“म बाबुको नाताले अन्तिम पार्थिव शरीर हेर्न चाहन्छु…” -बुवा रामप्रशाद लामिछाने
Updated: Mar 26

Updated: Tribute: अमेरिकाको टेक्सास राज्यको डालस सहर निवासी अग्रणी नेपाली अभियन्ता कृष्ण लामिछानेले गत मंगलवार मार्च २१ तारिख आफ्नै घरको भर्यांगमा झुण्डिएर आत्महत्या गरेपछिको पछिल्लो घटनाक्रम अनुसार स्व. लामिछानेका ६९ वर्षीय बुद्ध बुवा रामप्रशाद लामिछानेले आफ्नो स्वर्गवासी छोरोको पार्थिव शरीर अन्तिम पटक हेर्ने ईच्छा जाहेर गरिएको पत्र सार्वजनिक भएपछि नेपाली अमेरिकी समाज मर्मान्त भएकोछ। स्व. लामिछानेकि श्रीमति माला महत र टेक्सासका नेपाली समाजका अगुवाहरूको मिलिभगतमा स्व. लामिछानेको शवको दाहसंस्कार नेपालमा रहेका बाबाआमा र भाईलाई बिना सम्पर्कै र सहमतिनै नलिई हतारहतार शुक्रवारका दिन गर्न थालिएपछि आफूले जन्मदिएको छोरोको मृत शरीर अन्तिम पटक हेर्न पाउँ भन्दै बाउले अनुनयविमय गर्नु पर्ने कारूणिक परिस्थिति सृजना भएकोछ। स्व. लामिछानेका बाबाको दाहसंस्कार केही समयको लागि रोक्न माग गरिएको पत्र सार्वजनिक भएपछि दाहसंस्कार शनिवारको लागि सारिएकोछ भने अमेरिका आउने तरखरमा रहेका बाबाको पासपोर्ट नविकरण गर्नु पर्ने भएकोले सोमवारसम्म समय लाग्ने भएकोले शनिवारको लागि सारिएको दाहसंस्कार नेपाली समाजको दवावमा बाबा आउन्जेलसम्मलाई सारिन्छ कि सारिन्न भन्ने अन्यौलता छाएकोछ। उता स्व. लामिछाने विगत लामो समयदेखि श्रीमति माला महतबाट चरम् घरेलु हिंसा, शारीरिक यातना र मानसिक प्रताडना खेप्नु परेको र सोही कारण उनी डिप्रेसनमा गएको र त्यसकै प्रतिफलस्वरूप आत्महत्या गर्ने विषम स्थितिमा पुगेको हुन सक्ने विश्लेषणले नेपाली समाज स्तब्ध भएकोछ। हेर्नुहोस् नेपालिजमको यो समाचारको फिचर कभर फोटो कोलाज जसमा स्व. लामिछानेको आँखा, कान, घाँटी र पाखुरामा भएको नील डाम्, घाउ र चोटपटक।
यसैबिच, स्व. लामिछानेकि श्रीमति माला महतले घरेलु हिंसाको क्रममानै यदि उनका श्रीमान स्व. कृष्ण लामिछानेको शरीरका माथि उल्लेखित अंगहरूमा चरम् शारीरिक यातना र चोटपटक हुने गरी सांघातिक आक्रमण गरेकी हुन् भने उनी कानूनी सजायको भागिदार हुनु पर्ने कुराको नेपाली अमेरिकी समाजमा जोडदार माग उठेकोछ।
