Colorism & Race: रंगभेद: काली सुन्दरी हुन गोरी हुनु पर्ने? नेपालको सन्दर्भ उस्तै, किन ?


-Pradeep Pariyar Thapa Magar

Exclusive: काला जातिकी अष्ट्रेलियन-सुडानिज सुपरमोडल डकी थटलाई ट्वीटरमा एउटा काला जातिकै व्यक्तिले “She look (s) like a dark skin white girl” (यिनी कालो छालाकी गोरी केटीझैं देखिन्छिन्) भनेर ट्वीट गरेछन्। यस्को जवाफमा सुपरमोडल थटले आफ्नो ट्वीटमा ‘??? F**k off.’ लेखेर ति व्यक्तिलाई कडा जवाफ दिईन्। काली सुन्दरी हुन गोरी केटी हुन पर्ने हो र ? यो रंगभेदी सोंचको उपज हो, अतिवादी जातीय सर्वोच्चतावादको अर्को रूप हो। नेपालमा पनि ‘फलानाकी छोरी त कति राम्री हो, दलित जस्ती पनि छैन’ भने जस्तै हो। अथवा, ‘मगरको छोरो जस्तो पनि छैन, बाहुनजस्तो कति चलाख हो’ या फलानो त ‘मगरको बाहुन हो’ भने जस्तै हो। यसो भन्नु सरासर जातीय विभेदी कुरा हो। दुई लाख वर्ष अघि अफ्रिका महादेशमा रहेको होमो ईरेक्टस प्रजातिबाट विकसित हामी विश्वका सबै जातजातिकाहरूले आ-आफ्नो जातीय सर्वोच्चतावादी सौंदर्यशास्त्र उसकोभन्दा राम्रो र सुन्दर भन्नु वाहियात र विभेदी हो। मया गरेरै भन्या भए पनि आईन्दा नभन्नुहोला। सविस्तार तलको विश्लेषणमा:


कुरो सुन्दरताको हैन, रंगभेदको


कुरा यसै हप्ता काला जातिकी अष्ट्रेलियन-सुडानिज सुपरमोडल डकी थटको ट्वीटको कुरा। उनले एउटा काला जातिकै व्यक्तिले “She look (s) like a dark skin white girl” (यिनी कालो छालाकी गोरी केटी झैं देखिन्छिन्) भनेको कुरालाई ठाडै किन ‘??? F**k off.’ लेखिन् त ? कुरा आउँछ उहीं- जातीय सर्वोच्चतावादी सौंदर्यवादको।

यस विषयमा MARSHA B.@INTROVERTNTHECITY ले BlackAmericaweb मा रंगभेदबारे कुरोको चुरो बडो बुझिने गरी लेखेकीछिन्:


‘It seems like the Twitter user is defaulting to colorism to justify Duckie Thot’s beauty. There is nothing “White” about the model, but for him, the only way to explain her appearance is to associate her with whiteness. Colorism is a longstanding issue in communities of color. Throughout history, darker skin has been characterized as unattractive people with low class. Back in the days of slavery, White men would rape their slaves, creating biracial babies. As they grew older, the light folks would work in the house, while the dark folks would work in the field. The African and European mix became fetishized overtime and it remains that way today. Comments like “you’re pretty for a dark skin girl” or “Black girls are too loud and ghetto,” are rooted in colorism.’

स्रोत: https://blackamericaweb.com/2021/04/06/duckie-thot-claps-back-at-a-fan-who-says-she-looks-like-a-dark-skin-white-girl/


सुपरमोडल डकी थटले सन् २०१७ मा WMagazine लाई दिएको अन्तर्वार्तामा आफ्नो छालाको रंगको कारण आफूले भोग्नु परेको समस्याबारे खुलस्त पार्दै भनेकिछिन्:


“I get messages every day from women all around the world about how they struggle with their skin color and fitting in and being themselves, and I was there at one point as well a few years ago, as a teenager,” Thot said on Thursday.


“So if telling my truth is somebody else, why hide it and why not share it? I’m confident in myself now; I’ve found myself, so I think helping others through that is important, especially today.”


स्रोत: https://www.wmagazine.com/story/duckie-thot-model-pirelli-all-black-calendar-naomi-campbell


WMagazine ले उनको ट्वीट उद्धरण गर्दै लेखेको छ: ‘Even now that she’s signed to New York Models and landing magazine covers, though, Thot takes care to punctuate seemingly each and every of her achievements with a reminder of her not so distant past: “I remember being bullied in high school by other kids for the way I looked and today I’m on the cover of @papermagazine,” she tweeted in September.’


