कांग्रेस विभाजन- अबको बाटो के होला?
- Nepalism.com

- Jan 14
- 2 min read
Updated: Jan 14

Updated: Exclusive: नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले भनेझैं दास र लासहरूबाट संचालित शेरवहादुर देउवा पक्षले अन्ततः नेपाली कांग्रेसका महामन्त्रीद्वय मध्येका उनै गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यता समेत नरहने गरी पाँच वर्षको लागि कार्यवाही गर्यो। यो घटनासंगै नेपाली कांग्रेस तेश्रो पटक विभाजित भएको छ । यस अघि बिसं. २०१० मा मातृका प्रशाद कोईरालाले नेका फुटाएर राष्ट्रीय प्रजा पार्टी गठन गरेका थिए भने बिसं. २०५९ मा शेरबहादुर देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।
यता महामन्त्रीद्वय थापा र शर्माको पहलमा पार्टीको चौवन्न प्रतिसत महासमिति सदस्यहरूको हस्ताक्षरबाट डाकिएको विशेष महाधिवेशनले भने गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने भएकोछ। आमनिर्वाचनको मुखमा फुटेको कांग्रेसको अबको बाटो के होला?
कांग्रेसको अबको बाटो
जेनजी आन्दोलनमा जेनजी किशोर युवाहरूको नरसंहार हुँदा नेपाली कांग्रेसकै गृहमन्त्री थिए- काफिया क्यूँ लुटावाला नटवरलाल रमेश लेखक। परराष्ट्र मन्त्री थिईन्- नेका सभापति शेरवहादुर देउवा पत्नि एवं भ्रष्टाचारकी पम्फादेविको रूपमा कुख्याती कमाएकी आरजू राणा। एमालेसंगको गठबन्धनको झण्डै दुईतिहाईको सरकारमा नेपाली कांग्रेस आधा भाग लिएर सामेल थियो। तर दुर्भाग्य! गत भदौ २३ र २४ (सेप्टेम्वर ८ र ९) को युगान्तकारी जेनजी युवाहरूको आन्दोलनलाई दवाएर सामसुम पार्ने रणनीति नेका सम्मिलित एमाले ओली सरकारले बनाउँदा नेका महामन्त्रीद्वय थापा र शर्मा पार्टी कमाण्डमा थिए। तर आफ्नै पार्टी सम्मिलित ओली सरकारले जेनजी आन्दोलनकारी युवाहरूलाई ताकी ताकी गोली हानेर ढलाएर नरसंहार बनाउँदा यि महामन्त्रीद्वय निरिह भै टुलुटुलु बसी रहे। अझ देउवा दम्पत्ति र भ्रष्ट मन्त्री दीपक खड्काको घरहरूबाट करोडौं अरवौं बराबरको पैसा बिटाको बिटा जलेको संचारमाध्यमहरूमा प्रसारण हुँदा पनि यिनीहरूले चुईक्कसम्म बोलेनन्। उता देउवा दम्पति घुसखोरीबाट अवैधरूपमा थुपारिएको करोडौं रूपैंयाँ कुरेर आफ्नै घरमा बस्दा जेनजीहरूको कुटाई खाएर बल्लतल्ल नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्नु परेको थियो। यि सबै घटनापछि बरू देउवा र उनको सचिवालयले देउवा घरमा पैसा जलेको देखाईएको भिडियो फुटेजहरू एआईले बनाएको नक्कली भनेर सजिलै र निर्लज्ज पन्छिने प्रयास गरे।
यि परिदृश्यहरूका बीच भित्रभित्रै कांग्रेसमा नेतृत्व परिवर्तनको माग र आकाँक्षा बढ्दो थियो। जसको कारण गगन र विश्वप्रकाशहरूले निर्वाचन अघि नियमित अधिवेशनको माग गरे तर देउवा पक्षको बहुमत रहेको कार्यसमितिले आमचुनाव अघि महाधिवेशन गर्न नसकिने निर्णय गर्यो। यसपछि गगन पक्षले नेतृत्व परिवर्तनको मागसंगै विशेष अधिवेशनको मागलाई अघि बढायो। विशेष अधिवेशनलाई देउवा पक्षको केन्द्रीय समितिले ठाडै अस्वीकार गरेपछि गगन पक्षले विशेष अधिवेशनबाट नयाँ नेतृत्व चुन्ने परिस्थिति बन्यो।
अब निर्वाचन आयोगमा को आधिकारिक भन्ने विवाद रहनेछ तर बहुमत प्रतिनिधिहरू सम्मिलित विशेष अधिवेशनबाट नयाँ कार्यसमितिमा आउने सुघ्रिएको काँग्रेसी नेताहरूले कम्तिमा आमचुनावमा जनता बीच जाने बेला नेका पार्टीमा जेनजी नरसंहारबाट लागेको रगतको टाटो र कलंकको कालो पोतो देउवा पक्षधरहरूको अनुहारमा पोतिदिएर आफू पानी माथिको ओभानोमा रमाउन पाउने भए। तर यतिले मात्र नयाँ नेपाली कांग्रेस र सच्चिएका कांग्रेसी नेताहरूको ऐनमौकामा देखिएको लाचारीपना क्षम्य हुँदैन। जबसम्म जेनजी आन्दोलनको भावना र मर्मअनुसारको भ्रष्टाचार रहित समाज, सुशासन र समृद्धितर्फ देशलाई डोर्याउने प्रतिवद्धता सच्चिएका गगनहरूले गर्दैनन्, कि सच्चिने, कि सक्किने दिन आउन अब धेरै दिन कुर्नु पर्दैन। चेतना भया।




Comments