अमेरिकी बैभवता र आर्थिक असमानताको कुरा

Amazon मालिक जेफले सन् २०२० मा ९० अरब डलर नाफा कमाउँदा किन ४ हजार कर्मचारी चैं सरकारी फुड स्टाम्पमा रहे?


-Pradeep Pariyar Thapa

Exclusive: अमेरिकी बैभवता, खुल्ला पूँजीवादी अर्थतन्त्र र मौलिक प्रजातन्त्रको विश्वभर खुब चर्चा गरिन्छ। बिकासोन्मुख मुलुकका प्रतिभाशाली र अवसरबाट बन्चित अधिकांश जनता अमेरिका आउन र आफ्नो अमेरिकन सपना (American dream) साकार पार्ने लालसामा रहन्छन्। तर अमेरिकी बैभवताको सुन्दर आवरण (rosy picture) मा लुकेको आर्थिक असमानताको कुरूप खाडल यति निर्दयी, निर्लज्ज र दिग्भर्मित (misleading) छ कि हजारौं, लाखौं र करोडौं गरीब र मध्यमवर्गीय अमेरिकी जनताको बिपन्नता, असन्तुष्टी र रोदनको बिच हामी अमाजोन, गुगल, एप्पल, माईक्रोसफ्ट, वाल मार्ट, म्याकडोनाल्ड र फेसबुक जस्ता दर्जनौं अमेरिकी कम्पनीहरूले वर्षेनी गर्ने खरबौं मुनाफा र तिनका मालिकहरूले एकै दिनमा कमाएको अरबौं डलरको खबरमा रमाउन पुग्छौं र आफू पनि एक दिन उनीहरूझैं सफल बन्ने सपनामा अमेरिकी पूँजीवादी अर्थतन्त्रलाई सफलताको अचुक अस्त्रको रूपमा स्वीकार गर्छौं। अब भने सोंच्ने बेला आएकोछ।


यसैबिच, अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिसेन्टेटिभ सभासद अलेक्जान्ड्रिया ओकासियो कोर्टेज (AOC) ले अमेरिकी ईकमर्स कम्पनी अमाजोन (Amazon) का ४ हजार २ सय कर्मचारीहरू सरकारी खाद्यान्न राहत रकम (food stamps) मा रहन बाध्य रहेको ब्लुमबर्ग न्यूज़को रिपोर्टलाई शुक्रवार (डिसेम्बर १८) मा रिट्वीट गर्दै अमाजोनले दिएको नोकरी नभै, ‘यदि कुनै नोकरीले कसैलाई घरवारविहिन र फुड स्टाम्पमा बस्न बाध्य बनाउँछ भने त्यो नोकरी हैन, त्यो घोटाला (scam) हो’ भनेकि छिन्।


“This is why “Amazon jobs” aren’t it & we should instead focus our public investments + incentives on small businesses, public infrastructure, & worker cooperatives that actually support dignified life.


A “job” that leaves you homeless & on food stamps isn’t a job. It’s a scam.” -Alexandria Ocasio-Cortez (AOC), House of Representative from New York


कम्पनी धनी, कर्मचारी निरिह ?


अमेरिकी कम्पनीहरू जति धनी र प्रभावशाली बन्दैछन् तर तिनका कर्मचारीहरू न्यून तलब र ज्यालामा काम गर्म बाध्य पारिएकाछन्। यसको ज्वलन्त उदाहरण अमाजोन कम्पनी बनेकोछ।अमाजोन (Amazon) अहिले १.७ ट्रिलियन डलर धनी अमेरिकी कम्पनी हो। अमाजोन विश्वकै प्रथम धनी अमेरिकी कम्पनी एप्पल र दोश्रो धनी साउदी अराम्को कम्पनीपछिको तेश्रो धनी कम्पनी हो।(स्रोत: https://www.gfmag.com/global-data/economic-data/largest-companies) अमाजोनको अहिले एघार लाख कर्मचारी छन्।


आश्चर्यको कुरा यो छ कि- अमाजोन संस्थापक जेफ़ बेजोसले कोरोना माहामारीको लकडाउनको बेला उनको कम्पनीको शेयरको भाउ ह्वात्तै बढेपछि गत जुलाईमा एकै दिनमा १३ बिलियन डलर कमाएका थिए। (स्रोत: https://www.bloomberg.com/news/articles/2020-07-20/jeff-bezos-adds-record-13-billion-in-single-day-to-his-fortune)


यो साल सन् २०२० मा उनले ९०.१ बिलियन डलर कमाएको कुरा युएसए टुडेको रिपोर्टमा उल्लेख गरिएकोछ। (स्रोत: https://www.usatoday.com/story/money/2020/12/01/american-billionaires-that-got-richer-during-covid/43205617/)

