top of page

परिवर्तनको सुनामीः अब निर्णयको घडि


Updated: Exclusive: नेपाल फेरि एक ऐतिहासिक मोडमा उभिएको छ। तीन दशकभन्दा बढी समयदेखि दोहोरिँदै आएको सत्ता–परिवर्तनको घृणित म्युजिकल चेयर चक्रले जनताको जीवनस्तर परिवर्तन गर्न सकेन, बरू उल्टै हरेक नेपालीको शीरमा झण्डै एक लाख रूपैंयाँको रू. २८ खर्वको सार्वजनिक रिण थोपरियो। भ्रष्टाचारमा नेपाल विश्वमै कुख्याति कमायो। सरकार फेरिए, नारा फेरिए तर अनुहार उहीं असक्षम र भ्रष्ट नेताका रहे, कुशासनको लबस्तरो संरचना उस्तै रह्यो। यही थकान, यही निराशा र यही बेथिति, निराशा र आक्रोशको धरातलमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो र यसको चुनाव चिन्ह घण्टी अहिले परिवर्तनको सम्वाहकको रूपमा देशव्यापी बहसको केन्द्रमा छ। “थिति बसाल्ने, भ्रष्टाचारको अन्त्य गर्ने, र सुशासन ल्याउने” — यी तीन मूल एजेन्डालाई आधार बनाएर रास्वपाले आफूलाई परम्परागत दलहरूको बलियो र सम्भवतः निर्विकल्प शक्तिको रूपमा प्रस्तुत गरेको छ। घर–घर, टोल–टोल, बस्ती–बस्तीमा देखिएको परिवर्तनको उत्साहले आगामी निर्वाचनमा शक्ति सन्तुलन फेरिने संकेत दिएको विश्लेषकहरू बताउँछन्। तर मुख्य प्रश्न अझै उभिएको छ — के रास्वपाको पक्षमा देखिएको यो ‘परिवर्तनको सुनामी’ ले वास्तवमै सत्तामा रूपान्तरण ल्याउन सक्ला?


पुरानो राजनीतिविरुद्ध वैकल्पिक जनादेशको खोजी


रास्वपा सभापति रवि लामिछानेले झण्डै तीन वर्षअघि सुरु गरेको राजनीतिक यात्राले अहिले जनसमर्थनको उल्लेखनीय विस्तार देखाएको छ। रवि अब हजारौं र लाखौं रविहरूको जमात बनी सकेको छ।



रवि लामिछाने र बालेन्द्र शाह बीचको ऐतिहासिक एकता


नेपालको वैकल्पिक राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको घटनामध्ये एक हो — रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) बीच भएको ‘बृहत् एकता’ सहमति।


यो सहकार्यलाई कतिपयले “वैकल्पिक शक्तिहरूको ध्रुवीकरण” र “पुराना दलविरुद्ध एकीकृत मोर्चा” का रूपमा विश्लेषण गरेका छन्। विशेषतः रास्वपामा बालेनको प्रवेशले युवा र मधेसी मतदातामाझ यसको सकारात्मक प्रभाव परेको देखिन्छ।



‘जेन–जी’ आन्दोलन र नयाँ राजनीतिक ध्रुवीकरण


गत भदौमा भएको ‘जेन–जी आन्दोलन’ ले परम्परागत दलहरूप्रति गहिरो असन्तोष सार्वजनिक गरेको थियो। जेनजी युवाहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारको मागलाई तीव्र बनायो। “जेन–जी आन्दोलन” ले देखाएको आक्रोश केवल एक दिनको घटना थिएन; त्यो तीन दशकको निराशाको विस्फोट थियो। तर पुराना दलहरूले भुसको आगो झैं भित्रभित्रै सल्किंदै गएको जनताको असन्तुष्टी र विद्रोहको आगोको ससाना झिल्कोहरूको संकेतलाई गम्भीर रूपमा नलिंदा मुलुक आजको अवस्थामा पुगेको यथार्य अब कसैबाट लुकेको छैन।



रास्वपाको “नागरिक करार”: घोषणापत्रभन्दा कति फरक?


