न्यू योर्कमा ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शनी हुँदै, राई माइलाले गाउँ छोड्यो रे गीत सुन्नु भाको छ?
- Nepalism.com

- Feb 14
- 1 min read

Special: न्यू योर्कमा बहुचर्चित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को भोली फेब्रुवरी १५ तारिख विशेष प्रदर्शनी हुने भएकोछ। यो चलचित्रका सह-निर्माता, न्यू योर्क निवासी व्यवसायी लिला माक्रीहांग राईले नेपालिजमलाई जानकारी गराउँदै भने- “अमेरिकामा रहेका नेपालीहरूलाई मातृभूमि नेपालसंग जोड्न, गाउँघरको न्यास्रो मेटाउन यो चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो। सो चलचित्रको बहुचर्चित गीत “राई माइलाले गाउँ छोड्यो रे” गीत सुन्नु भाको छ? गाउँ छोडेर न्यू योर्कमा वसाईसरेका लिला राईहरूको कथा सम्पूर्ण प्रवासी नेपालीहरूको कथा हो। हेर्ने हैन त?
उक्त चलचित्रमा सुपरिचित नायक दयाहांग राईको अभिनय रहेको छ भने पशुपति राई र बाल कलाकार प्रशन राई रहेका छन् ।
नेपाली चलचित्र उद्योगका उम्दा निर्देशक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ मार्फत गाउँघरमा बाटोसँगै विकास पुगेको र विकाससंगै गाउँले जनजीवनॉै परेन गएको बिचलनलाई उजागर गरेकाछन्ः
“ऊ गइगयो भने
खेत कल्ले खन्छ
सन्चो–बिसन्चोमा
के छ कल्ले भन्छ!
को कलिया बन्छ
को मलामी जान्छ
एउटा मान्छे जाँदा
एक्लै कहाँ जान्छ
उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ!
बिन्ती रोक उसलाई
घडी फूलले भन्छ
राई माइलाले गाउँ छोड्यो रे
बाटो छेकिदेउ न
कुन गाडीमा चढ्यो होला?कुन घुम्ती काट्यो होला?ढाँट राखिदेउ न
ए! फर्क भनिदेऊ न!”
‘गाउँ आएको बाटो’ को अफिसियल टाईटल गीत।








Comments