प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति? सिता वादीको एक कुकुरसमेत
- Nepalism.com

- 20 hours ago
- 6 min read
Updated: 9 hours ago

Updated: Exclusive: रास्वपा बालेन सरकारले आफ्ना मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आफ्नो नाममा कुनै जग्गा र घर नरहेको उल्लेख छ भने उनको मुख्य आयश्रोत फेसबुक, यूट्यूब, स्पोटिफाई र टिकटकबाट आउने जनाईएको छ जसबाट मौजूदा रकम रू. १ करोड ४६ लाख रहेको उल्लेख छ। प्रम बालेनको नाममा कुनै घर जग्गा नरहेको उल्लेख छ। उता अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको मुख्य आयश्रोत अन्तर्राष्ट्रिय रोजगारी रहेको देखाईएको छ भने हाल बैंक नीजि खातामा मौजूदा नगद रकम रू. १ करोड ९० लाख रहेको उल्लेख छ। डा. वाग्लेको हाईड्रो पावर र बैंक प्रोमोटर शेयर मूल्य रू. ४ करोड ५० लाख बराबरको रहेको विवरण छ। उता बहुचर्चित गृहमन्त्री सुधन (सुदन) गुरुङको नाममा जग्गा धनकुटीको कार्कीछापमा क्षेत्रफल १९-१५-०-० को जग्गा रहेको छ भने बैंकमा रहेको मौजूदा रकम रू. ६१ लाख ६२ हजार ९५० रहेको उल्लेख छ। गृहमन्त्री गुरुङको शेयर मार्केटमा रू. ४ करोड ३१ लाख ५६ हजार २०० बराबरको लगानी रहेको विवरण उपलब्ध छ। मन्त्रीहरूको सम्पत्ति विवरणहरू मध्ये सबैभन्दा रोचक महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सिता वादी र कृषि तथा पशु पंक्षी, बन तथा वातावरण मन्त्री गिता चौधरीको रहेको छ।
१.प्रधानमन्त्री बालेन्द्र शाहको नगद रकम रू. १ करोड ४६ लाख । आयश्रोत फेसबुक, यूट्यूब, स्पोटिफाई र टिकटक
प्रधानमन्त्री बालेन्द्र शाहको आफ्नो नाममा कुनै जग्गा र घर नरहेको उल्लेख छ भने उनको मुख्य आयश्रोत फेसबुक, यूट्यूब, स्पोटिफाई र टिकटकबाट आउने जनाईएको छ जसबाट मौजूदा रकम रू. १ करोड ४६ लाख रहेको उल्लेख छ। प्रम बालेनको नाममा कुनै घर जग्गा नरहेको उल्लेख छ।
जग्गाः आफ्नो नाममा ० सून्य
आमा ध्रुव देवि शाहको नाममा काठमाण्डौंमा ५ आना, धनुशामा १.२ बिघा
बाबा राम नारायण शाहको नाममा महोत्तरीमा ९ बिघा
सुनः श्रीमति सविनाको नाममा १९० तोला
२.मन्त्री डा. स्वर्णिम वाग्लेको नगद रकम रू. १ करोड ९० लाख । शेयर मूल्य रू. ४ करोड ५० लाख
उता अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको मुख्य आयश्रोत अन्तर्राष्ट्रिय रोजगारी रहेको देखाईएको छ भने हाल बैंक नीजि खातामा मौजूदा नगद रकम रू. १ करोड ९० लाख रहेको उल्लेख छ। डा. वाग्लेको हाईड्रो पावर र बैंक प्रोमोटर शेयर मूल्य रू. ४ करोड ५० लाख बराबरको रहेको विवरण छ।
जग्गाः आफ्नो नाममा ललितपुर सानेपामा अपार्टमेंट (रू. २ करोडमा खरिद), ललितपुर भैंसेपाटीमा (रू. ५ करोडमा खरिद), काभ्रे अपार्मेन्ट धुलिखेलमा (रू. ३ करोड ७५ लाखमा खरिद), तनहूँ वन्दीपुरमा (रू. २ करोडमा खरिद)
सुनः ४५ तोला
मन्त्री वादीले आफ्नो सम्पत्ति विवरण फाराममा “मैले मात्र प्रयोग गरिरहेको” भन्दै ३ वटा ल्याबटप र २ वटा मोबाईल रहेको पनि उल्लेख गरेकिछिन्।
३.मन्त्री शिशिर खनालको नगद रू. १ करोड ३० लाख ७ हजार ५४७
त्यसैगरी, परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरणमा मौजूदा रकम रू. १ करोड ३० लाख ७ हजार ५४७ रहेको उल्लेख छ भने आफ्नो र श्रीमति अच्युता अधिकारीको नाममा झण्डै २३ वटा कम्पनीहरूमा १३ हजार ८५६ कित्ता शेयर, रिग्पा ईन्टरनेशनल प्रालि कम्पनीमा १०० प्रतिशत, पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर लगानी रहेको उल्लेख छ।
