Notice to readers & family of late Anil Subba Limbu: First of all, we apologize for publishing late Anil Subba Limbu’s photo without family’s permission. We, however, talked to community leader and friend of late Anil Subba regarding the news of first Coronavirus death of a Nepali in the United States. As always, we publish news that matters to our community, not to hurt the family or community as a whole. Therefore, we due diligently removed the photo of late Anil Subba Limbu as one of his family members, Leena Subba, has written a Facebook post regarding media publishing his photo without permission. Nepalism.com published his photo as many individuals and few media had already published his photo along with news or condolences. Also, now, there is GoFundMe fundraising page where his same photo is featured. But, still, out of deep respect to his family’s wish, we have removed late Anil Subba Limbu’s photo from our news portal and social media post. Once again, we apologize to those family and friends who were hurt from our publication.
-Pradeep Pariyar Thapa
Editor-in-Chief
Nepalism.com
Updated: Exclusive: कोरोनाभाईरस महामारी लागेका न्यू योर्क कुईन्स शहर निवासी ४९ वर्षीय नेपाली अनिल लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) को कोरोनाभाईसबाट सोमबार मार्च २३ तारिख राती १२ बजे न्यू योर्कको एल्महर्स्ट अस्पतालमा असामयिक निधन भएकोछ। अमेरिकामा कोरोनाभाईसबाट निधन हुने उनी पहिलो नेपाली हुन्। उनलाई विगत १०-११ दिन देखि रूघाज्वरो आएर अस्पताल आउनेजाने गरेको तर ५ दिन अघि कोरोनाभाईरस रोग लागेको रिजल्ट आएको र ४ दिनदेखि भेन्टीलेटरमा राखिएको कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय महासचिव एवं स्वर्गीय लिम्बुका नेपालमा एउटै जिल्लावासी पाँचथरका, नेपालदेखिकै चिनजानका मित्र मुनिन्द्र नेम्बांग लिम्बुले नेपालिजम डट कमलाई जानकारी गराए। न्यू योर्कमा हाल ट्याक्सी संचालन गर्दै आएका स्वर्गीय लिम्बूले आफ्नी गृहिणी श्रीमति, दुई छोरा र एक छोरीलाई आफ्नो कमाईबाट पालनपोषण गर्दै आईरहेका थिए। युवा नेता मुनिन्द्र नेम्बांगका अनुसार उनी किरात याक्थुम चुम्लुंग अमेरिकाको पूर्व उपाध्यक्ष, नेपाली समाज अमेरिकाका केन्द्रीय सदस्य, पहिलो एनआरएन न्यू योर्क च्याप्टरको बोर्ड अफ डाईरेक्टर, जनसम्पर्क समितिको सदस्य र रेष्टुरेण्ट व्यावसायी पनि थिए। अनिल लिम्बु (सुब्बा) को हुन्? सविस्तार नेपालिजम डट कमको न्यूज़ लिंक पेजमा पढ्नुहोस्। अनिल लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) को हुन्?
