जर्सी सिटीमा नेपालमा आएको विनाशकारी बाढीद्वारा पीडितहरूको सम्झनामा शनिबार दीप प्रज्वलन हुँदै
- Nepalism.com

- 2 minutes ago
- 2 min read

Exclusive: जर्सी सिटी, न्यू जर्सी — न्यू जर्सीस्थित नेपाली समुदाय, स्थानीय जनप्रतिनिधि तथा शुभेच्छुकहरूद्वारा नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा प्रभावित र शोकसन्तप्त परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्न शनिबार जर्सी सिटी हलमा दीप प्रज्वलन आयोजना हुने भएको छ। “Candlelight Vigil for Nepal’s Flood Victims” अर्थात् “नेपालका बाढी पीडितहरूको सद्भावमा दीप प्रज्वलन” कार्यक्रम शनिबार, अगस्ट २९, २०२६, साँझ ७:०० बजे जर्सी सिटी हल, २८० ग्रोभ स्ट्रिट, जर्सी सिटी, न्यू जर्सीमा आयोजना हुँदैछ।
“In Solidarity, In Prayer, In Hope — ऐक्यबद्धतामा, प्रार्थनामा र आशामा” भन्ने भावनासहित आयोजना हुन लागेको यस कार्यक्रममा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्को पीडा भोगिरहेका परिवार तथा समुदायहरूको साहस, सुरक्षा र पुनर्स्थापनाका लागि सामूहिक प्रार्थना गरिनेछ।

कार्यक्रम Jersey City Nepali Community (JCNC) को आयोजनामा तथा City of Jersey City र Women Advisory Board, City of Jersey City को समर्थनमा हुन लागेको हो भने दीप प्रज्वलन कार्यक्रमलाई NJ Senator Raj Mukharji, Jersey City Mayor James Solomon, Secaucus Mayor Michael Gonnelli, Hudson County Commissioner Yraida Aponte-Lipski, NJ Assemblyman Ravi Bhalla, NJ Assemblywoman Katie Brennan, Jersey City Councilman Tom Zuppa, Jersey City Councilman Rolando Lavarro Jr. City of Jersey City Councilwoman at Large Mamta Singh ले समेत समर्थन तथा ऐक्यबद्धता जनाएका छन्।

आयोजकहरूका अनुसार यो कार्यक्रम केवल शोक र श्रद्धाञ्जलीको अवसर मात्र नभई मातृभूमिबाट हजारौँ माइल टाढा रहेका नेपालीहरूको नेपाल र विपद् प्रभावित परिवारहरूप्रतिको करुणा, एकता, प्रार्थना र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति पनि हो।
यस कार्यक्रममा नेपाली डायस्पोराका विभिन्न संघसंस्थाहरू सह-आयोजकका रूपमा सहभागी भएका छन्। सह-आयोजकहरूमा NRNA ICC, UNDO International, NRNA NJ, Women for Cause (WFC), New Jersey Nepali Samaj, Friends of ADWAN Nepal, Nepali Diaspora Alliance (NDA), Nepali Jana Samparka Samiti America (NPRCA), UNDO USA तथा Prabas Nepali Samparka Samiti America (PNSSA) रहेका छन्।
आयोजकले जर्सी सिटी तथा आसपासका क्षेत्रका नेपाली समुदाय, साथीभाइ, शुभेच्छुक, स्थानीय जनप्रतिनिधि तथा सबै समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई नेपालको दुःखको यस घडीमा ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरेका छन्।
सिटी हल परिसरमा ब्याट्रीबाट चल्ने दीपमात्र प्रयोग गर्न पाइने
कार्यक्रम जर्सी सिटी हल परिसरमा आयोजना हुने भएकाले विद्युतीय वा ब्याट्रीबाट चल्ने मैनबत्ती/दीप (electric or battery-operated candles) मात्र प्रयोग गर्न अनुमति दिइएको छ। खुला आगो बालिने परम्परागत मैनबत्ती ल्याउन पाइने छैन।
कार्यक्रम शनिबार साँझ ७:०० बजे, जर्सी सिटी हल, २८० ग्रोभ स्ट्रिट, जर्सी सिटी, न्यु जर्सी ०७३०६ मा सुरु हुनेछ।
कार्यक्रम: नेपालका बाढी पीडितहरूको सद्भावमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
मिति: शनिबार, अगस्ट २९, २०२६
समय: साँझ ७:०० बजे
स्थान: जर्सी सिटी हल, २८० ग्रोभ स्ट्रिट, जर्सी सिटी, न्यू जर्सी ०७३०६
ऐक्यबद्धतामा। प्रार्थनामा। आशामा।
हामी संधै, संगै ।
कार्यक्रमको मिडिया पार्टनर Nepalism.com रहेको छ।




Comments