मरेपछि के हुन्छ- फेसबुकलगायत सोसल मिडिया र डिजिटल एकाउण्ट? कसरी अजम्बरी (memorialize) राख्न सकिन्छ?

-Pradeep Pariyar Thapa
Updated: Exclusive: मान्छे जन्मिदा एउटा कुरा मात्र ग्यारेण्टी हुन्छ त्यो हो- मृत्यू। हामीले वर्षौंदेखि हाम्रो जीवनका महत्वपूर्ण कुराहरू फेसबुक लगायत सोसल मिडिया र डिजिटल एकाउण्टहरूमा पोष्ट या अपलोड गर्दै आएका छौं। तर कथंकदाचित हाम्रो अकस्मात मृत्यू भयो भने ति एकाउण्टहरूलाई मृत्यूपछि पनि सदाको लागि के कसरी अजम्बरी (memorialize) गर्न सकिन्छ? खुशीको कुरा, फेसबुक, ईन्सटाग्राम, ट्वीटर लगायत सोसल मिडियामा ति एकाउण्ट र पोष्टहरूलाई अजम्बरी (memorialize) गर्न सकिने व्यवस्था छ।तर आफ्नो मृत्यूपछि कसले ति डिजिटल एकाउण्टहरू सन्चालन गर्न सक्छन् भन्ने कुरा हामी सबैले बेलैमा निर्णय गरी Legacy Contact संचालनकर्ता तोक्नु पर्ने हुन्छ। उत्तराधिकारीले गोप्य मासेजहरू हेर्न र लग ईन गर्न पाउँदैन, चिन्दा नलिनुस् ति गोप्यनै रहन्छन्। त्यसो गर्न ढिलाई नगरौं। यो प्रक्रियालाई आफ्नो सम्पत्तिको ईच्छापत्र (will paper) बनाएर उत्तराधिकारी तोके जस्तै ठानौं। आफ्नो डिजिटल यशकृति अजम्बरी बनाऔं।
सामयिक प्रसंग
पावरलिफ्टिंगमा विश्वकै शक्तिशाली खेलाडी बनेका नेपाली प्रतिभा ५१ वर्षीय रूप कार्कीको हृदयघातबाट असामयिक निधन भएपछि मृत्यूरूपी कालले जतिसुकै पहलमान, शक्तिशाली र स्वस्थ्य व्यक्तिलाई पनि छोड्दैन भन्ने पुन: प्रमाणित भएकोछ। स्व. कार्कीको निधनपछि उनको प्रोफेसनल खेलाडी जीवनको सबै कुराहरू पोष्ट भएको उनको फेसबुक एकाउण्ट अब के हुन्छ भन्ने प्रश्न उठ्नु स्वभाविक छ। उनले पनि हामी कयौंले जस्तै पक्कै पनि फेसबुक एकाउण्ट र पोष्टहरूलाई अजम्बरी (memorialize) गराउन Legacy Contact संचालनकर्ता तोकिसकेका छैनन्/थिएनन् होला।
