जसले कोरोनालाई नजरअन्दाज गरे, उनकै कोरोना संक्रमणबाट मृत्यू !

Exclusive: उक्रेनका फिटनेस सेलिब्रिटी, ३३ वर्षीय दिमित्री सुजुक यस्तो हत्ताकट्ठा थिएकि उनको कोरोना महारोग संक्रमणबाट निधन होला भनेर कसैले विश्वास लाग्दैन। तर उनको कोरोना लागेको दशौं दिन असामयिक मृत्यू हुन पुग्यो। उनले कोरोना महारोगबारे विश्वास गर्दैनथे, यहीं बहुलठ्ठी र हेलचेक्रेयाई नै उनको मृत्यूको कारण बन्न पुग्यो। सविस्तार तलको समाचार लिंकमा पढ्नुहोस्:
तेत्तीस वर्षीय फिटनेस सेलिब्रिटी दिमित्री सुजुकलाई टर्कीमा छँदा कोरोना महारोग संक्रमण भएको र ८ दिनसम्म हस्पिटलाईजेसन पछि उनी आफ्नो देश उक्रेन फर्केर घरमा उपचार गरीरहेको कुरा उनले आफ्नो ईन्स्टाग्राम पोष्टमा उल्लेख गरेका थिए। उनले ६ दिन अघिको उक्त पोष्टमा कोरोनाबारे चेतावनी दिंदै भनेका थिए-‘I want to share how I got sick and strongly warn everyone: I also thought that there was no covid, and this is all relative. Until I got sick. COVID-19 IS NOT A SHORT-LIVED DISEASE! And it is heavy.’ उनले आफ्नो स्वास्थ्यमा सुधार बन्दै गएको कुरा आफ्नो लामो पोष्टको अन्तमा लेखेका थिए जुन उनको अन्तिम भनाई र पोष्ट बन्न पुग्यो-‘My condition is stable.’ तर ४ दिन अघि उनकी २५ वर्षीय मोडेल एवं पूर्व पत्नी सोफिया सुजुकले दिमित्रीको निधन भएको आफ्नो ईन्स्टाग्राम पोष्टमा उल्लेख गरिन्- ‘Dima is no longer with us. His heart could not stand.’ अघिल्लो पोष्टमा उनले दिमित्रीको मुटु सम्बन्धी रोग रहेको उल्लेख गरेकीथिईन्।
यि दम्पत्तीको ३ ससाना सन्तान छन्।
कोरोना महारोगबाट विश्वभर ४ करोड ४ लाखभन्दा बढीलाई संक्रमण भएकोछ भने ११ लाख १९ हजारभन्दा बढीको मृत्यू
भैसकेकोछ।
पढ्नुहोस् दिमित्री र सोफियाको ईन्स्टाग्राम पोष्ट:
stuzhuk_dmitriy