top of page

अमेरिकाको जर्सी सिटी शहरमा लोकप्रिय गायक शिव परियारसंग एक साँझ (जनवरी १२) हुँदै

Updated: Jan 12, 2020


Updated: जर्सी सिटी- बहुचर्चित गीतहरुका लोकप्रिय गायक शिव परियारका साथमा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरमा आईतवार जनवरी १२ तारिख एक साँगितिक साँझ राखिएको छ । न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा डाकिएको उक्त साँझमा गायक शिव परियारको एकल गायन रहने आयोजकहरुले नेपालिजम डट कमलाई जानकारी गराएकाछन् ।




गायक परियारको बहुचर्चित गीत 'पिउँदिन भन्दा भन्दै पिलायो साथी' ले गीत यूट्यूब च्यानलमा दुई करोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिसकिएकोछ भने 'आँशुको अर्थ के थाहा' गीत डेढ करोडले हेरिएको छ ।


उनका एल्बमहरु मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन (२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी (२०१३) र शिव बूक (२०१५) छन् ।


रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिव परियार (Officially, Shiv bahadur Pariyar)) त्यसयता नेपालको थुप्रै म्यूजिक पुरस्कार छनौटबाट एक दर्जनभन्दा बढी पटक उत्कृष्ट गायक चुनिएका छन् । उनी सन् २०१६ मा नेपाल सरकारबाट राष्ट्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित गर्विला युवा गायक हुन् ।