अमेरिकाको साना व्यावसाय (small business) हरूको लागि छुट्याईएको $३४९ बिलियन राहत कसरी प्राप्त गर्ने?
Updated: Apr 14, 2020
-Pashupati Shrestha, CPA, New York
Exclusive: अमेरिकाको ३०.२ मिलियन (३ करोड २० लाख) साना व्यावसाय (small business) हरूको लागि छुट्याईएको कोरोनाभाईरस महामारी राहत $३४९ बिलियन डलर मध्येबाट आफ्नो कम्पनीले कसरी प्राप्त गर्ने कुरा अहिले चाँसो र अन्यौलको विषय भएकोछ। कैयन व्यावसायीहरूले आफ्नो बैंक मार्फत पाउन सकिने राहत रिण अन्य कम्पनीहरूलाई नै बितरण गरिसकिएकोले वेटिंग लिष्टमा परेको उल्लेख गरेकाछन् भने कतिले रिण पाए पनि उक्त रकमले आफ्नो व्यावसायलाई निरन्तरता दिन असम्भव हुने बताएकाछन्। यो लेखमा साना व्यावसाय (small business) हरूले प्राप्त गर्न सकिने रिण प्रकियाबारे सविस्तार चर्चा गरिनेछ।
साना व्यावसाय (small business) हरूको लागि छुट्याईएको PPP Loan (Paycheck Protection Program) अन्तर्गत अमेरिकी सरकारले कोरोनाभाईरस महामारी राहत $३४९ बिलियन डलर मध्येबाट प्रदान गर्ने राहत रिण चुक्ता गर्न नपर्ने मिनाहा (waiver) पनि हुन सक्छ।
राहत रिण (PPP Loan) मिनाहा (waiver) हुन सक्ने अवस्थाहरू के के हुन्?
(a) रिणको प्रयोग Payroll, Rent, Utilities आठ हप्तासम्म रिण पाएपछि खर्च गर्नु पर्ने
(b) कर्मचारी कामदार (Employee) र तिनको तलब यथावत (maintain) गर्नु पर्ने
(c) रिणको २५% भन्दा बढी रकम तलव बाहिर (Non-payroll) मा खर्च गर्न पाईदैन।
(१) कसले Apply गर्न मिल्छ?
सबै प्रकारका Independent Contractor, Sole Proprietor, LLC, Self-Employed Individual, Non-profit 501(c) जो जसको ५०० भन्दा कर्मचारी पे रोलमा छन्, तिनीहरूले योराहत रिणको लागि निवेदन हाल्न सक्छन्।
(२) कहिलेदेखि Apply गर्न सकिन्छ?