स्वर्गीय अनिल लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) बिसं. २०२७ सालमा नेपालको पाँचथर जिल्लाको हाल कुम्मायक गाउँपालिका वडा ने. ४ रानीगाउँमा जन्मेका थिए। उनी बिगत २०-२१ वर्षदेखि अमेरिकाको न्यू योर्क शहरमा बसोबास गर्दै आएका थिए। उनी केही वर्षदेखि सुगर र ब्लडप्रेस रोगको बिरामी थिए। उनका जेठा छोरीलाई पनि ज्वरो आएकोले कोरोनाभाईरस टेष्ट गरिएकोछ।
स्व. लिम्बुका जिल्लावासी मित्र युवा नेता मुनिन्द्र नेम्बांगका अनुसार स्व. अनिल लिम्बु पूर्व स्थानीय बिकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व. पूर्ण कुमार शेर्माका साख्खै भान्जा हुन्।
किरात याक्थुम चुम्लुंग अमेरिकाको पूर्व उपाध्यक्ष रहेर सामाजिक कार्यमा संधै तल्लीन र अग्रसर रहने अनिल लिम्बु नेपाली समाज अमेरिकाका केन्द्रीय सदस्य थिए। अमेरिकामा गैरआवासीय नेपाली संघ स्थापना भएपछिको पहिलो एनआरएन न्यू योर्क च्याप्टर (२०१५-२०१७) को बोर्ड अफ डाईरेक्टर समेत बने । उनी जनसम्पर्क समितिको कृयाशील सदस्य र रेष्टुरेण्ट व्यावसायी पनि थिए। केही समय यता उनले राईड शेयरिंग उबर चलाउँदै आएका थिए।
स्वर्गीय अनिल लिम्बुकी श्रीमति गृहिणी हुन् भने उनका एक २२ वर्षीय छोरा, एक २० वर्षीय छोरी (जो नर्सिंग अध्ययनरत) र अर्का ११ वर्षीय छोरा (अमेरिकामा जन्मिएका) छन्। उनकै कमाईमा यो लिम्बु परिवार निर्भर रहेको थियो।
युवा नेता मुनिन्द्र नेम्बांगले के कसरी यो परिवारलाई यस्तो बिपतको घडीमा सहयोग गर्ने र स्वर्गीय अनिल लिम्बुको दाहसंस्कार कसरी सम्पन्न गर्ने सरसल्लाह गरिरहेको नेपालिजम डट कमलाई जानकारी गराए।
युकेमा कोरोना भाईरसबाट एक नेपालीको मृत्यू
यसैबिच, कोरोना भाईरसको महामारीबाट युकेका एक नेपाली पूर्व गोरखा सैनिक, ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका राईको मंगलबार, मार्च १७ तारिख लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको समाचार भोईसअफनेपाल टिभि डट कमले प्रकासन गरेकोछ।
कोरोनाभाईरसको महामारी र फैलावट
कोरोनाभाईरसको महामारीले अहिले विश्व आक्रान्त र थप्प भएकोछ। हालसम्म विश्वभर १७० भन्दा बढी देश र क्षेत्रका ३ लाख ९२ हजार ७८० जनालाई कोरोनाभाईरसको महामारी लागेको छ भने १७ हजार १५९ जनाको मृत्यू भैसकेकोछ। (स्रोत: जोन हप्किन्स विश्वविद्यालयको डाटा, मार्च २४, २०२० अनुसार) ।
अमेरिकामा ४७ हजार २०६ जनालाई कोरोनाभाईरसको महामारी लागिसकेको छ भने ५८८ जनाको मृत्यू भैसकेकोछ। त्यस मध्ये न्यू योर्क राज्यमा सबैभन्दा बढी २३ हजार २३० जनालाई कोरोनाभाईरसको संक्रमण भएको छ भने १८८ जनाको मृत्यू भैसकेकोछ।
स्वर्गीय अनिल सुब्बा लिम्बुको परिवारको सहयोगको लागि शुरू गरिएको GoFundMe एकाउण्टमा गएर सहयोग गर्न सक्नुहुन्छ:लिंक: https://www.gofundme.com/f/support-family-of-coronavirus-victim-covid19?utm_source=customer&utm_medium=copy_link-tip&utm_campaign=p_cp+share-sheet
किन कोरोनाभाईरसलाई COVID-19 भनिएको? रोगको नाम राख्दा के के कुरामा ध्यान पुर्याउनु पर्छ?
Read from नेपालिजम डट कमको Coronavirus (COVID-19) Timeline 2020 (कोरोनाभाईरस समयतालिका) समाचारबाट:
11 February, 2020:The World Health Organization (WHO) announces a name for the new coronavirus disease as COVID-19."We now have a name for the #2019nCoV disease: COVID-19.I’ll spell it: C-O-V-I-D hyphen one nine – COVID-19"-@DrTedros #COVID19 That means Co=Corona, VI=Virus and D=Disease 2019 = COVID-19It also put forward the guideline of naming the disease:“Guidelines mandated that the name of the disease could not refer to a geographical location, an animal, an individual or group of people. It also needed to relate to the disease and be pronounceable. This choice will help guard against the use of other names that might be inaccurate or stigmatizing.”
Read details news at: https://www.nepalism.com/post/coronavirus-covid-19-timeline-2020
Comentários