न्यू योर्कमा ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसकारूपमा भव्यतापूर्वक सम्पन्न

Updated: Exclusive: न्यू योर्क सहरका नेपालीहरूले ‘नेपाल डे’ र ‘एभरेष्ट डे’ मे २९ तारिख दुई दिवसका रूपमा भव्यतपूर्वक मनाएकाछन्। न्यू योर्क राज्य सभाले एसेम्वली रिजोलुसनद्वारा मे २९ तारिखलाई ‘नेपाली-अमेरिकन हेरिटेज डे’ को रूपमा मनाउने घोषणापछि नेपालीहरू अझ उत्साहित भएका हुन्। उसो त, नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस संयोगले एउटै दिन परेकोले मे २९ तारिख विश्वभरका नेपालीहरूले हरेक वर्ष मनाउँदै आएकाछन्। तर अमेरिकी भूमिमा अमेरिकी सरकारको न्यू योर्क राज्य विधानसभाबाट मान्यता दिनु अमेरिकी नेपालीहरूले गर्व गर्नु पर्ने दिनको रूपमा लिईनु पर्दछ।
न्यू योर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारले आयोजकहरूलाई छुट्टाछुट्टै आयोजित समारोहरूमा न्यू योर्क राज्य विधानसभाबाट पारित न्यू योर्क राज्य सभाले एसेम्वली रिजोलुसनद्वारा ‘नेपाली-अमेरिकन हेरिटेज डे’ एसेम्वली रिजोलुसन हस्ताक्षरण गरेकी थिईन्।
’नेपाल डे’ परेडको आयोजन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को पहलमा नेपाल डे परेड मूल समारोह समितिले गरेको थियो भने विश्व समगरमाथा दिवस समारोह यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनद्वारा संयुक्त रुपमा आयोजना गरिएको थियो।
यू एस नेपाल क्लाईम्बर्स एसोसिएशनद्वारा जारी
प्रेस विज्ञप्ती
में २९, २०२१
न्यू योर्क राज्यले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक दिनको स्मरणमा अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाईने निर्णय भएको घोषणा न्यू योर्क राज्य बिधान सभासदस्य जेनिफर राजकुमारले गर्नु भएको हो । यू एस