पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
- Nepalism.com

- 2 days ago
- 1 min read

Updated: Exclusive: नेपाल प्रहरीले जेनजी आन्दोलनबाट अपदस्थ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई 'हेलचक्क्राईं गरी ज्यान मारेको' अभियोगमा पक्राउ गरेको छ। रास्वपाको बालेन मन्त्रिपरिषद्को हिजो मार्च २७ मा बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको जनधनको क्षति उपर छानविन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय लगत्तै ओली र लेखकलाई मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ को प्रयोग गरी गिरफ्तारी गरिएको हो। ओली सरकारको दमनकारी भूमिकाकै कारण जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो भने तेईस सयभन्दा बढी घाईते भएका थिए।

उक्त कार्की आयोगको प्रतिवेदनमा ओली, लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ माथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख छ ।

कार्की आयोगको प्रतिवेदनले पूर्व प्रम ओली र पूर्व गृहमन्त्री लेखकको लापरवाहीले जेनजी आन्दोलनको दौरान गत भदौ २३ र २४ गते जनधनको घटना भएको र मुलुकी अपराध संहिताका २८१ र २८२ दफाहरू आकर्षित हुने उल्लेख छ। दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र १८२ हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
अब के हुन्छ?
प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउँछ। सो अवधिभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्नेछ।
प्रहरी हिरासतमा लिएर कानूनी कार्यवाही गर्ने योजना अनुसार अब ओली र लेखक उपर मुद्दा चलाईने अनुमान गरिएको छ।




Comments