स्वेत जातीय सर्वोच्चतावादको विभेदी सोंचको कारण सुपरमोडल डकी थट मात्र हैन समग्र काला जातिका जनताले सदियौंदेखि रंगभेदी विभेद खेप्दै आउनु परेको तथ्य हामी सबै सामू छरपष्ट छ। Black Lives Matter अभियान त्यसैको अर्को पक्ष हो। यो समानताको आन्दोलन हो नकि गोरा जाति विरुद्धको।‘काली पनि यति राम्री’ भन्नु पनि विभेदकै अण्डरटोन हो। सुपरमोडल थटलाई यस्तो विचार गोराले मात्रै हैन काला जातिकै व्यक्तिले बिना हिच्किचाहट भनिदिन्छ। कालै जातिका व्यक्तिले ‘She look (s) like a dark skin white girl’ (यिनी कालो छालाकी गोरी केटी झैं देखिन्छिन्) भनेको त हो नि। किनकि यसो भन्दा ‘काला जातिका सुन्दर हुँदैनन्’ भन्ने भित्री कुत्सित मनसाय लुकेको जातिवादी सोंच बन्छ तर सबैले यो कुरा बुझिहाल्छन् भन्ने छैन। त्यो व्यक्तिले आफ्नो पोष्ट डिलिट त गर्यो तर टु लेट टु लिटल। कसैले बुझीबुझी यसो भनेको छ भने त्यो अझ खतरनाक हो। यसको तत्काल भर्त्सना हुनु जरूरी छ।


नेपालको सन्दर्भ


यस्तो जातीय सर्वोच्चतावादी सौंदर्यशास्त्र या जातीय विभेदी अण्डरटोन भएका भनाई नेपाली समाजमा यत्रतत्र सर्वत्र छ। हुँदाहुँदा, नेपाली अमेरिकी समाजमा समेत सुन्न सकिन्छ।

नेपालमा पनि ‘फलानाकी छोरी त कति राम्री हो, दलित जस्ती पनि छैन’ भन्ने गरेको सुन्नु भा’को छ? अथवा, ‘मगरको छोरो जस्तो पनि छैन, बाहुन जस्तो कति चलाख हो’ या फलानो त ‘मगरको बाहुन हो’ भन्ने सुन्नु भा’को छ? पक्कै पनि सुन्नु भा’को छ र जानी नजानी भन्नु भा’को पनि हुन सक्छ। तर यसो भन्नु चैं सरासर जातीय विभेदी कुरा हो। सफा मनले हौस्याउन मया गरेरै या ठट्टा गरेरै भन्या भएपनि आईन्दा नभन्नुहोला।


नेपालमा सम्भवत: सबैभन्दा बढी ट्वीट (१५ हजार बढी) गर्ने महिला अभियन्ता (डिस्क्लेमर: मेरी कान्छी सालीजी) विन्दू थापा परियारले सन् २०२० को मे १४ तारिखको आफ्नो फेसबुक पोष्टमा बडो घतलाग्दो कुरा लेखेकिछिन्:

“दलित महिलाहरूको अनुहार सुन्दर, समार्ट हुँदा “कस्ती राम्री दलित जस्तै लाग्दैन, साच्चैको दलित हो र “ भन्ने अनी गैरदलित महिलाहरु नराम्री हुँदा "कस्ती कमिनी-दमिनी जस्तो नराम्री” भन्नेहरुको दिमागमा गिदी हैन आची भरीएको हुन्छ होला है 😏”


साँच्चीनै उनको यो भनाई जति मार्मिक छ उतिनै आँखा खोलिदिने (आई वपनिंग) पनि छ। हो, दिमागमा जातीय सर्वोच्चतावादी कुसोंचरूपी आची भरिएकोले मात्र यस्तो भन्न सक्छ। यहाँहरू मध्ये कसैले जानीनजानी यस्तो विभेदी सौन्दर्यशास्त्रमा विश्वास गर्नु भएको छ भने यस्तो कुविचारको लुतो आजै फालीहाल्नुहोस्।


उता बलदीप प्रभाश्वर चाम्लिंगले सन् २०१७ को मे २१ मा आफ्नो फेसबुक वालमा लेखेको यो मार्मिक भनाईले जातीय सर्वोच्चतावादी सौंदर्यशास्त्रबारे बुझ्न मद्त पुग्नेछ:


