सोबिताको सोपानः राष्ट्रिय प्रियतमा (national crush) स्टाटस र उनको उकालो यात्रा
- Nepalism.com

- 2 days ago
- 3 min read

Updated: Exclusive: यतिखेर रास्वपा नेतृ सोबिता गौतमको सोपानको चर्चा चुलिएको छ। उनको उकालो यात्रा जारी छ। देशकै सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट नवनिर्वाचित महिला उपसभापति, झण्डै दुईतिहाई रास्वपा-बालेन सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्री र उमेर भर्खर झर्झराउँदो एकतीस वर्ष। नेतृ गौतमको ह्वात्तै बढेको राजनैतिक उचाईं र व्यक्तित्व जो कोहीको लागि लोभलाग्दो छ। संभवतः उनी आधुनिक नेपालको सर्वाधिक रूचाईएकी र शक्तिशाली महिला नेतृ बनेकिछिन्। उनी आफ्नो फ्यान फलोईंग र पत्रकारहरूबाट सेलिब्रिटी क्रसकोरूपमा राष्ट्रिय प्रियतमा (national crush) घोषित भैसकेकिछन्। उसो त, उनले सुशासनका पक्षमा संसदमा बोलेका दमदार प्रस्तुति र रास्वपा सभापति रवि लामिछाने जेलमा थुनिदा रविको पक्षमा खरो उत्रिएर भाषणमा आगो ओकल्दा मात्र हैन, अब त उनी मुसुक्क हाँसीदिंदा, नेपाली लोकधुनमा छमछमी नाँचीदिंदा र अनौपचारिक बसीबिंयाँलोमा नेपाली गीत गाउँदा समेत औधी मन पराउनेहरूको लर्को देखिन थालेको छ। को हुन् सोबिता गौतम?

रविको सारथी
चार वर्ष अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मिनुभन्दा अघिसम्म उनी एक सामान्य करियर बनाउँदै गरेको जेनजी युवा र कानून अध्ययनमै थिईन्। जब रवि लामिछानेले आफ्नो पत्रकारिता पेशा छोडेर बिसं. २०७९ साल असार ७ गते रास्वपा स्थापना गरे, उनी संस्थापक सदस्य बनिन् र तत् उप्रान्त रविले परिकल्पना गरेको राष्ट्र निर्माणको बाटोमा अडिग भै अघि बढिन्। रवि पथमा उनी यति प्रतिवद्ध छिन् कि रवि बिनाको रास्वपा परिकल्पनासम्म गर्न सक्दिनन्।

RSP President Rabi Lamichhane
नेपालमा सर्वाधिक चर्चामा रहेका रवि लामिछानेलाई एमाले-काँग्रेस गठबंधन सरकारले राजनीतिक प्रतिशोध साँधेर जेल पठाएपछि सोबिता ढाल बनेर रविको पक्षमा उभिईन्। कानूनी ब्याकग्राउण्ड भएकोले सोबिताले रविको पक्षमा जसरी सार्वजनिक वोकालत गरिन्, जनप्रिय रविका जनताले सोबितालाई आफ्नै छोरी ठानी सकारेर माया गरे।

Sobita Gautam Facebook profile photo
सम्झिनुस् त, जेनजी आन्दोलन अघि एमाले-काँग्रेसको गठबंधन सरकारले रवि लामिछानेलाई एघार महिना जेलमा बन्दी बन्न बाध्य पार्दा र जब रविले तिहारमा आफ्ना दिदीबहिनीबाट भाईटीका लगाउनसम्म पाएनन्, सोबिताले सार्वजनिक विरोध सभामा गलाअबरूद्ध हुने गरी गर्जिएर भनेकि थिईन्-
“आफूले मस्त घरमा बसेर दिदीबहिनीहरूका हातबाट टीका लगायौ होला। मेरो रवि दाईलाई आज घरघरमा फोटोहरूमा टीका लगाईदिएर, ओखर फुटाएर दिदीबहिनीहरूले आशिर्वाद दिनुभएकोछ। यो किसिमको अन्याय सहिंदैन।”

