नेपालको सुनौलो भविष्य बनाउन प्रतिवद्ध- रास्वपा नेतृत्व, आउला बहुमत?
- Nepalism.com

- 2 hours ago
- 2 min read

by Pradeep Pariyar Thapa, Editor, Nepalism
Exclusive: Opinion: वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेपालको राजधानी काठमाण्डौ महानगरका बहुचर्चित स्वतन्त्र मेयर बालेन उर्फ बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिंग बीच दुई दिनको अन्तरालमा भएको एकता पछि आगामी आमनिर्वाचनबाट रास्वपाले स्पष्ट बहुमत ल्याउने अनुमान गर्न थालिएकोछ। स्वदेश र प्रवासमा रहेका बहुसंख्यक नेपालीहरूको आकाँक्षा भनेको रास्वपाले अब भ्रष्टाचारको समूल निर्मुलन र भ्रष्टहरूलाई निर्ममतापूर्वक कार्यवाही गरी मुलुकमा सुशासन र विकास निर्माणको कामलाई अघि बढाओस् भन्ने हो।

के जनताले रास्वपालाई बहुमत देलान्?
जनताको चासो र लगाव वैकल्पिक राजनीतिक शक्तिको केन्द्र बन्दै गरेको रास्वपाप्रति हुनु स्वभाविक हो। जेनजि आन्दोलनलाई आतंकवादीको संज्ञा दिंदै युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्न तत्कालिन सरकारका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीको बोलीले जेनजि युवाहरूलाई फेरी पनि पुरानै दलहरू सरकारमा आए भने उनीहरूलाई के गर्लान् भन्ने संशय एकातिर छ भने अर्कोतिर वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा खडा भएर पुराना दलहरूको विरूद्ध अन्तिम र निर्णायक युद्ध लड्नु पर्ने दायित्व र दवाव छ। वार कि पारको देशको यस्तो ऐतिहासिक राजनीतिक मोडमा रवि, बालेन र कुलमानहरूको गठजोड अपरिहार्य जस्तै बनेको अवस्था हो। त्यसैको प्रतिफल हो रवि, बालेन र कुलमानको सहयात्रा। यसलाई जनताले अनुमोदन गर्ने र रास्वपाले आगामी आमनिर्वाचनमा बहुमत ल्याई नयाँ सरकार बनाउने अपेक्षा गरिएको हो।
जनताको मन र मत जित्ने कारक
रवि लामिछाने यस्ता करिश्मा भएका लोकप्रिय नेता हुन् जसले जनतालाई उनको समृद्ध नेपालको भिजनमा सजिलै डोर्याउन सक्छन्। उता मेयर बालेन सहरकेन्द्रीत जनता र युवाहरूलाई उनले देखेको सुनौलो नेपालको सपनाको लागि मोबिलाईज गर्न सक्छन्। यता कुलमान घिसिंग यस्ता उज्यालो नायक हुन् जसले नालायक सरकार र प्रशासकहरूको भ्रष्ट नीतिको कारण लोडसेडिंगबाट सास्ती पाएका जनतालाई बेरोकतोक उज्यालो बत्ती बालिदिएर पुराना दल र नेताहरूले बन्धक बनाएको नेपाललाई अन्धकारबाट मुक्ति दिलाई दिए। यसकारण पनि यि वैकल्पिक नेता त्रिवेणीले नेपालमा अब चैं केही हुन्छ भन्ने आशा र भरोसा जगाएका हुन्।
अब हेर्नु छ, यि वैकल्पिक नेताहरूले जनताको सुशासनको आकाँक्षालाई कसरी सम्वोधन गर्ने छन्।









Comments