top of page

छबिलालको छल

Updated: Feb 24, 2023

-प्रदीप परियार थापा

Exclusive: Opinion: जनताको म्यानडेट अनुसार पहिलो दल बनेको काँग्रेसको राष्ट्रपति पद पाउँदार हक हो तर पछिल्लो आमनिर्वाचनबाट काँग्रेस र एमालेपछि तेस्रो स्थानमा रहेको छबिलालको माओवादी दल रविको रास्वपाकोभन्दा पैतालिस हजार मत मात्र बढी हो। छबिलाल, तिमीले आफ्नो सत्तास्वार्थको निम्ति यसरी देशलाई अस्थिरताको दलदलमा फँसाउन पाउँदैनौ। छबिलालको गणतन्त्र ल्याउने सोंच र लहडमा सत्र हजार नेपालीहरूले ज्यान गुमाए, लाखौंलाख आफ्नो गाउँघरबाट विस्थापित भए, हजारौं हजार अंगभंग र बलात्कृत भए। तैपनि, शान्ति सम्झौता र गणतन्त्र स्थापनापछि उनलाई ति सबै अपराधहरूको निम्ति नेपाली जनताले आममाफी दिए जनमतबाट। तर छबिलालले हरेक पटक छलमात्र गरे। आफू सत्तामा पुग्ना साथ उनले जनतालाई हरेक बाचामा धोखा त दिए दिए, उनका राजनीतिक सारथीहरूलाई पनि धोखाघडी दिन कुनै कसुर बाँकी राखेनन्। लौ, काँग्रेसका देउबाले तिमीलाई प्रम नदिएर धोखा दिएरे, तिमीलाई धोखा दिएका भनिएका ओलीको फेरो समाएर यत्रो नाटक मन्चन किन गरेको त छबिलाल ?


यदि फेरी धोखा दिएकै देउबा ठीक हुन् र थिए भने ओलीको फेरो समाउन के देउबालाई सबक सिकाउनकै लागि मात्र गएका थियौ? छबिलाल, देशले के पायो यो धोखाधड़ीको खेलबाट?


उता नवनिर्वाचित प्रतिनिधि सभा संसदको शुक्रवार, फेब्रुवरी २४ तारिख बोलाईएको बाह्रौं बैठक गणपूरक कोरम संख्या नपुगेर, कूल २७५ सांसदमा ६९ साँसद पनि उपस्थित नहुँदा स्थगित हुन पुग्यो।हरेक पटकको संसद बैठकमा बाह्रदेखि पन्ध्र लाख रूपैंयाँ खर्च गरेर के साँसदहरू पनि तिम्रो नाटक मन्चनको मुकदर्शक र बलीको बकरा मात्र हुन्? राष्ट्रलाई मार्गनिर्देश गर्ने नीति निर्माणमा साँसदहरू बैठकमा उपस्थित हुनु पर्दैन? माननीय साँसदहरू छबिलालको राजनीतिक स्वार्थको छल र अस्थिर खेलको साक्षी मात्र बन्न मिल्छ?


अब गोर्खाका र सिंगो नेपालका जनताले हिसाब राखून्। छबिलालले गोर्खाली बाबुरामलाई ललाईफकाई उनको ठाउँमा चुनाव लड्न गोर्खा पुगेका हुन्। उनले गत आमनिर्वाचनमा गोर्खालाई नमूना जिल्ला बनाउने कसम खाएका थिए र आगामी दशक देशमा आर्थिक क्रान्ति र समृद्ध नेपालको लागि भनेका थिए। गणतन्त्रको पन्ध्र वर्षमा छबिलालको छल र कपटमै देशको राजनीति घुमि रह्यो। जनताले राहत हैन आहत मात्र पाएकाछन्। अहिले दैनिक पचीस सयदेखि तीन हजार नेपाली युवाहरू देश छोडेर विदेश जान बाध्य छन्।छबिलालहरू जस्ताले देशलाई आफ्नो स्वार्थमा गिजोल्दासम्म नेपाल आमाको मुहारमा कान्ति छाउने छैन। चेतना भया।

0 comments

Comments


bottom of page