top of page

न्यू योर्कमा अमेरिकी मगरहरूको भूमे पर्व सम्पन्न


Culture: न्यू योर्कमा अमेरिकी मगरहरूको भूमे पर्व सम्पन्न भएकोछ। नेपालका आदिवासी मगरहरूले परम्परागतरूपमा भूमि पूजा गरेर मनाउँछन्। भूमे पर्व हरेक वर्ष जेष्ठ महिनाको अन्तिम दिन मसान्तबाट शुरु हुन्छ भने असार महिनाको पहिलो दिन सक्रान्तिसम्म मनाईन्छ।


मगर संघ अमेरिका न्यू योर्क च्याप्टरद्वारा आयोजित भूमे पूजामा न्यू योर्क राज्य र वरपर राज्यका झण्डै साढे तीन सय मगरहरूको सहभागिता रहेको थियो। नेपालको पंचे बाजाको लाईभ लोक तालमा रमाईलो साँझको रौनक हेर्न लायक थियो भने मगरहरूले नेपालको पूर्ख्यौली भूमि तथा अमेरिकाको कर्मभूमि र वालीनालीको संरक्षणको निम्ति भूमे पूजा सम्पन्न गरेका थिए।