कोरोना डायरी: यसरी बित्यो भयावह एक हप्ता
-लक्ष्मी श्रेष्ठ, न्यू योर्क ओहो आज काममा नगई घर बसेको पनि हेर्दाहेर्दै हप्ता दिन बिति सकेछ। यि दिनहरूको अन्तरालमा खुट्टा ढोकाबाट बाहिर ननिकालेको पनि ठ्याक्कै ७ दिननै भयो। यसरी यति लामो समयसम्म आफूलाई घरभित्र लकडाउन गरेको मेरो जीवनको पहिलो अनुभव हो। हुन त, सन् २०१२ सालमा स्याण्डी आएर अफिस बन्द भएको बेला पनि ४/५ दिन बाहिर ननिस्क भनेर सरकारबाट उर्दी जाहेर भएकोले घर भित्रनै कोचिएका थियौं। तर आज परिस्थिति नितान्त भिन्दै छ। बाहिर निस्क्योकि कोरोना भाईरसको शिकार बन्नु पर्ला भन्ने ठूलो संत्रासले मनमा जरा गाडेको छ।
म काम गर्ने कार्यालय खुल्नै पर्ने भनेर सरकारले अत्याबश्यक क्षेत्रमा पारेपछि मार्च २४ तारिखसम्म कार्यालय गईरहेकी थिएँ । त्यत्ति डर पनि लागेको थिएन। मेरो श्रीमान् चाहीं साह्रै डराई रहनु भएको थियो। मैले गर्दा उहाँको आधा ज्यान भएको मैले महशुस गरिरहेकी थिएँ।
यस्तै मेरी साथी नदिया लिबाँग मलाई फ़ोन गरेर “आज पनि तिमी काममा गयौ? म त घरमा छौ होलाभन्ठानेको। तिमी काममा गएपछि सबै परिवार घरमा बसेको के काम लाग्यो त?” भन्दै मसंग कराउँथी। मैले बुझेकी थिएँ- उनको म प्रतिको माया। तर आफ्नो काम र कर्तब्यबाट सजिलै पन्छिन पनि त सजिलो थिएन। त्यसैले हरेक दिन काममा जानु पहिला र आएपछि नुहाई धुवाई गरेर कसैलाई पनि नछोईकनै बस्थें। श्रीमान्, छोरा-छोरीलाई पनि अंकमाल गर्न छाडेकी थिएँ। उनीहरुलाई पनि आफ्नो अघिल्तिर नबस्न आग्रह गर्थें। उनीहरु मलाई आश्चर्य मानेर हेर्थे। तर छोरी भने बिर्सेर लुपुक्क परेर बस्न आईहाल्थी। मनैमन भगवानसंग प्रार्थना गर्थें। सायद बिहान-बेलुका नै नुहाउने गरेकोले ४० काटेको शरिर चिसो लागेकोले होला २५ तारीखमा अचानक नै बिहान देखि नै घाँटी खस्खस गर्ने, दु:ख्ने, चिलाउने अनि खोकी पनि लागेकोले अफिसमा खबर गर्दा टेलिडाक्टरलाई फ़ोन गर्ने र ह्युमन रिसोर्सलाई खबर गर्ने सुझाब पाएपछि त्यहाँ सम्पर्क गर्दा मैले डायबिटीजको औषधि र हाईब्लोडप्रेसरको औषधि खाईरहेकोले मलाई हाई रिस्कको कर्मचारीको समूहमा दर्ता गराईदिएकाले घरमै बस्ने अनुमति पाएर परिवारसंगै घरमै बसी रहेछु मार्च २५ तारीख २०२० देखि।
लिभिंग रुममा अफिस जमाएर श्रीमान् घरबाटै काम गरिरहनु भएको २ हप्ता पूरा भएर ३ हप्तालागि सकेको छ। छोरी र छोरा आ-आफ्नै कोठामा अनलाईनमा पढाई गर्दैछन्। बिहानको नित्य कर्म र प्रार्थना सकेर ब्रेकफास्ट र लन्चको सबै काम सकेर सफा सुग्गर पछि म आफ्नै कोठामा घरी फेसबुक पल्टाउँछु, घरी मेसेन्जरमा आएका साथी-भाईका म्यासेज रिप्लाई गर्छु, घरी सुत्छु, घरी कोठाका सामान मिलाए जस्तो गर्छु, घरी डाईनिंगमा गएर बस्छु, घरी सोफामा सुत्छु। घरी मनमा उथल-पुथल भएका केही कुरा लेखी टोपल्छु।घाँटी दु:खेकोले कमै म