मान्छेको सच्चा साथीको बहादुरीको कथा

-Pradeep Pariyar Thapa
Exclusive: कुकुरलाई मान्छेको सबैभन्दा बफादार, सच्चा साथी मानिन्छ। यतिसम्मकि मान्छेले मान्छेलाई धोका दिन्छ तर कुकुरले आफूलाई पाल्ने, भरणपोषण गर्ने मालिक (साथी) लाई कहिल्यै धोका दिंदैन। यो पंक्तिकार भोटे कुकुरको संगतसंगै हुर्किएको हो, उ मेरो ठूल्दाई जस्तै थियो र बहादुर पनि थियो। तर यहाँ चर्चा गर्न खोजिएको ब्रिटिश सेनाबाट सेवानिवृत्त एक बहादुर मिलिटरी कुकुर कुनो (Kuno) को बदादुरी, बलिदानी र बफादारीताको बारे हो। कुनो (Kuno) लाई भर्खरै बेलायतको प्रतिष्ठित जनावर च्यारिटी संस्था PDSA बाट उसको बहादुरी र समर्पणको निम्ति PDSA Dickin Medal प्रदान गरिएकोछ। यो पदक युद्धमा अदम्य बहादुरी प्रदर्शन गर्ने ब्रिटिश सेनाका सैनिकलाई दिईने सर्वोच्च वीरता पदक भिक्टोरिया क्रस बराबरको जनावरलाई दिईने बहादुरी पदक मानिन्छ।
कुनो (Kuno) ब्रिटिश सेनाबाट सेवानिवृत्त एक बहादुर मिलिटरी कुकुर हो। सेनामा काम गर्ने कुकुरलाई Military Working Dog (MWD) भनिन्छ। कुनो (Kuno) को प्रजाति बेल्जियन सेफर्ड मालिनोईस (Belgian Shepherd Malinois) हो । कुनो (Kuno) ले पोहर साल सन् २०१९ मा अफ़ग़ानिस्तानमा आतंककारी समूह अलक़ायदाको अखाडामा ब्रिटिश सेनाले हमला गर्दा आफ्नो सौर्य, बहादुरी र बफादारीताको उच्च उदाहरण प्रस्तुत गर्दै अँध्यारोमा आतंककारी समूहको अन्धाधुन्ध गोली प्रहारको बाबजूद उनीहरू माथि जाई लागेर ब्रिटिश सेनालाई प्रतिआक्रमणको बाटो खोल्नुकोसाथै ब्रिटिश सेनाका कुनोसंगै लडाईमा होमिएका सेनाको ज्यान बँचाएको थियो। तर यो आक्रमणमा कुनो (Kuno) लाई आतंककारीको गोली प्रहारबाट खुट्टा र छातीमा गंभीर चोट लागेको थियो जस्को कारण कुनो (Kuno) को एउटा खुट्टा काटेर फाल्नु परेको थियो।अमेरिकी सेनाको भेटेनेरियन डाक्टरहरूले कुनो (Kuno) को तुरून्त अप्रेसन गरी बचाएका थिए। लडाईमा खटिदा उ चार वर्षको थियो। कुनो (Kuno) सख़्त घाईते भएर खुट्टा समेत काटेर फाल्नु परेपछि अहिले अवकास प्राप्त भएकोछ। उसको काटिएको खुट्टामा नक्कली खुट्टा (प्रोस्थेटिक) लगाईएकोछ।
PDSA बाट बहादुरी र समर्पणको निम्ति प्रदान गरिने PDSA Dickin Medal पाउने कुनो (Kuno) ७२ औं जनावर हो।
PDSA ले कुनो (Kuno) बारे प्रकासन गरेको समाचार पढ्नुहोस्:
“MWD Kuno – PDSA Dickin Medal
Retired Military Working Dog Kuno received the PDSA Dickin Medal in November 2020 for his outstanding service while deployed overseas.