top of page

नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशन



विजय थापा, eNepalese, वासिंगटन डिसी

Exclusive: नेपाली अमेरिकन सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित भएको छ। विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ (The Writer’s Mindset) पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।


उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो।

विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को डाटा अनुसार हाल यो पब्लिकेसनको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्रोफेसरहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्। यो पब्लिकेसनको ५ हजार ८ सयभन्दा बढी कर्मचारी छन्।

डा. परियारको कहानी यो पुस्तकमा Personal Growth अन्तर्गत पृष्ठ ५९१-५९४ मा प्रकाशित छ।यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छ। यसमा समावेश उनी एक मात्र नेपाली हुन्।


अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकि पूर्व सल्लाहकार रही सकेकी सुपरिचित नेपाली अमेरिकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१-२०२४ कार्यकालको निम्ति नियुक्त भएकीछिन् भने जर्सी सिटी सहरको नेपालको लागि सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) पनि हून्। डा. परियारको पहलम