top of page

गगन थापा बने नेका सभापति! चुनौतीको सामना कसरी गर्लान्?

Updated: Jan 14


Updated: Exclusive: अन्ततः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चाहे झैं उनीहरूकै पहलमा पार्टीको चौवन्न प्रतिसत महासमिति सदस्यहरूको हस्ताक्षरबाट डाकिएको विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध नेका सभापति चुनिएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएकाछन्। महामन्त्री पदमा प्रदीप पौडेल र गुरूराज घिमिरे चुनिएका छन्। केन्द्रीय समितिको सबै पदमा सर्वसम्मति कायम गरिएकोछ। यो दलीय सत्तारोहणसंगै गगनका सामू पार्टीपंक्तिमा एकता र संघारमै आईपुगेको आमनिर्वाचनमा पार्टीलाई जनता सामू कसरी लैजाने भन्ने विषयमा चुनौतीको पहाड तेर्सिएको छ।


यस अघि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मानिने थापाले विशेष महाधिवेशनलाई मान्यता नदिने शेरवहादुर देउवा पक्षधरहरूलाई लक्षित गर्दै आफूहरू दास र लासहरूबाट संचालित नरहेको बताएका थिए। अब उनलाई पार्टीपंक्तिलाई एकीकृत गर्ने र कांग्रेसजनलाई परिचालन र आमनिर्वाचनमा परिणाममुखी चलायमान बनाउने जिम्मेवारी थपिएकोछ।


उता यस अघि शेरवहादुर देउवा पक्ष बहुमत रहेको केन्द्रीय समितिले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यता समेत नरहने गरी पाँच वर्षको लागि कार्यवाही गरेको थियो। यो घटनासंगै नेपाली कांग्रेस तेश्रो पटक विभाजित हुने मोडमा पुगेको थियो। यस अघि बिसं. २०१० मा मातृका प्रशाद कोईरालाले नेका फुटाएर राष्ट्रीय प्रजा पार्टी गठन गरेका थिए भने बिसं. २०५९ मा शेरबहादुर देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।


कांग्रेसको अबको बाटो


स्मरण रहोस्, जेनजी आन्दोलनमा जेनजी किशोर युवाहरूको नरसंहार हुँदा नेपाली कांग्रेसकै गृहमन्त्री थिए- काफिया क्यूँ लुटावाला नटवरलाल रमेश लेखक। परराष्ट्र मन्त्री थिईन्- नेका सभापति शेरवहादुर देउवा पत्नि एवं भ्रष्टाचारकी पम्फादेवीको रूपमा कुख्याती कमाएकी आरजू राणा। एमालेसंगको गठबन्धनको झण्डै दुईतिहाईको सरकारमा नेपाली कांग्रेस आधा भाग लिएर सामेल थियो। तर दुर्भाग्य! गत भदौ २३ र २४ (सेप्टेम्वर ८ र ९) को युगान्तकारी जेनजी युवाहरूको आन्दोलनलाई दवाएर सामसुम पार्ने रणनीति नेका सम्मिलित एमाले ओली सरकारले बनाउँदा नेका महामन्त्रीद्वय थापा र शर्मा पार्टी कमाण्डमा थिए। तर आफ्नै पार्टी सम्मिलित ओली सरकारले जेनजी आन्दोलनकारी युवाहरूलाई ताकी ताकी गोली हानेर ढलाएर नरसंहार बनाउँदा यि महामन्त्रीद्वय निरिह भै टुलुटुलु बसी रहे। अझ देउवा दम्पत्ति र भ्रष्ट मन्त्री दीपक खड्काको घरहरूबाट करोडौं अरवौं बराबरको पैसा बिटाको बिटा जलेको संचारमाध्यमहरूमा प्रसारण हुँदा पनि यिनीहरूले चुईक्कसम्म बोलेनन्। उता देउवा दम्पति घुसखोरीबाट अवैधरूपमा थुपारिएको करोडौं रूपैंयाँ कुरेर आफ्नै घरमा बस्दा जेनजीहरूको कुटाई खाएर बल्लतल्ल नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्नु परेको थियो। यि सबै घटनापछि बरू देउवा र उनको सचिवालयले देउवा घरमा पैसा जलेको देखाईएको भिडियो फुटेजहरू एआईले बनाएको नक्कली भनेर सजिलै र निर्लज्ज पन्छिने प्रयास गरे।


