top of page

ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA) चुनिदै


Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine. Exclusive: नेपालीजम डट कमले यो वर्ष सन् २०२१ को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2021 (North America: Canada & USA): People Who Made a Difference चुन्ने छ । अमेरिकाको अलावा क्यानाडाबाट समेत मनोनयन आएकोले यस पालादेखि नर्थ अमेरिका समावेश गरिएको हो । ChangeMakers (परिवर्तनका संवाहक) बारे https://www.nepalism.com/changemakers मा सविस्तार पढ्न सक्नुहुनेछ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ति मनोनयनको लागि अयोग्य ठहरिने छ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२१ तोकिएको छ । यो वर्षको अन्त्यमा Nepalism .com ChangeMakers (परिवर्तनका संवाहक) 2021 (USA) घोषणा गरिने छ ।

ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) को घोषणा Nepalism.com's ChangeMakers is launched to recognize the trailblazers in our society. Nepalism.com's ChangeMakers (परिवर्तनका संवाहक) is an annual listing of individuals and organizations who have greatly contributed to the society, inspire others and shine. Nepalism.com has released its first ever annual list of ChangeMakers 2020 (USA). We've witnessed Nepali American diaspora that has been rapidly growing and transforming into a reckoning identity in American mainstream society. The list reflects and represents of them and trailblazer true friends of Nepal and Nepalis. There are 16 distinguished American, 15 women, 38 Nepali American, 9 Nepal returnees, 14 Nepali citizens and 4 distinguished scholars, leaders who were chosen as Changemakers 2020 posthumously. Changemakers 2020 list also includes 12 social/community organizations and 5 Unsung Heroes categories.

Exclusive: नेपालीजम डट कमले पहिलो पटक सन् २०२० को लागि ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई ChangeMakers (परिवर्तनका संवाहक) चुनिएको हो । अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमि नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकि नागरिक र संस्थाहरुलाई पनि ChangeMakers बाट सम्मान गरिएको छ । नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख Nepalism. com ChangeMakers (परिवर्तनका संवाहक) 2020 (USA) घोषणा गरिएको हो । सन् २०२० को ChangeMakers लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको छ जसमध्ये ६८ जना व्यक्तित्वहरू रहेकाछन् भने अमेरिकि १६ जना, महिलाहरु १५ जना, पुरुषहरू ५३ जना, अमेरिकि नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना र नेपाली नागरिक १४ जना, मरणोपरान्त ४ जना, संघसंस्थाहरू १२ जना र अमुक पौरखी पात्रहरु ५ समूह रहेका छन् । Read details news at: https://www.nepalism.com/post/changemakers2020-list


0 comments

Comments


bottom of page