गगनको गन्तव्यः गुट उपगुटमा घेरिएका उनको सपना पुरा होला?
- Nepalism.com

- Jan 12
- 2 min read

by Pradeep Pariyar Thapa
Opinion: गगन संभावना भएका युवा नेताहरूको अग्रपंक्तिमा छन् रवि र बालेन जस्तै। गगन, रवि, र बालेनमा फरक यति मात्र हो कि गगनले राष्ट्रकै नेतृत्वदायी भूमिका (सांसद या मन्त्री) मा रहेरै जनतालाई सुशासन र देशको समृद्दीको सपना देखाउन थालेको कम्तिमा पनि १८ वर्ष भयो भने रवि बालेनहरूको हकमा जम्माजम्मी तीन वर्ष। नेपाली कांग्रेसका वर्तमान महामन्त्री गगन थापा यस्ता भाग्यमानी पात्र हुन् जसको सपना कहिल्यै पुराना र पुरा हुँदैनन् जसलाई जनतालाई संधै पत्याईदिनु पर्छ। युवा पुस्ताका गगन उनै नेता हुन् जसको सपना सजिलै बिक्री हुन्छ तर उनले जवाफदेही बन्नु पर्दैन। सन् २००८ को संविधानसभाको सदस्य भएदेखि गगन संधै संविधान, कानून, ऐन बनाउने थलोमा पदासिन छन्- पहिलो संविधानसभा सभासद (२००८-२०१२), दोश्रो संविधानसभा सभासद (२०१३-२०१७), प्रतिनिधिसभा साँसद (२०१७), प्रतिनिधिसभा साँसद (२०२२) । यस बीच उनी स्वास्थ्य मन्त्री (२०१६-२०१७) समेत बनेका थिए। यस हिसाबले झण्डै दुई दशक पटक पटक आफू र आफ्नो सरकार शासन सत्तामा रहेकै बेला देश उल्टो उँधोगति र चरम भ्रष्टाचारमा डुब्दा पनि गगन थापालाई प्रभावशाली नेता भनी रहनु पर्ने, मानी रहनु पर्ने नेपाली जनताको एक कटु नियती हो। तर उनीबाट आशाको त्यान्द्रो भने अझै मार्नु हुन्न। किन? किनकि- उनले नेपाली काँग्रेस पार्टीको वर्तमान यथास्थितिवादी देउवा नेतृत्वको विरूद्ध आगो ओकल्दै हिजो नेकाको दोस्रो विशेष अधिवेशनको उद्घाटन समारोहमा भनेको यो भनाई जबर्जस्त परिवर्तन उन्मुख छ- “कांग्रेस दास र लाशहरूको पार्टी होइन। यो जीवित मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन। …यहाँ कुनै ‘बा’ छैन जस्ले न बोल भन्दै गर्दा बोल्न छाड्ने छैनौँ । यहाँ हामी सबै बराबर छौं।” काँग्रेस महामन्त्रीको रूपमा गगनको यो गर्जन देउवा लगायत सो पार्टीका पुराना, औचित्यहीन बनेका नेताहरूप्रति लक्षित छ। गगनले यस पटक प्रमाणित गरेका छन् कि उनी बिपि कोईराला, गणेशमान सिंह, कृष्णप्रशाद भट्टराई, गिरिजाप्रशाद कोईरालाहरूको विरासतको यो दललाई देउवामार्का पुरातनवादीहरूको पकडबाट जिउँदो जाग्दो कांग्रेसीजनहरूको चलायमान राजनैतिक शक्ति बनाउन चाहन्छन्। कि गगन परिवर्तनको नाममा आफ्नो गुट उपगुटमा मात्र रमाउँलान्?
गगनको अर्कों महत्वपूर्ण कदम भनेको रवि लामिछाने नेतृत्वको राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) ले नीतिगत र व्यावहारमा लागू गर्दै आएको साँसद उम्मेदवार चुन्दा प्राईमरी निर्वाचनबाट गर्ने, समानुपातिकमा एक पटक मात्र निर्वाचित हुन र दोहोरिएर बन्न नपाउने कुरा जति सान्दर्भिक र सराहनीय छ उतिनै प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने कुरा राजनीतिक सुसंस्कार र सुशासनको पक्षमा छ।
विशेष अधिवेशनको नाममा यस पटक गगनले छेडेको निर्णायक लडाई हो- जेनजी आन्दोलनबाट आफ्नो दल नेकाको एमालेसंगको मिलिजुली सरकारको अवसान पछि नेतृत्व परिवर्तनको सफल अभियान। विशेष अधिवेशनको बन्दसत्रले गगन उनैलाई या जो कसैलाई पार्टीको बागडोर जिम्मा लगाए पनि गगन बिनाको नेपाली कांग्रेस पार्टी यतिखेर कल्पनातीत देखिन्छ।









Comments