यि परिदृश्यहरूका बीच भित्रभित्रै कांग्रेसमा नेतृत्व परिवर्तनको माग र आकाँक्षा बढ्दो थियो। जसको कारण गगन र विश्वप्रकाशहरूले निर्वाचन अघि नियमित अधिवेशनको माग गरे तर देउवा पक्षको बहुमत रहेको कार्यसमितिले आमचुनाव अघि महाधिवेशन गर्न नसकिने निर्णय गर्यो। यसपछि गगन पक्षले नेतृत्व परिवर्तनको मागसंगै विशेष अधिवेशनको मागलाई अघि बढायो। विशेष अधिवेशनलाई देउवा पक्षको केन्द्रीय समितिले ठाडै अस्वीकार गरेपछि गगन पक्षले विशेष अधिवेशनबाट नयाँ नेतृत्व चुन्ने परिस्थिति बन्यो।


अब निर्वाचन आयोगमा को आधिकारिक भन्ने विवाद रहनेछ तर बहुमत प्रतिनिधिहरू सम्मिलित विशेष अधिवेशनबाट नयाँ कार्यसमितिमा आएका भनिएका सुघ्रिएको काँग्रेसी नेताहरूले कम्तिमा आमचुनावमा जनता बीच जाने बेला नेका पार्टीमा जेनजी नरसंहारबाट लागेको रगतको टाटो र कलंकको कालो पोतो देउवा पक्षधरहरूको अनुहारमा पोतिदिएर आफू पानी माथिको ओभानोमा रमाउन पाउने भए। तर यतिले मात्र नयाँ नेपाली कांग्रेस र सच्चिएका कांग्रेसी नेताहरूको ऐनमौकामा देखिएको लाचारीपना क्षम्य हुँदैन। जबसम्म जेनजी आन्दोलनको भावना र मर्मअनुसारको भ्रष्टाचार रहित समाज, सुशासन र समृद्धितर्फ देशलाई डोर्याउने प्रतिवद्धता सच्चिएका गगनहरूले गर्दैनन्, कि सच्चिने, कि सक्किने दिन आउन अब धेरै दिन कुर्नु पर्दैन। चेतना भया।


नेपाली कांग्रेस

नवनिर्वाचित (१३५ सदस्यीय)

केन्द्रीय कार्यसमिति

(२०२६-२०३०)


१.सभापति

गगन कुमार थापा

२.उपसभापति (२)

विश्व प्रकाश शर्मा

पुष्पा भुषाल

३.महामन्त्री (२)

प्रदीप पौडेल

गुरु राज घिमिरे

४.सह-महामन्त्री (महिला)

डा. डिला संग्रौला पन्त

५.सह-महामन्त्री (दलित)

प्रकाश रसाईली स्नेही

६.सह-महामन्त्री (आदिवासी जनजाति)

बहादुर सिंह लामा

७.सह-महामन्त्री (खसआर्य)

उदय शम्शेर राणा

८.सह-महामन्त्री (मधेशी)

मुक्ता कुमारी यादव

९.सह-महामन्त्री (मुस्लिम)

फर्मुल्ला मन्सुर

१०.सह-महामन्त्री (थारु)

योगेन्द्र चौधरी

११.सह-महामन्त्री (पिछडीएको)

कर्णबहादुर बुढा

१२.सदस्यहरू खुल्ला (३५)

गोपालमान श्रेष्ठ

ओमकार प्रसाद श्रेष्ठ

अर्जुन नरसिंह के.सी

राजेन्द्र कुमार के.सी.

अर्जुन प्रसाद जोशी

सुरेश कुमार योङ्या

चिनकाजी श्रेष्ठ

सुधिर सिवाकोटी

भरत शाह

मधु आचार्य

अमृत अर्याल

ध्रुव वाग्ले

देवराज चालिसे

विनोद चौधरी

मोहन आचार्य

उज्वल बराल

जनक गिरी

देव प्रसाद तिमिल्सिना

अजय बाबु सिवाकोटी

प्रेम बहादुर खड्का

जयराम लामिछाने

बसन्त भट्टराई

प्रदिप शर्मा

जगत जोशी

प्रमोदहरी गुरागाई

डा. केदार नरसिंह के.सी.

