top of page

इण्डियन आईडल विजेता गायक प्रशान्त तामांगको हृदयघातबाट निधन


Tribute: सुमधुर स्वर र विनम्रताका लागि सुपरिचित गायक एवं नायक, इण्डियन आईडल (२००७) सिजन-३ विजेता बनेर आधुनिक नेपाली जातिको पहिचानमा अग्रणी भूमिका निभाएका भारतीय मूलका त्रिचालिस वर्षीय नेपाली प्रशान्त तामांग Prashant Tamang (4 January 1983 – 11 January 2026) को हृदयघातबाट निधन भएकोछ। समाचार अनुसार, जनवरी ११ तारिख नयाँ दिल्लीस्थित आफ्नो निवासमा उनलाई हृदयाघात भएपछि दिल्ली स्थित द्वारका अस्पताल लगिएको थियो तर डाक्टरहरूले उनको बाटोमै निधन भएको बताएका थिए। उनले गायनका अलावा नेपाली चलचित्रहरू गोर्खा पल्टन (२०१०), अंगालो यो मायाको (२०११), किन माया मा (२०११), निशानी (२०१४), परदेशी-१ (२०१५), ए माया हानैमा (२०२६), परदेशी-२ (२०२३), लडाई पहिचानकोमा अभिनय गरेका थिए भने भारतीय अभिनेता सलमान खानको रिलिज हुन बाँकी मेगा चलचित्र ब्याटल अफ गलवान (२०२६) मा अभिनय गरेका थिए।



प्रशान्त तामांग डायस्पोरा नेपाली भईकन नेपाल र नेपाली पहिचानलाई विश्व सामू चिनाउने अग्रणी प्रतिनिधि पात्र हुन्। उनको पदचाप पहिल्याउँदै डान्स ईण्डिया डान्स लिटल मास्टर (२०१४) एवं झलक दिखला जा सिजन-९ (२०१७) विजेता नेपाली छोरी तेरिया मगर, ईण्डियाज् वेष्ट डान्सर सिजन-३ (२०२३) बिजेता भारतीय मूलका नेपाली समर्पण लामा यो उपक्रमको ज्वलन्त उदाहरण हुन्।


स्व. तामांगले अमाजोन प्राईम भिडियो क्राईम शो पाताल लोक-२ मा पनि अभिनय गरेका थिए।



को हुन् प्रसान तामांग?


भारतको पश्चिम बंगाल राज्यको दार्जीलिंगमा जन्मिएका स्व. तामांगकि श्रीमति गीता थापा मगर र छोरी आरिया छन्। उनी ईण्डियन आईडल गायन लियालिटी शो विजेता (२००७) बन्नु अघि कोलकाता पुलिस कन्स्टेवलको रूपमा सेवारत थिए। ईण्डियन आईडलको ख्यातिसंगै उनी देश-विदेश भ्रमण यात्रामा ब्यस्त हुन थालेको कारण सन् २००९-२०१४ बीच कोलकाता पुलिसमा अनुपस्थित रहेपछि उनी निलम्वनमा परेका थिए।


प्रशान्त तामांग डायस्पोरा नेपाली भईकन नेपाल र नेपाली पहिचानलाई विश्व सामू चिनाउने अग्रणी प्रतिनिधि पात्र हुन्। उनको पदचाप पहिल्याउँदै डान्स ईण्डिया डान्स लिटल मास्टर (२०१४) एवं झलक दिखला जा सिजन-९ (२०१७) विजेता नेपाली छोरी तेरिया मगर, ईण्डियाज् वेष्ट डान्सर सिजन-३ (२०२३) बिजेता भारतीय मूलका नेपाली समर्पण लामा यो उपक्रमको ज्वलन्त उदाहरणहरू हुन्।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page