको सामाजिक अपराध र मानवीयताको स्खलन हो। स्मरण रहोस्, अमेरिकी नेपाली समाजका सुपरिचित अभियन्ता स्व. कृष्ण लामिछानेले मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेका थिए। उनको आत्महत्याको खवर बाहिरिए लगत्तै स्व. लामिछानेको शरीर भरी बिभत्स चोटपटक लागेको फोटोहरू सार्वजनिक भएको थियो। ति फोटोहरू देख्ने जो कोहीले स्वर्गीय लामिछाने लामो समयदेखि घरेलु हिंसाबाट पिडित रहेको अनुमान सजिलै लगाउन सक्छ।


कस्ले गर्यो हिंसा?


स्व. लामिछाने सम्भवतः आफ्नै श्रीमति माला महतबाट घरेलु हिंसामा परेको कुरा समाचारहरू र सामाजिक संजालमा छलाछुल्ल भएकोछ भने स्व. लामिछानेलाई नजिकबाट चिन्ने उनका मित्रहरूले लामो समयदेखि स्व. लामिछाने आफ्नी श्रीमतिको घरेलु हिंसाबाट पिडित रहेको नेपालिजमलाई बताएकाछन्। सोही घरेलु हिंसाको प्रताडनाको कारण स्व. लामिछाने शारीरिक र मानसिकरूपमा पिडित, बिछिप्त र डिप्रेसनमा गएको हुन सक्ने र अन्ततः आत्महत्या गर्न बाध्य भएको अनुमान लगाउन सकिन्छ।