तर अमेरिकी कम्पनीहरूले जतिसुकै बिलियन डलर कमाए पनि यि कम्पनीहरूका हजारौं कर्मचारीहरू चैं सरकारी फुड स्टाम्प राहत सहयोगको भर पर्नु परेको कटु सत्यले अमेरिकी जनताबिचको आर्थिक असमानताको खाडल झनझन गरिरिंदै गएको प्रमाणित गर्दछ। ब्लुमबर्ग न्यूज़ले सरकारी स्रोतहरूबाट तयार गरेको डाटा तालिकाअनुसार सरकारी फुड स्टाम्प राहत सहयोग लिने, ठूला कम्पनीहरूले न्यून तलबमा कज्याएका कर्मचारीहरूको संख्या हजारौं छन्, जस्तो कि- वाल मार्टका १४ हजार ४ सय कर्मचारी, म्याकडोनाल्डका ८ हजार ८ सय, डलर ट्री का ४ हजार ५ सय, डलर जेनेरलका ४ हजार ५ सय र अमाजोनका ४ हजार २ सय कर्मचारी रहेकाछन्। (स्रोत: https://www.bloomberg.com/news/features/2020-12-17/amazon-amzn-job-pay-rate-leaves-some-warehouse-employees-homeless)


अमेरिकी प्रतिष्ठित रिसर्च संस्था पिउ रिसर्च सेन्टरकाअनुसार, अमेरिकी जनता बिच आर्थिक असमानताको खाडल भएको कुरा औसतमा ६१ प्रतिसत जनताले महसुश गरेको तथ्यांक प्रस्तुत गरेकोछ। (स्रोत: https://www.pewresearch.org/fact-tank/2020/02/07/6-facts-about-economic-inequality-in-the-u-s/)


OECD (Organisation for Economic Co-operation and Development) को डाटाअनुसार अमेरिकामा आर्थिक असमानता (income inequality) अन्य G7 राष्ट्रहरू क्यानाडा, फ़्रान्स, जर्मनी, ईटाली जापान र युकेभन्दा बढी रहेको उल्लेख गरेकोछ।(http://www.oecd.org/social/inequality.htm#income)


ईनईक्वालिटी डट अर्गकाअनुसार, अमेरिकाको आर्थिक असमानताको खालड १० प्रतिसत अति धनी अमेरिकीहरूको आयस्रोत तुलना बाँकी ९० प्रतिसत अमेरिकी जनताकोभन्दा ९ गुणा बढी छ।


“Income disparities are so pronounced that America’s top 10 percent now average more than nine times as much income as the bottom 90 percent, according to data analyzed by UC Berkeley economist Emmanuel Saez. Americans in the top 1 percent tower stunningly higher. They average over 39 times more income than the bottom 90 percent. But that gap pales in comparison to the divide between the nation’s top 0.1 percent and everyone else. Americans at this lofty level are taking in over 196 times the income of the bottom 90 percent.”

(स्रोत: https://inequality.org/facts/income-inequality/)


अमेरिकी जनताको आय (income) र गरिवी (poverty) फेडेरल सरकारी आँकडाअनुसार सन् २०१९ मा ३ करोड ४० लाख अमेरिकी जनता गरिबीको रेखा मुनी रहेका थिए। खुशीको कुरा, यो तथ्यांक सन् २०१८ भन्दा ४२ लाख जनता कम गरिबीको रेखा मुनी रहेको हो।(स्रोत: https://www.census.gov/library/publications/2020/demo/p60-270.html)


तर कोरोना माहामारीको कारण गत समर यता ८ करोड अमेरिकी जनता अति गरिबी (extreme poverty) रेखामा परेको वासिंगटन पोष्ट रिपोर्टमा उल्लेख गरिएकोछ। (स्रोत: https://www.washingtonpost.com/business/2020/12/16/poverty-rising/)


उता, अमेरिकी संघीय सरकारको कृषि विभागको सन् २०१९ को डाटा अनुसार ३ करोड ५२ लाख अमेरिकी जनता खाद्य अपुग असुरक्षित घरपरिवार (food-insecure households) अन्तर्गत रहेको जनाईएकोछ। (स्रोत: https://www.ers.usda.gov/topics/food-nutrition-assistance/food-security-in-the-us/key-statistics-graphics.aspx)


सामाजिक उत्तरदायित्व खोई?


विश्वमा अमेरिकी बैभवता, आर्थिक, तकनीकी र सामरिक सामर्थ्यको ठूलो रवाफ र प्रभाव छ तर आफ्नै मुलुकमा करोडौं जनसंख्या जनता बिहान साँझको छाक टार्न नसक्ने अवस्थाबाट गुज़ारिन बाध्य हुनु र विश्वकै धनी अमेरिकी कम्पनीहरूले अरबौं कमाउँदा तिनका हजारौं कर्मचारीले न्यून तलबको कारण सरकारी खाद्य राहत सहयोग फुड स्टाम्पबाट आफ्नो परिवारको पेट भर्न पर्नु अत्यन्त बिडम्बना हो। आफूसंग नभएर अर्कालाई नदिनु अर्कै कुरा हो तर आफूले अरबौं मुनाफा गरी आफू (मालिक) र हाकिमहरूलाई करोडौं बोनस बाँड्दा तल्लो तहका कर्मचारीलाई चैं जीवन जिउनै नपुग्ने तलब मात्र दिएर कजाउनु सामाजिक आर्थिक न्याय (social economic justice) को बर्खिलाप हो। यस्तोसामाजिक आर्थिक असमानताको अन्त्य नभै देश दीगो रहन सक्दैन।चेतना भया।

0 comments
  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers and aim to become online marketplace leader with innovative offerings to our digital-age, tech-savvy consumers. नेपालीजम (Nepalism.com) डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)