top of page

अमेरिकामा नेपाली पत्रकारिताबारे बहस, जनवरी २५ तारिख हुँदै, सहभागी हुने हैन?



Exclusive: ईनेपालिज डट कमको फेसबुक पेजमा अमेरिकामा नेपाली पत्रकारिताबारे बहस लाईभ प्रशारण गरिने भएकोछ।शनिवार जनवरी २५ तारिख बिहान १० बजे (EST) नून चिनी पानी अमेरिकाका हाँस्यब्यंग्यकार अर्जुन दाहालले संचारकर्मीद्वय गुणराज लुईटेल र प्रदीप परियार थापासंग बहस गर्ने जानकारी गराईएकोछ। संचारकर्मी लुईटेल International Network of Nepali Journalists (INNJ) का संस्थापक अध्यक्ष, नेजाका संस्थापक कोषाध्यक्ष र आईटी स्पेशलिस्ट हुन् भने संचारकर्मी थापा नेपाली संचार संजाल अमेरिकाका संस्थापक अध्यक्ष, नेपालिजम डट कमका प्रधान सम्पादक र आईटि प्रोफेशनल हुन्।

लाईभ बहस हुने ईनेपालिज डट कमको फेसबुक पेज: https://www.facebook.com/enepalese/


अमेरिकाको राजधानी वासिंगटन डिसीबाट संचालित ईनेपालिज डट कमका सम्पादक बिजय थापाका अनुसार ईनेपालिजले लामो समयदेखि नेपाली अमेरिकन समुदायका जल्दाबल्दा बिषयमा बहस गर्दै आएको जानकारी गराएकाछन्।

0 comments
bottom of page