विदुर बस्नेत

तिर्थ जंग शाही

भरत खड्का

सुवास पोखरेल

शम्भु बुढाथोकी

धर्मराज गौतम

टेकराज पौडेल

तिलक रानाभाट

राजेन्द्र गोपाल सिंह

१३.केन्द्रीय सदस्यहरू (महिला खुल्ला) (९)

चम्पा देवी खड्का

धना खतिवडा

नानु बास्तोला

चिनु पोखरेल

जानकी सिंह

प्रतिमा गौतम

गिता सत्याल

सन्तोषी साउद ऐरी

दिल कुमारी राई

१४.केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला)

सारदा देवी कोईराला

१५.केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) (२)

हिमालय कर्माचार्य

अग्नी पौडेल

१६.केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) (१)

मधु शाही

१७.केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) (२)

रामानन्द यादव

बजरंग नेपाली

१८.केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) (१)

उमा दाहाल

१९.केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) (२)

जितनारायण श्रेष्ठ

रमेश धमाला

२०.केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) (१)

विष्णु देवी पाण्डे

२१.केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) (२)

रेशम बानिया

कृष्ण के.सी.

२२.केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) (१)

पवित्रा कुमारी अर्याल

२३.केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) (२)

केशव आचार्य

राम बहादुर कार्की

२४.केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) (१)

राम देवि खड्का

२५.केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) (२)

दिक्पाल शाही

नारायण भट्टराई

२६.केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) (१)

निपा चोख्याल

२७.केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) (२)

हिम बहादुर रावल

नरेन्द्र प्रसाद भट्ट

२८.केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) (१)

प्रकाश पन्थ

२९.केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) (१)

शिवनारायाण सिं गनगाई

३०.केन्द्रीय सदस्य (दलित-महिला) (४)

सिता मिजार

छायाँ सुनार

गंगा सुनार

लिला नेपाली

३१.केन्द्रीय सदस्य (दलित-खुल्ला) (५)

मैकुलाल बाल्मिकी

शिव बहादुर सुनार

धर्म नेपाली दर्जी

सूर्य बि.क.

दिनेश सुनार

३२.केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) (७)

सपनाराज भण्डारी

प्रमिला राई

मन कुमारी गुरुङ्ग

कुशुमदेवी थापामगर

लिलादेवी बोखिम लिम्बु

डा. अमिता प्रधान

छीन्दु ल्होमु शेर्पा

३३.केन्द्रीय सदस्य (आदिवासी जनजाति-खुल्ला) (८)

तारामान गुरुङ्ग

अस्टकुमार कबे

छन्द बहादुर पहराइ मगर

नगेन्द्र कुमाल

शम्भुलाल श्रेष्ठ

भिम श्रिष मगर

नरेन्द्र केरुङ

दिपन श्रेष्ठ

३४.केन्द्रीय सदस्य (खसआर्य-महिला) (६)

उमा सिवाकोटी

बाला अधिकारी

मुना भुषाल

इन्दिरा कार्की

विनिता खड्का

सम्झना खत्री

३५.केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) (७)

विजय स्वाँर

मथुरा घिमिरे

जगदिश चन्द्र उपाध्याय

विष्णु कुमार कार्की

विश्वनाथ रिजाल

केशव भेटुवाल

कमल भुषाल

३६.केन्द्रीय सदस्य (मधेशी-महिला) (४)

अञ्जु झा

चन्द्रकला कुमारी यादव

गोमा अन्सारी

निलम साह

३७.केन्द्रीय सदस्य (मधेशी-खुल्ला) (५)

राम पल्टन शाह

नागेन्द्र शाह

राधेश्याम पाठक

सनिल कुमार यादव

रामरुप प्रसाद

३८.केन्द्रीय सदस्य (मुस्लिम-महिला) (१)

सनम वेगम

३९.केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) (२) अब्दुल रज्जाक गद्दी

अब्दुल सत्तार

४०.केन्द्रीय सदस्य (थारु-महिला) (२) नवोदिता चौधरी

सुनिता राना थारू

४१.केन्द्रीय सदस्य (थारु-खुल्ला) (२)

सुरेन्द्र प्रसाद चौधरी

गोपाल दहित

४२.केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) (१)

दिपक जंग शाह


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page