top of page

गगन थापा बने नेका सभापति! चुनौतीको सामना कसरी गर्लान्?


Exclusive: अन्ततः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चाहे झैं उनीहरूकै पहलमा पार्टीको चौवन्न प्रतिसत महासमिति सदस्यहरूको हस्ताक्षरबाट डाकिएको विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध नेका सभापति चुनिएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएकाछन्। महामन्त्री पदमा प्रदीप पौडेल र गुरूराज घिमिरे चुनिएका छन्। केन्द्रीय समितिको सबै पदमा सर्वसम्मति कायम गरिएकोछ। यो दलीय सत्तारोहणसंगै गगनका सामू पार्टीपंक्तिमा एकता र संघारमै आईपुगेको आमनिर्वाचनमा पार्टीलाई जनता सामू कसरी लैजाने भन्ने विषयमा चुनौतीको पहाड तेर्सिएको छ।


यस अघि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मानिने थापाले विशेष महाधिवेशनलाई मान्यता नदिने शेरवहादुर देउवा पक्षधरहरूलाई लक्षित गर्दै आफूहरू दास र लासहरूबाट संचालित नरहेको बताएका थिए। अब उनलाई पार्टीपंक्तिलाई एकीकृत गर्ने र कांग्रेसजनलाई परिचालन र आमनिर्वाचनमा परिणाममुखी चलायमान बनाउने जिम्मेवारी थपिएकोछ।


उता यस अघि शेरवहादुर देउवा पक्ष बहुमत रहेको केन्द्रीय समितिले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यता समेत नरहने गरी पाँच वर्षको लागि कार्यवाही गरेको थियो। यो घटनासंगै नेपाली कांग्रेस तेश्रो पटक विभाजित हुने मोडमा पुगेको थियो।


कांग्रेसको अबको बाटो


स्मरण रहोस्, जेनजी आन्दोलनमा जेनजी किशोर युवाहरूको नरसंहार हुँदा नेपाली कांग्रेसकै गृहमन्त्री थिए- काफिया क्यूँ लुटावाला नटवरलाल रमेश लेखक। परराष्ट्र मन्त्री थिईन्- नेका सभापति शेरवहादुर देउवा पत्नि एवं भ्रष्टाचारकी पम्फादेवीको रूपमा कुख्याती कमाएकी आरजू राणा। एमालेसंगको गठबन्धनको झण्डै दुईतिहाईको सरकारमा नेपाली कांग्रेस आधा भाग लिएर सामेल थियो। तर दुर्भाग्य! गत भदौ २३ र २४ (सेप्टेम्वर ८ र ९) को युगान्तकारी जेनजी युवाहरूको आन्दोलनलाई दवाएर सामसुम पार्ने रणनीति नेका सम्मिलित एमाले ओली सरकारले बनाउँदा नेका महामन्त्रीद्वय थापा र शर्मा पार्टी कमाण्डमा थिए। तर आफ्नै पार्टी सम्मिलित ओली सरकारले जेनजी आन्दोलनकारी युवाहरूलाई ताकी ताकी गोली हानेर ढलाएर नरसंहार बनाउँदा यि महामन्त्रीद्वय निरिह भै टुलुटुलु बसी रहे। अझ देउवा दम्पत्ति र भ्रष्ट मन्त्री दीपक खड्काको घरहरूबाट करोडौं अरवौं बराबरको पैसा बिटाको बिटा जलेको संचारमाध्यमहरूमा प्रसारण हुँदा पनि यिनीहरूले चुईक्कसम्म बोलेनन्। उता देउवा दम्पति घुसखोरीबाट अवैधरूपमा थुपारिएको करोडौं रूपैंयाँ कुरेर आफ्नै घरमा बस्दा जेनजीहरूको कुटाई खाएर बल्लतल्ल नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्नु परेको थियो। यि सबै घटनापछि बरू देउवा र उनको सचिवालयले देउवा घरमा पैसा जलेको देखाईएको भिडियो फुटेजहरू एआईले बनाएको नक्कली भनेर सजिलै र निर्लज्ज पन्छिने प्रयास गरे।


यि परिदृश्यहरूका बीच भित्रभित्रै कांग्रेसमा नेतृत्व परिवर्तनको माग र आकाँक्षा बढ्दो थियो। जसको कारण गगन र विश्वप्रकाशहरूले निर्वाचन अघि नियमित अधिवेशनको माग गरे तर देउवा पक्षको बहुमत रहेको कार्यसमितिले आमचुनाव अघि महाधिवेशन गर्न नसकिने निर्णय गर्यो। यसपछि गगन पक्षले नेतृत्व परिवर्तनको मागसंगै विशेष अधिवेशनको मागलाई अघि बढायो। विशेष अधिवेशनलाई देउवा पक्षको केन्द्रीय समितिले ठाडै अस्वीकार गरेपछि गगन पक्षले विशेष अधिवेशनबाट नयाँ नेतृत्व चुन्ने परिस्थिति बन्यो।


अब निर्वाचन आयोगमा को आधिकारिक भन्ने विवाद रहनेछ तर बहुमत प्रतिनिधिहरू सम्मिलित विशेष अधिवेशनबाट नयाँ कार्यसमितिमा आएका भनिएका सुघ्रिएको काँग्रेसी नेताहरूले कम्तिमा आमचुनावमा जनता बीच जाने बेला नेका पार्टीमा जेनजी नरसंहारबाट लागेको रगतको टाटो र कलंकको कालो पोतो देउवा पक्षधरहरूको अनुहारमा पोतिदिएर आफू पानी माथिको ओभानोमा रमाउन पाउने भए। तर यतिले मात्र नयाँ नेपाली कांग्रेस र सच्चिएका कांग्रेसी नेताहरूको ऐनमौकामा देखिएको लाचारीपना क्षम्य हुँदैन। जबसम्म जेनजी आन्दोलनको भावना र मर्मअनुसारको भ्रष्टाचार रहित समाज, सुशासन र समृद्धितर्फ देशलाई डोर्याउने प्रतिवद्धता सच्चिएका गगनहरूले गर्दैनन्, कि सच्चिने, कि सक्किने दिन आउन अब धेरै दिन कुर्नु पर्दैन। चेतना भया।

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page