“मेरी सानी छोरी सुम्निमा राईले भनिन्, "म रिमा विश्वकर्मा जस्ती राम्री र मोडल बन्न चाहन्छु ।"

म मनमनै खुसी भएँ किनकि अब सुन्दरताको मापदण्ड जात विशेषले निर्धारण गर्ने समय अन्त हुँदैरहेछ । मैले मेरो परिवारमा जातीय विभेदको पूर्वाग्रहको निषेध गर्नुले पनि यो भएको हो भन्ने ठानेको छु ।


पुजा चन्द र निरूता सिंहहरूले जातीय पहिचान नलुकाइ दिएको भए आज दलित महिलाहरू सुन्दर हुँदा "कस्ती बाहुनी जस्तै राम्री रहेछिन्" भन्ने मिथ तोडिने थियो । बाहुनीहरू नराम्री हुँदा "कस्ती कमिनी-दमिनी जस्तो नराम्री रैछन्" भन्ने चिन्तन अन्त्य हुने थियो ।


अशोक शर्मा र तुलसी घिमिरेहरूले आफ्नो पहिचान खुलाउन हिम्मत गरेको भए आज दलितहरू घन कुट्ने काम मात्रै नगरेर बौद्धिक कलाकारितामा पनि अब्बल हन्छन् भनेर गर्वका साथ छरछिमेकमा छाँती फुकाउने थियो ।


आहुतिहरूले थर खुलाएका भए आज दलितहरू जुत्ता सिलाउने मात्रै नभएर प्रतिष्ठित चिन्तक, दार्शनिक, साहित्यकार पनि हुन्छन् भन्ने प्रमाणित हुने थियो।

त्यसैले हामीले थर नलुकाऔं । चरा माथी आकासमा जति उडे पनि आखिर चारो खान भुईमै आउनुपर्छ । आखिर तुलसी घिमिरे, आहुतिहरूले आफ्नो सन्तानको वरवधु खोज्न सशांक कोइराला, केपी ओली र प्रचण्ड दाहालहरूको कुलमा होइन, राज्यले सदियौंदेखि थिचेर राखेका उनै दलित समाजमानै जानुपर्छ ।


त्यसकारण पहिले आफ्नो समाज निर्माण गर्ने हो । आफूलाई अछुत बनाउनेहरूको पिछलग्गु होइन, समकक्षी बन्ने हो। आफ्नो समाजको उदाहरण र गुणको मापदण्ड बन्ने हो।”


मेरो आफ्नो अनुभव


मलाई तथाकथित उपल्लो जात भनाउँदा मित्रहरूले मात्र हैन, आदिवासी जनजाति (मतवाली?) मित्रहरूले नै धेरै पटक ‘तिमी त मगरको छोरो जस्तो पनि छैनौ, बाहुन जस्तो कति चलाख हो’ या ‘तिमी त मगरको बाहुन हो’ भनेको सुनेको छु। म आफैले पनि जवाफमा ‘त्यो फलानो त काँ मतवाली हुनु, कुमाई हो’ भनेर ठट्टा गरेको छु। यि दुबै भनाईहरू गतल हुन्। जातीय विभेदी हुन्। मैले विगतमा भनेको जातीय विभेदी अण्डरटोन भनाईहरू फिर्ता लिन्छु र माफी माग्दै आईन्दा नभन्ने प्रण गर्दछु।मित्रहरूले पनि सच्याउनुहोस्। माफी त मैले दिई सकें उधारोमा।


जातीय सर्वोच्चतावादी सौन्दर्यशास्त्र


अब कसैले ‘तिमी त कस्तो फलानो जातकी जस्ती राम्री’ भन्यो भने मक्ख पर्नु पर्ने कुनै कारण छैन। राम्री हुन गोरी जातिकी हुन या उपल्लो जातिकी हुन जरूरी छैन। र, यस्तो भनिनु पनि हुँदैन। मै पनि ‘मगर भएर पनि बाहुन जस्तो बाठो/चलाख’ भनेर कसैले भनिदिंदा ‘ओहो म त साँच्चै अरू मगरभन्दा चलाख रै’छु, क्या बात’ भनीसोंच्दै गम्किनु पर्ने कुनै कारण छैन। म मगरै भएर चलाख भएको हूँ। मेरी साली दमाईकी छोरी भएरै सुन्दरी भएकी हुन्। रिमा विश्वकर्मा कामी जातकी भएरै राम्री भएकी हुन्।डकी थट काली भएरै सुन्दरी भएकी हुन्। चेतना भया।

0 comments
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers. नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)