न्यू योर्ककि स्रष्टा जानुका वस्ती ढकालको ‘झरीको किरण’ र दुई जन्मदिन

-Pradeep Pariyar Thapa
Special: आज न्यू योर्ककि स्रष्टा जानुका वस्ती ढकालको जन्मदिन। तर उनको ‘कविता कृति ‘झरीको किरण’ लोकार्पणसंगै उनको अर्को जन्म भएको हो। आफ्नो र आफ्नो कृतिको दुई जन्मदिन मनाउन पाउनु सर्जकको लागि अहोभाग्य हो। गोर्खाको मसेल गाउँमा जन्मिएकी जानुकाले मातृभूमि नेपालको मायामा हुरूक्क हुँदै अमेरिका वसाईको डायस्पोरिक भोगाईलाई कवितामा उजागर गरेकिछिन्।
कवि जानुकाले आफ्ना ६२ कविताहरूमा राष्ट्रप्रेम, नारी जागृति, प्रवास पीडा र सपनालाई उजिल्याउने काम सरस र जीवन्त उतारेकीछिन्:
“नजन्मेका भए
पृथ्वीनारायण शाह त्यहाँ
कहाँ भेट्न सकिन्थ्यो र
नेपाल अहिले यहाँ ?”
(मेरो प्यारो गोर्खा, पृष्ठ १३, झरीको किरण, २०२१)
मातृभूमिको मायामा छट्पटाउँदै कवि जानुका यसरी पोखिन्छिन्:
“सुनाउँ कसलाई वेदना छ आफ्नै मनभित्र लुकेको
नभनिदिनु विदेशी मलाई देशमा नै रमाउनेछ धोको”
(देशप्रेमी, पृष्ठ ५३, झरीको किरण, २०२१)