रास्वपाले आफ्नो चुनावी प्रतिबद्धतालाई सामान्य घोषणापत्र नभनी “नागरिक करार (Citizen’s Pledge)” को संज्ञा दिएको छ।



रास्वपाले आफ्नो नयाँ रणनीति “नागरिक करार” र सय बुँदे प्रतिज्ञापत्र मार्फत जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै युवा र समग्र जनताहरूको समर्थन थप सुदृढ गर्ने प्रयास गरेको स्पष्ट देखिन्छ।



नागरिक करारको मूल सन्देश स्पष्ट छ —

पार्टी ‘ऋणी’, नागरिक ‘लगानीकर्ता’।


पाँच प्रमुख प्राथमिकता:


. सदाचार र असल शासन

  • भ्रष्टाचार विरोधी महाअभियान, बिसं. २०४६ सालदेखि सम्पत्ति छानबिनका लागि उच्चायोग गठन

  • सरकारी सेवाको डिजिटल डेलिभरी (“लाइन होइन, अनलाइन”)


. मध्यम वर्गीय विस्तार

  • प्रतिव्यक्ति आय ३,००० डलर नघाउने लक्ष्य

  • देशको कूल ग्राह्यस्त GDP १०० अर्ब डलर पुर्‍याउने लक्ष

  • शतप्रतिशत स्वास्थ्य बीमाको व्यवस्था

  • एकीकृत सामाजिक सुरक्षाको ग्यारेण्टी


. काम, काम, काम

  • ५ वर्षमा १२ लाख रोजगारी

  • आईटी, निर्माण, पर्यटन, कृषि लगायत प्राथमिक क्षेत्र


. कनेक्टिभिटी

  • १५ हजार मेगावाट विद्युत क्षमता लक्ष

  • ३० हजार कि.मि. राजमार्ग

  • १० राष्ट्रिय “सिग्नेचर आयोजना”


. प्रवास नीति

  • विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकार

  • वंशजको नेपाली नागरिकताको निरन्तरता

  • सार्वभौम डायस्पोरा फण्ड


यस करारको सबैभन्दा रोचक पक्ष भनेको — असफल भएमा मतदाताबाट “राजनीतिक सजाय” स्वीकार गर्ने सार्वजनिक घोषणा हो। नेपाली राजनीतिमा यस्तो स्पष्ट जवाफदेहिता प्रतिबद्धता पहिले कहिल्यै गरिएको थिएन।



गैर–आवासीय नेपाली र सुधारको एजेन्डा


रास्वपाले जवाफदेही शासनले मात्र लगानी, नीति–विश्वास र स्थायित्व सुनिश्चित गर्न सक्छ भन्ने नीति अगाडि सारेको छ। वंशजको नेपाली नागरिकताको निरन्तरता, अनलाइन मताधिकार र डायस्पोरा फण्डको अवधारणाले विदेशमा रहेका नेपालीहरूलाई नेपाल र नेपालीको भाग्यसंग जोडिएको राजनीतिक प्रक्रियासँग एउटा प्रमुख स्टेक होल्डरको रूपमा प्रस्तुत गरेको छ।


यदि यी नीतिहरू व्यवहारमा लागू भए भने त्यसले राष्ट्रहीतमा दीर्घकालीन योगदान पुर्‍याउन सक्छ।


रास्वपाका चुनौतीहरू


रास्वपाको जनउभार उत्साहजनक छन् तर रास्वपा नेतृत्वपंक्तिले केही आधारभूत चुनौतीहरूलाई नजरअन्दाज गरेर उम्किन मिल्दैन, जस्तो कि-


  • संगठनात्मक संरचना अझै विस्तारको चरणमा छन्

  • अनुभव बनाम ऊर्जा बहस बनेकोछ

  • आर्थिक लक्ष्यहरूको यथार्थपरकताको परीक्षण बाँकी छ


र, सबैभन्दा ठूलो प्रश्न भनेको — रास्वपा प्रतिको सुनामीको लहर मतपेटिकासम्म कत्तिको स्थिर रहन्छ?


सम्भावना बनाम यथार्थ


रास्वपाले आफूलाई वैकल्पिक राजनीतिको मुख्य धुरीका रूपमा उभ्याएको छ। युवा उर्जा, संगठनात्मक ध्रुवीकरण, र “नागरिक करार” जस्ता नवप्रयोगले चुनावी प्रतिस्पर्धामा नयाँ आयाम थपेको छ। तर लोकतान्त्रिक राजनीतिमा अन्तिम निर्णय जनताकै हातमा हुन्छ। यो ‘परिवर्तनको सुनामी’ भावनात्मक नाराबाट मतदानमा परिणत भई बहुमत दिलाउनेसम्म र अन्ततः शासन–व्यवस्थामा रूपान्तरण हुन सक्छ कि सक्दैन — त्यो आगामी निर्वाचनले तय गर्नेछ।






Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page