जग्गाः आफ्नो नाममा ० शून्य, बाबा सूर्यभक्त खनालको नाममा काठमाण्डौंमा ६ आना, तनहूँमा १५ रोपनी, पूर्व नवलपुरमा १३ रोपनी र नेपालगंजमा २ कट्ठा।
सुनः २२ तोला
चाँदीः २५ तोला
नगदः रू. १० लाख
४.मन्त्री बिराजभक्त श्रेष्ठको बैंकमा मौजदात रकम रू.८० लाख ४० हजार ११७
उता उर्जा, खानेपानी र सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठको बैंकमा मौजदात रकम रू.८० लाख ४० हजार ११७ र नेपाल स्टक एक्सचेंजमा सुचिकृत विभन्न कम्पनीहरूमा २० हजार ९४८ कित्ता बापदको रू. १ करोड ४५ लाख ४८ हजार ४२० बराबरको लगानी रहेको उल्लेछ छ। मन्त्री श्रेष्ठको रू. ८ करोड ५० लाख मूल्यको टोयोटा ल्याण्ड क्रुजर, रू. १९ लाख ७५ हजार पर्ने एमजी इलेक्ट्रिकल सवारी र रू. २ लाख ४६ हजार मूल्यको स्कुटर रहेको उल्लेख छ। उनको रू. ३ लाख मूल्य बराबरको टिसोट, स्वाच, अरमानी र अभेर्ना घडीहरू रहेको पनि विवरणमा समावेश छ।
जग्गाः आफ्नो नाममा काठमाण्डौंमा २ आना
सुनः १५ तोला
चाँदीः ५० तोला
५.मन्त्री सुधन (सुदन) गुरुङको बैंकमा रू. ६१ लाख ६२ हजार ९५०, शेयर मार्केटमा रू. ४ करोड ३१ लाख ५६ हजार २००
उता बहुचर्चित गृहमन्त्री सुधन (सुदन) गुरुङको नाममा जग्गा धनकुटीको कार्कीछापमा क्षेत्रफल १९-१५-०-० को जग्गा रहेको छ भने बैंकमा रहेको मौजूदा रकम रू. ६१ लाख ६२ हजार ९५० रहेको उल्लेख छ। गृहमन्त्री गुरुङको शेयर मार्केटमा रू. ४ करोड ३१ लाख ५६ हजार २०० बराबरको लगानी रहेको विवरण उपलब्ध छ।
जग्गाः आफ्नो नाममा धनकुटा कार्कीछापमा
बाबा दिल बहादुर गुरुङको नाममा चितवन भरतपुरमा ३० कट्ठा
बाजे रामसल गुरुङको नाममा गोर्खा चुमनुव्रीमा २२१ रोपनी
सुनः ८९ तोला
चाँदीः ६ किलो
६.मन्त्री सोविता गौतमको बैंकमा मौजूदा रू. १ करोड ५० लाख ३४७
यता कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंकमा मौजूदा रू. १ करोड ५० लाख ३४७ रहेको उल्लेख छ भने उनको नाममा रू. २६ लाख पर्ने कार, रू. २ लाख ७५ हजार परिने स्कुटर र उनको श्रीमान गृहेन्द्र घिमिरेको नाममा रू. ९५ लाख पर्ने कार रहेको उल्लेख छ।
जग्गाः आफ्नो नाममा ० शून्य । श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाण्डौं (जग्गा या घर नखुलेको)
सुनः १५ तोला
चाँदीः ९ तोला
हिराः १ तोला
७.मन्त्री प्रतिभा रावलको “श्रीमानको आयबाट” प्राप्त बैंकमा मौजूदा रकम रू. २ करोड ४७ लाख ८ हजार ७६०
संघीय मामला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको “श्रीमानको आयबाट” प्राप्त बैंकमा मौजूदा रकम रू. २ करोड ४७ लाख ८ हजार ७६० रहेको विवरण छ भने श्रीमान प्रेम नारायण अर्यालको नाममा रू. ४४ लाख पर्ने सवारी साधन रहेको उल्लेख छ।
जग्गाः आफ्नो नाममा काठमाण्डौं बुढानिलकण्ठमा रू. ७० लाखमा र बारा कैलालीमा रू. ५ लाखमा श्रीमान प्रेम नारायण अर्यालको आयबाट खरिद गरेको।
सुनः २५ तोला
८.मन्त्री सिता वादीको सम्पत्तिमा कुखुरा २० वटा र कुकुर १ वटा पनि
मन्त्री वादीको बैंकमा रू. १५ लाख रहेको छ भने उनकै नाममा रू. ३ लाख ३० हजारको स्कुटर र श्रीमान् सुरेश पुर्कुटीको नाममा रू. २ लाख ६० हजारको पलिसर मोटरसाईकल रहेको छ। मन्त्री वादीले घरमा पालेको भन्दै कुखुरा २० वटा र कुकुर १ वटा रहेको उल्लेख गरेकिछिन्।
डिस्क्लेमरः मलाई यो कुराले मन छोयो, हाम्रो घरमा पनि सम्पत्तिको नाममा ७ वटा कुखुरा (फार्मको बाहेक) पनि छ र एउटी हाम्री प्रणप्यारी हेजल मैंया छिन्। हेजललाई कुकुर भन्न मन लाग्दैन र घरमा मनाही पनि छ घरकी गृहमन्त्रीबाट।
