न्यू योर्कमा कोरोनाभाईसबाट निधन भएका पहिलो नेपाली अनिल लिम्बुको अन्त्येष्टि सम्पन्न First Nepali
First Nepali died of Coronavirus in USA cremated in New York
Exclusive: कोरोनाभाईरस महामारी रोगबाट मार्च २४ तारिख १२:३० मा निधन भएका न्यू योर्क कुईन्स शहर निवासी ४९ वर्षीय नेपाली अनिल थाम्सुहांग लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) को शनिवार अपरान्ह २:३० मार्च २८ तारिख ग्रिनवुड सिमेटरी, ब्रुक्लिन, न्यू योर्कमा अन्तिम दाहसंस्कार गरिएकोछ। कोरोनाभाईस सरूवा रोग भएको कारण स्व. लिम्बुको दाहसंस्कारमा परिवारका कुनै सदस्य सहभागी हुन नमिलेकोले सिमेटरीको एडमिनिस्टरले गर्नु परेको तर लिम्बु परम्परानुसार रोगको रोकथाम पछि दाहसंस्कार कृया सम्पन्न गरिने कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय महासचिव एवं स्वर्गीय लिम्बुका नेपालमा एउटै जिल्लावासी पाँचथरका, नेपालदेखिकै चिनजानका मित्र मुनिन्द्र नेम्बांग लिम्बुले नेपालिजम डट कमलाई जानकारी गराए। स्व. लिम्बुको उपचार र निधन न्यू योर्कको एल्महर्स्ट अस्पतालमा भएको थियो। अमेरिकामा कोरोनाभाईसबाट निधन हुने उनी पहिलो नेपाली हुन्। उनलाई विगत १०-११ दिन देखि रूघाज्वरो आएर अस्पताल आउनेजाने गरेको तर निधन हुनु ५ दिन अघि कोरोनाभाईरस रोग लागेको रिजल्ट आएको र ४ दिनदेखि भेन्टीलेटरमा राखिएको थियो। दाहसंस्कारको लागि लाग्ने शुल्क स्व. लिम्बुकी श्रीमतिले तिरेकी थिईन्।स्व. अनिल सुब्बा लिम्बुको परिवारको सहयोगको लागि शुरू गरिएको GoFundMe एकाउण्टमा हालसम्म $१७,८१६ अमेरिकी डलर संकलन भएकोछ। स्वर्गीय लिम्बूका श्रीमति, दुई छोरा र एक छोरी घरमै सेल्फ कोरिन्टिनमा रहेकाछन्।
अनिल लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) को हुन्?
स्वर्गीय अनिल लिम्बु (उर्फ़ रमेश साम्बाहाम्फे) बिसं. २०२७ सालमा नेपालको पाँचथर जिल्लाको हाल कुम्मायक गाउँपालिका वडा ने. ४ रानीगाउँमा जन्मेका थिए। उनी बिगत २०-२१ वर्षदेखि अमेरिकाको न्यू योर्क शहरमा बसोबास गर्दै आएका थिए। न्यू योर्कमा हाल उबर ट्याक्सी संचालन गर्दै आएका स्वर्गीय लिम्बूका श्रीमति, दुई छोरा र एक छोरी छन्।
स्व. लिम्बुका जिल्लावासी मित्र युवा नेता मुनिन्द्र नेम्बांगका अनुसार स्व. अनिल लिम्बु पूर्व स्थानीय बिकास मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व. पूर्ण कुमार शेर्माका साख्खै भान्जा हुन्।
किरात याक्थुम चुम्लुंग अमेरिकाको पूर्व उपाध्यक्ष रहेर सामाजिक कार्यमा