top of page

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उपर ३४ वटा आपराधिक आरोपहरूको अभियोग दर्ता (पूर्ण पाठ सहित)

Updated: Exclusive: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई उनले सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको आमनिर्वाचनका बेला ३४ वटा विविध अपराधहरू गरेको फ्रस्ट डिग्री क्लास ई बिजिनेस अभियोग लागेकोछ । न्यू योर्क राज्यको सरकारी म्यानहटन डिस्ट्रिक्ट अधिवक्ता कार्यालयको १६-२३ जना सदस्य रहेको सार्वजनिक व्यक्तिहरू संलग्न ग्राण्ड जुरीले उक्त अभियोग लगाएको हो। चुनावका बेला ट्रम्पले आफ्नी तेश्री र कान्छी श्रीमति मेलानिया ट्रम्प हुँदै बखत गोप्य अनैतिक यौन सम्बन्ध राखेका दुई महिलाहरूः यौन चलचित्रकी नायिका स्टोर्मी डानियल्स र वयस्क यौन सम्बन्धी पत्रिका प्लेबोयकी पूर्व मोडल क्यारेन म्याकडुगललाई चुप लगाउन मोटो रकम तिरेर निर्वाचन आचार संहिताबिपरित गंभीर अवैधानिक कार्य गरेको आरोप लगाईएको हो। तर पूर्व राष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको जिकिर न्यायाधीश समक्ष पेश गरेकाछन्। अब यो मुद्दाको प्रतक्ष सुनुवाई आगामी डिसेम्वर ४ तारिख हुने तय भएकोछ। स्मरण रहोस्, हालसम्म पूर्व राष्ट्रपति ट्रम्पलाई २६ जना महिलाहरूले आफ्नो श्रीमति छँदै आफूहरूसंग अनैतिक यौन र प्रेम सम्वन्ध राखेको दावी गरेकाछन्।


पूर्व राष्ट्रपति ट्रम्पलाई मंगलवार अप्रिल ४ तारिख सो आरोप अभियोगमा हिरासतमा लिई म्यानहटन सर्वोच्च अदालतका न्यायाधीश जुवान मर्चान सामू ग्राण्ड जुरीको अभियोगबारे सुनुवाईको लागि प्रस्तुत गरिएको थियो भने ट्रम्पले ति आरोपहरू अस्वीकृति गरेका थिए। अमेरिकी ईतिहासमा अमेरिकी राष्ट्रपतिलाई आपराधिक अभियोग लगाईएको यो पहिलो पटक हो। ट्रम्प यस अघि दुईपटक सिनेट र हाउसबाट महाभियोगद्वारा दण्डित हुने पहिलो अमेरिकी राष्ट्रपति पनि हुन्।


Read the Indictment and the Statement of Facts


https://www.manhattanda.org/wp-content/uploads/2023/04/Donald-J.-Trump-SOF.pdf


न्यू योर्क राज्यको सरकारी म्यानहटन डिस्ट्रिक्ट अधिवक्ता अल्भिन ब्रागले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्