top of page

समृद्ध नेपालको सपना देख्ने अभियन्ता डा. महावीर पुनसंग एक पल-३३ प्रोजेक्ट, उनको लहलहैमा लाग्ने हैन?



-प्रदीप परियार थापा मगर An encounter with Prominent Social Entrepreneur Dr. Mahabir Pun Magar of National Innovation Center

उनले सपना मात्र देखेनन् बल्की नेपाललाई समृद्धीको बाटोमा डोर्याउन देशका होनहार युवा पुस्तालाई अभिभावकत्व प्रदान पनि गरे र सपनालाई बिपनामा परिणत गर्न कम्मर कसेर लागि परे। यसपालीको मेरो नेपाल यात्राको बकेट लिष्टको १ नं. को सूची थियो- विश्वमै सुपरिचित नेपाली सामाजिक अभियन्ता, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन मगरसंग एक पल बिताउने। एकै क्षण उनीसंग भेट्नु पर्छ, जो कोही उनको नेपाल समृद्धिको लागि गरेको सत्कर्म र सादगी जीवनशैलीबाट जुनीभरको लागि प्रेरित भएर फर्किन्छ।मैले यसपाली नेपाल जाँदा उनलाई भेट्ने बकेट लिष्ट बनाएको थिएँ, भेटेपछि गुरूभेटी चढाएर फर्किएँ। सन् २०१२ सालमा नव आविष्कार र ति आविष्कारहरूको उत्पादन र विश्व बजारीकरण गरी आर्थिकरूपमा समृद्ध नेपाल बनाउने लक्ष लिएर स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्र (National Innovation Center) संग यतिखेर युवापुस्ताद्वारा परिकल्पना गरिएका ३३ वटा नयाँ प्रविधि र अनुसन्धानमुलक प्रोजेक्टहरू उपर काम भैरहेकाछन्।

हाल प्रोटोटाईप काम भैरहेका प्रोजेक्टहरू निम्नछन्: दुरदराजका गाउँघरसम्म पुग्न सक्ने मेडिकल सप्लाई ड्रोन (Medical Drone), बिकट अस्पतालमा अल्पसमयमा जन्मिएका बालबालिकाको निम्ति बेबी वार्मर र ईन्क्युबेटर (Baby Warmer and Incubator), बाँदर लगायत जंगली जनावर धपाउने Monkey Repellent System, सेल रोटी बनाउने Sel Roti making Machine, फलफूल सागसब्जी लामो समयसम्म फ्रेस राख्न सकिने Sabji Kothi, Floor Cleaning Robot, Reverse Vending Machine, Black Soldier fly for alternative animal protein resources for poultry, Electrical Conversion, अदुवाबाट बन्ने जुस Ginger Drink, Electronic Billing System, Solar Water Heater, Prawn Farming, Tele-Medicine and Electronic Health Recording System, Thermal power, Plastic melting machine, Blind Spot Detection using AI, अगरबत्ती Incense Making Machine, Solid Organic Waste Managing System, खाना बनाउने स्मार्ट स्टोभ Smart Cooking Stove, Evaporative Cooler, मौरीको बिस संकलन गर्ने Bee Venom Collector, घाँस काट्ने Grass Cutter, रक्सी बनाउने Wine Making, स्मार्ट पानी टंकी Smart Water Tank, सैन्य रोबोट Armed Robot which can be used in defense आदि छन्।


दशक अघि नेपालका गाउँघरमा वायरलेस ईन्टरनेट पुर्याएबापत विश्वले ‘वायरलेस म्यान’ को रूपमा चिनेको, ‘ईन्टरनेट हल अफ फ़ेम’ सम्मानित डा. पुनले एक्लो पहलमा युवा पुस्ताहरूको आविष्कारकर्मलाई सत् प्रतिसत लगानी गर्न ९ करोड रूपैंयाँ संकलन गरिसकेकाछन् भने ति प्रोजेक्टहरूमा अनुदान लगानी गरेकाछन्। हुँदाहुँदा यतिसम्म कि उनले आफूलाई विश्व र नेपाल सरकारले प्रदान गरेको सम्मान पदक, मेडलहरू बिक्रीमा समेत राखेर विश्वभरका नेपालीहरूलाई स्वत: स्फूर्त सहयोग गर्न प्रेरणा जगाएकाछन्।


राष्ट्रिय आविष्कार केन्द्र मार्फत नेपाललाई एउटा समृद्ध देश बनाउन विश्वभर जागरणको विगुल फुक्दै हिडेका डा. पुन यो अभियान उनको एक्लो व्यक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा अभियान हो भन्छन्। हुन पनि उनको आह्वानमा हजारौं नेपालीहरूले देशविदेशबाट होष्टेमाहैसे गर्दै आएकाछन्। आविष्कार केन्द्रको मूल उदेश्य नेपालमा ईनोभेशन र अनुसन्धान सम्बन्धि संस्कृतिको बिकास गर्ने, देशको उच्च प्रतिभा भएका सन्ततिहरुलाई देशमा नै राखेर उनीहरुको प्रतिभाबाट देशको आर्थिक बिकासमा टेवा पुर्याउने र देशलाई समृद्ध बनाउने हो । यो सपना साकार पार्न करोडौं, अरबौं रूपियाँको जरूरत हुन्छ जुन रकम प्रतिभाशाली नयाँ पुस्तालाई अनुसन्धान तथा बिकास गर्ने काममा र उनीहरुको प्रतिभालाई फलाउने फुलाउने काममा प्रयोग गरिनेछ । “देश बिदेशका करोडौं नेपालीहरू मिलेर ससानो सहयोग गरे सो सपना साकार हुन दशकौं कुर्नु पर्दैन, बढीमा २० वर्षमै नेपालले आर्थिक बिकासमा विश्वमा प्रतिस्पर्धा गर्न सक्नेछ”- डा. पुन पूर्ण आशावादी हुँदै भन्छन्। यो उनको प्रण र विश्वासमा दम छ किन कि उनी नेपालका प्रतिभाशाली युवा पुस्तालाई साथ लिएर, उनीहरूको नयाँ आविष्कारलाई मूर्त रूप दिन दिलोज्यान दिएर अघि बढी रहेकाछन्। उनको सत्कर्ममा लाग्नु हरेक नेपालीले मातृभूमि नेपालको लागि सानो रिण चुक्ता गर्नु पनि हो। लाग्ने हैन त उनको लहलहैमा?


उनको महा अभियानलाई सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्रको यो लिंकमा जानुहोस्:

https://nicnepal.org

0 comments

Comentarios


bottom of page