जग्गाः आफ्नो नाममा सुर्खेतमा । श्रीमान सुरेश पुर्कुटीको नाममा नुवाकोटमा । ससुरा बुबा सुन्दर पुर्कुटीको नाममा काठमाण्डौं बुढानिलकण्ठमा पक्की घर
सुनः १८ तोला
चाँदीः १५ तोला
नगदः रू. ५० हजार
९.भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्सालको बैंकमा मौजूदा रकम रू. ९० लाख रहेको छ भने सुन ३० तोला र चाँदी ५० तोला बाहेक उनको नाममा अन्य कुनै सम्पत्ति रहेको विवरण छैन।
जग्गाः आफ्नो नाममा ० शून्य
सुनः ३० तोला
चाँदीः ५० तोला
१०.स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता
स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताको बैंकमा रू. ७२ लाख ३ हजार ५३५ रहेको उल्लेख छ भने रू. २५ लाखको सवारी साधन छ।
जग्गाः आफ्नो नाममा काठमाण्डौंमा रू. ५२ लाखमा खरिद
सुनः ३० तोला
चाँदीः ५० तोला
११.शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद मन्त्री सस्मित पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद मन्त्री सस्मित पोखरेल बैंकमा मौजूदा रकम रू. ४ लाख ४७ हजीर ४९४ र USD $5 रहेको विवरण छ भने परिवारको कूल सम्पत्ति रू. २३ करोड ४१ लाख २७ हजार रहेको विवरण छ।
जग्गाः आफ्नो नाममा ० शून्य । श्रीमती सुस्मिता अधिकारी, बाबा रमेश कुमार पोखरेल, आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाण्डौंमा ४ ठाउँमा, ललितपुरमा २ ठाउँमा र मोरंगमा।
सुनः २५ तोला
चाँदीः १०० तोला
नगदः रू. २५ हजार
१२.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज (गनेस) पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज (गनेस) पौडेलको बैंकमा रू. ९ लाख ४३ हजार ४९६ रहेको छ भने प्रति रू. दुई लाख पर्ने दुई वटा स्कुटर रहेको विवरणमा उल्लेख छ।
जग्गाः आफ्नो नाममा ० शून्य । आमा खीम कुमारी पौडेलको नाममा कास्कीमा ३ ठाउँमा।
सुनः ११ तोला
चाँदीः ५ तोला
१३.सन्चार तथा सुचना मन्त्री डा. विक्रम तिमिल्सिना
सन्चार तथा सुचना मन्त्री डा. विक्रम तिमिल्सिनाको बैंकमा रू. १० लाख २४ हजार ३६५ रहेको छ भने रू. २३ लाख पर्ने सवारी साधन छ।
जग्गाः आफ्नो नाममा ० शून्य । श्रीमती मन्जु गैरेको नाममा काठमाण्डौंमा २ ठाउँमा।
सुनः ५ तोला
चाँदीः १० तोला
मोतीमालाः १ तोला
१४.कृषि तथा पशु पंक्षी, बन तथा वातावरण मन्त्री गिता चौधरी
कृषि तथा पशु पंक्षी, बन तथा वातावरण मन्त्री गिता चौधरीको बैंकमा मौजूदा रकम रू. १ लाख ३० हजार रहेकोछ भने शेयर रू. २ लाख ५० हजार बराबरको छ। उनको बाख्रा २ र कुखुरा १० वटा रहेको छ।
जग्गाः आफ्नो नाममा बर्दिया राजपुरमा रू. ३० लाखमा खरिद।
सुनः ५ तोला
चाँदीः १०० तोला
१५.उद्योग, वाणिज्य र आपूर्ति मन्त्री गौरी कुमारी यादव
उद्योग, वाणिज्य र आपूर्ति मन्त्री गौरी कुमारी यादवको बैंकमा मौजूदा रकम रू. ८ लाख ५० हजार रहेको छ भने शेयर मूल्य रू. ३ लाख ३८ हजार ३५ बराबरको रहेको छ।
जग्गाः आफ्नो नाममा काठमाण्डौंमा ४ ठाउँमा, महोत्तरी बर्दिवासमा ४ ठाउँमा।
सुनः १८० तोला
चाँदीः २ किलो
हिराः २ सेट, ४ रिंग
१६.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको बैंकमा मौजूदा रू. ३ हजार ४४९ मात्र रहेको छ भने उनकी श्रीमती कीजल कुमारी यादवको नाममा रू. ७० लाख नगद रहेको उल्लेख छ।
जग्गाः आफ्नो नाममा सप्तरी राजबिराजमा ५ ठाउँमा जस मध्ये ४ ठाउँको पैत्रिक र एक ठाउँको खरिद।
सुनः ८० तोला
चाँदीः १५० तोला
यो समाचार अपडेट हुँदैछ…अन्य रोचक तथ्यहरू लेखिदैछ, केही बेरपछि पेज रिफ्रेस गर्नुहोस्।




Comments