Collage created from Sobita Gautam Facebook profile photos
सोबिताको उकालो यात्रा
बिसं. २०७९ मंसिरमा सम्पन्न नेपालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले काठमाडौं–२ बाट रास्पवाको तर्फबाट प्रत्यक्ष चुनाव जितिन् र नेपालको प्रतिनिधिसभामा २७ वर्षको सबैभन्दा कम उमेरको प्रत्यक्ष निर्वाचित सांसदको ईतिहास रचिन्।
उता रास्वपाले २१ सिटमा जित निकालेर चौंथो ठूलो दल बनेर संसद प्रवेश गर्यो। संसदमा सोबिताको पर्फर्मेन्स जनप्रिय, परिपक्क र गर्विलो थियो। यसरी संसद प्रवेशसंगै सोबिताको व्यक्तित्व प्रखर र स्पष्ट वक्ताकोरूपमा राष्ट्रिय राजनीतिमा झनै उजेलियो।


यसैबिच, गत साल भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा उनी चितवन–३ बाट प्रचण्ड पुत्री तथा चितवनको भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहाललाई पराजित गरी दोश्रो पटक रास्वपा सांसद निर्वाचित बनिन्। उता प्रतिनिधिसभामा रास्वपाले झण्डै दुईतिहाई १८२ सिट जित निकालेर सरकार बनाउने अवसर जुटायो। बिसं. २०८२ चैत १३ मा गठन भएको रास्वपा-बालेन सरकारमा सोबिता कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनिन् । र, यहीं असार ७-१२ मा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट अर्की प्रभावशाली रास्वपा नेतृ डा. तोषिमा कार्कीलाई सजिलै पराजित गरी उनी रास्वपाको केन्द्रिय महिला उपसभापतिमा निर्वाचित बनिन्। यसरी सोबिताको राजनैतिक सोपान यात्रा बेरोकतोक (unstoppable) अघि बढेको छ आजपर्यन्त। दि रेष्ट ईज हिस्ट्री।

Sobita Gautam Facebook profile photo
को हुन् सोबिता गौतम?
बिसं. २०५२ सालमा दोलखामा जन्मिएकी सोबिता गौतमले नेसनल ल कलेजबाट कानूनमा स्नातक गरेकिछिन्। उनको बिहे चितवनका व्यावसायी गृहेन्द्र घिमिरेसंग बिसं. २०८० जेष्ठ ७ मा भएको हो। घिमिरे विभिन्न अवार्ड कार्यक्रम तथा कन्सर्टहरूको आयोजना गर्ने ईभेण्ट म्यानेजमेण्ट कम्पनी ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन्।
संलग्नता
सन् २०२५ मा उनी अन्तर्राष्ट्रीय अन्तर पार्लियामेंट्री संगठन Inter-Parliamentary Union (IPU) को स्वास्थ्य समितिको सदस्यमा निर्वाचित भईन्।
रास्वपाको संस्थापक नेतृ बन्नु अघि उनले नेपाल टेलिभिजनको स्वास्थ्य सरोकार कार्यक्रम चार वर्षसम्म संचालन गरेकि थिईन् भने युवा अभियन्ताको रूपमा जनस्वास्थ्य, न्याय सुधार र मानवाधिकार सम्वन्धी मुद्दामा आवाज उठाउँदै आएकी थिईन्।
यसै मेसोमा उनी नेपाल युवा संस्था संजाल (आयोन) को कार्यकारी सदस्य, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको कानूनी सल्लाहकार, Consortium for Election and Political Process Strengthening (CEPPS) को सदस्य र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईन्टर्न भएर काम गरेको अनुभव पनि बटुलिन्। यस हिसाबले युवा अवस्थामै समाज सुधारको राजनीति सोबिताको डिएनएमा जडित थियो भन्दा अत्युक्ति हुनेछैन।
ईतिहास रच्ने मार्गमा लम्किदै
सोबितालाई रवि, बालेन र स्वर्णिम पछिको रास्वपाको भावी सभापतिको रूपमा चर्चा हुन थाली सकेको छ। र, रवि, बालेन पछिको पहिलो निर्वाचित महिला प्रधानमन्त्रीको रूपमा हेरिन थालिएको छ। अहिले एकतीस वर्षकि उनी यहीं रफ्तारमा राजनीतिक यात्राको उकालो चढ्न सफल भईन् भने पैंतालिस-पचास वर्षको उमेरमा उनलाई नेपालको कार्यकारी नेतृत्वदायी भूमिकामा देख्न सकिने संभावना बलियो बन्दै छ। बेधडक सोबिताको प्रतिस्पर्धी स्वयम् उनी हुन् भन्ने कुरा ऐनमौकामा प्रष्ट देखिएकै छ।




Comments